पूर्वखोलामा सञ्चालित महायज्ञमा चौँधौँ पुराण नारद पुराणको वाचन कार्यक्रम सम्पन्न

पाल्पा ,बैशाख २४ ,पाल्पाको पूर्वखोलामा सञ्चालित महायज्ञमा चौँधौँ पुराण नारद पुराणको वाचन कार्यक्रम सम्पन्न भएको छ ।


अध्येता तथा व्यास निलकण्ठ न्यौपानेले बैशाख ११ गते सुरु गर्नुभएको २५ हजार श्लोकको नारद पुराणको पारायण तथा वाचन आज समापन भएको हो ।
रिग्नेरह गाउँ विकास समितिको शिवदुर्गा मन्दिर सोह्रबिसेमा २०६७ सालदेखि महायज्ञ चलिरहेको छ । न्यौपाने आफैले महायज्ञको आयोजना गरी आफै बाचक बनेर हिन्दु धर्मशास्त्रका अठार पुराणमध्ये १४ वटा बाचन गरेर सकेको र बाँकी ४ वटा पनि २०७० सालभित्रमा सक्ने योजना रहेको छ । देविभागवतमार्फत सुरु गरिएको महायज्ञमा श्रीमदभागवत, स्कन्दपुराण, विष्णुपुराण, शिवपुराण, गरुडपुराण, व्रम्हपुराण, पद्यपुराण, लिङ्गपुराण, अग्नीपुराण, मार्कण्डय्, वराह पुराणलगायतका पाठ तथा प्रवचन भइसकेको छ ।

बाँधा, पुरुत्याई, नेपाल, जस्ता एक दर्शन साहित्यिक कृति प्रकासित गरिसक्नुभएका न्यौपानेले पूर्विय दर्शन तथा साहित्यको गहिरो अध्ययन गर्नुभएको छ । जेठ १५ गतेदेखि २२ गतेसम्म पन्ध्रौँ व्रम्ह वैवर्त पुराण लगाइनेछ ।