About-us

सामुदायिक रेडियो मदनपोखरा (एफ.एम.१०६ थोप्लो ९ मेगाहर्ज) नेपालका सामुदायिक रेडियोहरूमा उत्कृष्ट र उदारहणीय रेडियो हो । पश्चिमाञ्चल विकास क्षेत्रको मध्य पहाडी जिल्ला पाल्पामा यो अवस्थित छ । सामुदायिक भावना, श्रमप्रति आस्थावान यस क्षेत्रका बुद्धिजीवी, समाजसेवी, कृषक, शिक्षक एवम् नविन कार्य गर्न उत्सुक युवाहरुको लामो प्रयासपछि २०५५ सालमा सूचना तथा सञ्चार मन्त्रालयबाट इजाजतपत्र (लाइसेन्स) प्राप्त गरेको यो दक्षिण एशियाकै पहिलो ग्रामीण सामुदायिक रेडियो हो । सूचना र विचारको प्रवाहमार्फत समुदायलाई ज्ञान, शिक्षा र मनोरञ्जन प्रदान गरी नागरिकलाई सूचनाको मालिक बनाउने र समाजको सामाजिक रुपान्तरण गर्ने उद्धेश्य राखी यसको स्थापना गरिएको हो । मदनपोखरा गाउँ विकास समितिको नाममा इजाजतपत्र रहेको यस संस्थाले २०५५ सालमा विधान आफ्नै विधान जारी गरी लोकतान्त्रिक संरचना निर्माण तथा अभ्यास गर्दै आएको छ । रेडियो सभा, सञ्चालक समितिले रेडियोको आवश्यक नीति तर्जुमा गर्दै आएका छन् । हाल बिहानदेखि साँझसम्म लगातार दैनिक १७ घण्टा रेडियो प्रसाण हुन्छ । अहिले यसको प्रसारणले पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्गजा, पर्वत र तनहूँलगायतका पश्चिमाञ्चलका धेरै जिल्लालाई प्रशारणमार्फत ढाकेको छ । प्रारम्भमा १०० वाटको ट्रान्समिटरबाट प्रसारण शुरु गरेको यस रेडियोले हाल ५०० वाटको ट्रान्समिटरबाट प्रसारण गरिरहेको छ । समुदायको रुचि, चाहना र आवश्यकतामा आधारित कार्यक्रम उत्पादन तथा प्रसारण गरेर यसले रेडियोको इतिहासमै सिर्जनशील प्रसारण संस्थाका रुपमा पहिचान बनाएको छ । सामुदायिक र गुणस्तरीय कार्यक्रम उत्पादन तथा प्रसारण नै यसको विशेषता हो । 

परिकल्पना

  • सुसूचित समाजको निर्माण

 

ध्येय

  • व्यवहारीक ज्ञान, निश्पक्ष सूचना र स्वस्थ एवम भरपूर मनोरञ्जन द्धारा सामुदायिक चेतना अभिवृद्धि
  • सारेमको संस्थागत तथा मानवीय क्षमता र श्रोत सुदृढिकरण
  • सामुदायिक चासो र आवश्यकतामा आधारित समसामयिक गुणस्तरीय कार्यक्रम प्रसारण
  • सामुदायिक श्रोत र संगठन परिचालन

उद्धेश्यहरू 

  • संस्थागत दीगो विकास 
  • जनकेन्द्रित सूचना प्रणाली
  • सामुदायिक चेतना
  • सामुदायिक सशक्तिकरण
  • लोकतन्त्रको सृदृढीकरण 
  • सुशासन र मानअधिकारको रक्षा
  • सूचना अधिकार र नागरिक अधिकारको रक्षा
  • स्थानीय तहका विषयहरुको संरक्षण सम्वर्दन र परिमार्जनका लागि जनवकालत गर्ने
  • अन्धविश्वासको विपक्षमा र मानव मर्यादाको पक्षमा कार्यक्रम प्रसारण गर्ने
  • श्रमप्रति आस्था र सम्मान जगाउने