Articles

संस्कृति र परम्परालाई युग सापेक्ष बनाउनुपर्ने पण्डितहरूको निष्कर्ष

पाल्पा, चैत्र २१– सामुदायिक रेडियो मदनपोखरा पाल्पाले आयोजना गरेको संस्कृति, संस्कार र शास्त्र विषयक अन्तक्र्रिया ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।


पाल्पा, गुल्मी, स्याङ्जा र अर्घाखाँचीलगायत आसपासका पण्डित तथा विद्वानहरू सहभागी भएको अन्तक्र्रियाले शास्त्र, संस्कृति र परम्परालाई युग सापेक्ष बनाउनुपर्ने, अध्यात्मवाद र भौतिकवादको समन्वायत्मक समाज स्थापना गर्न विवेक प्रयोग गर्नुपर्ने, विज्ञान प्रधान समाज बनाउन पहल गर्नुपर्नेलगायत ९ बुँदे घोषणापत्र जारी गरेको छ । संस्कृति संरक्षण र प्रवद्र्धनका लागि सारेम घोषणापत्र नाम दिएको यो प्रतिवद्धतामा अरु धर्म समुदायलाई आघात नपुग्ने गरी आफ्ना धर्म संस्कृतिको पालना गर्नुपर्ने, जात र वर्ण विभाजन कामका लागि हो भेदभावका लागि होइन भन्ने अवधारणा साझा बन्नुपर्ने, मान्छेले मान्छेलाई हेप्ने, पुरुषले महिलालाई हेप्ने समाजको अन्त्य, परिवर्तनशील संस्कृतिको संरक्षण र रुपान्तरणका लागि सबैले आ¥आफ्नो क्षेत्रबाट योगदान पु¥याउने विषय समेटिएको छ ।


सामुदायिक रेडियो मदनपोखराको १८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील साहित्यकार मोदनाथ पश्रितले समानतामा आधारित संस्कृति न्यायपूर्ण हुने बताउँदै युग बदलिदा विचार र आचरण पनि बदल्नुपर्ने बताउनुभयो । समाज परिवर्तनका लागि रेडियोको भूमिका महत्वपूर्ण हुने भन्दै पश्रितले अबको समाज मानवतावाद र समानतामा आधारित बनाउने विचारलाई सारेमले स्थान दिओस् भन्नुभयो । उहाँले हिजोको धर्म प्रधान समाज अब विज्ञान प्रविधि केन्द्रीत भइसकेको बताउनुभयो ।


संस्कृति, संस्कार र शास्त्र विषयक कार्यपत्र प्रस्तुत गर्दै विद्वान नीलकण्ठ न्यौपानेले अमरताको खोजीमा शास्त्र बनेको उल्लेख गर्दै व्यवहारिक संस्कार नभएका भ्रष्टाचारीहरुलाई संस्कारयुक्त बनाउन विद्वत समाजको ठूलो योगदान हुने बताउनुभयो । सत्कर्मको पारिश्रमिक लिनुपर्छ तर शोषण गर्नु हुँदैन उहाँको भनाई थियो । कार्यपत्र प्रस्तोता न्यौपानेले समाज परिवर्तनका निम्ति आवश्यक कथा पंडितहरुले वाचन गर्नुपर्छ भन्नुभयो ।


कार्यक्रममा विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष विश्वराज पौड्याल, चैतन्य कृण्ण, पण्डित कृष्ण प्रसाद कोइराला, होमनाथ शर्मा, बाह्मण समाज नेपाल तानसेनका अध्यक्ष धर्मचन्द्र नेपाल, शंकर गिरी, मेदनीबल्लभ पौड्याल, गोविन्द प्रसाद ढुंगानालगायतले संस्कृतिका राम्रा पक्षलाई पालना र विकृतिलाई हटाउैदै लैजानुपर्ने बताउनुभयो । सारेम सञ्चालक समितिका सदस्य सोमनाथ अर्यालको स्वागत, हुमनाथ न्यौपानेको स्वस्ती पाठबाट सुरु भएको कार्यक्रमका सहभागिहरुले शास्त्र र पद्धतिलाई व्यवहारिक बनाउन शास्त्रको समयानुकुल वहश र छलफलको खाँचो औंल्याएका थिए । कार्यक्रम रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीको अध्यक्षतामा चलेको थियो ।