Articles

सामुदायिक रेडियो मदनपोखराकाे छैटौँ अधिवेशन सम्पन्न

पाल्पा, भाद्र ५ – सामुदायिक रेडियो मदनपोखरा पाल्पाको दशौँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ ।


अधिवेशनले झपेन्द्र जीसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा गुणाकर अर्याल, सचिवमा राजेशकुमार अर्याल, सहसचिवमा घनश्याम घिमिरे, कोषाध्यक्षमा एक प्रसाद भण्डारी रहनुभएको छ । यसैगरी सञ्चालक समितिको सदस्यहरुमा सोमनाथ अर्याल, प्रेमनाथ बस्याल, बासुदेव अर्याल, दुर्गा भण्डारी, लक्ष्मी पाठक, इन्द्रा गहतराज, अम्बिका भट्टराई रहनुभएको छ । साधारणसभाले टुकराज पाण्डेयको संयोजकत्वमा नारायण प्रसाद अधिकारी र कुलप्रसाद ढुंगाना रहेको लेखा समिति पनि गठन गरेको छ ।


अधिवेशनको उद्घाटन गर्दै जिल्ला विकास समिति पाल्पाका निमित्त स्थानीय विकास अधिकारी भीमार्जुन पाण्डेयले सामुदायिक रेडियो मदनपोखरा सञ्चारजगतको तीर्थस्थल र पाठशाला बनेको बताउनुभयो । उहाँले स्रोतका आधारमा जन्मेको संस्थाभन्दा सोचका आधारमा जन्मेको संस्था फैलदो रहेछ भन्ने नमूना मदनपोखरा हो भन्नुभयो । प्रमुख अतिथि पाण्डेयले पहिचानभित्र सामथ्र्य लुकेको हुन्छ भन्ने कुरा सामुदायिक मदनपोखराले संसारका सामु प्रस्तुत गरेको बताउँदै यो सुगन्धलाई अझ उचाईँमा पु¥याउनु सबै पाल्पालीको दायित्व भएको बताउनुभयो ।


मदनपोखरा गाउँ विकास समितिका सचिव शिवहरि मरासिनीले सामुदायिक, स्वतन्त्र र स्वायत्त सञ्चार संस्थाको रुपमा रहेको मदनपोखराले विश्वलाई नै नयाँ सन्देश दिन सक्ने बताउनुभयो । कार्यक्रममा जिल्ला विकास समिति पाल्पाका पुर्व सभापति प्रेमनाथ बस्याल, दिव्य ज्योति उच्च माध्यमिक विद्यालयका प्राचार्य नारायण प्रसाद अधिकारी, मदनपोखरा गाउँ विकास समितिका पूर्व सचिव जीतबहादुर सिलवाल, हेफर इन्टरनेशनलका वरिष्ठ कार्यक्रम अधिकृत अनन्त सिलवाल, आजीवन सदस्यहरु नारायण जीसी, पुर्षोत्तम अर्याल, यादव भट्टराई, विनिता लुइटेललगायतले सामुदायिक रेडियो मदनपोखरालाई सुनको गहनाभन्दा पनि ठूलो सौन्दर्य ठानेको बताउनुभयो ।


अधिवेशनमा सामुदायिक रेडियो मदनपोखरा पाल्पाका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले आर्थिक वर्ष २०७२÷०७३ लागि ४६ लाख ५२ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । समाजमा समानता, सामाजिक न्याय, सुशासन र सामाजिक उत्तरदायित्वको भावनालाई बढावा दिन सामुदायिक रेडियो मदनपोखराको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । स्टेशन प्रबन्धक अर्यालले भन्नुभयो, ‘सरकारले यसप्रकारको जनमत र जागरण सिर्जना गर्न धेरै ठूलो लगानी गर्नुपर्दथ्यो, जुन काम सामुदायिक रेडियो मदनपोखराले स्वतःस्फूर्तरुपमा गरिरहेको छ ।’ सभामा प्रेम पंगेनी, नारायण जीसी, पुर्षोत्तम अर्याल, रामप्रसाद घिमिरे, केशवराज अर्याल, सुरेशकुमार भट्टराई, नारायण अधिकारी, खगराज अर्याल, दिवाकर अर्याल, गणेश भण्डारी, मीनप्रसाद बन्जाडे, सुकुम नेपाली, सन्तोष कुमार अर्याल, कुलप्रसाद ढुंगाना, सरस्वती सुवेदी, शान्ति अधिकारीलगायतले गुणस्तरीय कार्यक्रम प्रसारण र मुष्ठीदानको भावना बढाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले रेडियोलाई लोकतान्त्रिक विधिबाट जनताको हितमा सञ्चालन गरिएको र सामुदायिक भावनाबाट अलिकति पनि विचलित नभई थप सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम रेडियो सभाका अध्यक्ष शिवहरि मरासिनीको अध्यक्षतामा चलेको थियो ।


स्मरणरहोस्, २०५२ सालमा मदनपोखरेली जनताले आफ्नै स्वामित्वमा आफैले सञ्चालन गर्ने रेडियोको आवश्यकता महशुस गरेका थिए, तर सरकारले २०५५ सालमा मात्र यसलाई प्रसारण अनुमतिपत्र प्रदान गरेको थियो । सामुदायिक रेडियो मदनपोखरा दक्षिण एशियाको पहिलो ग्रामीण सामुदायिक रेडियो हो । यसले नेपालमै छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।