जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार
सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि
जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ
  • जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

    जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

  • सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

    सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

  • जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ

    जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ

स्थानीय गतिविधी

जिल्ला-समन्वय-समिति-नौ-सदस्यीय-बन्नेपाल्पा, साउन ९– जिल्ला समन्वय समिति पाल्पा ९ सदस्यीय हुने भएको छ । पाल्पा जिल्लाका २ नगर कार्यपालिका र ८ गाउँ कार्यपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष सदस्य रहेको जिल्ला सभाको पहिलो बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको छ । जिल्ला सभाका जेष्ठ सदस्य तानसेन नगर कार्यपालिकाका...
तानसेनसहित-पाल्पाका-जनप्रतिनिधिले-काम-थालेपाल्पा, असार २०– पाल्पाको जिल्ला सदरमुकाम तानसेनसहित १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले पदभार सम्हाल्न सुरु गरेका छन् । तानसेन, रामपुर नगरपालिका प्रमुख\उपप्रमुख र ८ वटा गाउँपालिकाका अध्यक्ष\उपाध्यक्षहरुले सपथग्रहणसँगै पदभार ग्रहण गरेका हुन् । जिल्लाका ८१ वटा वडाका वडाअध्यक्ष, वडासदस्यहरु गरी ४ सय २५...
तीन-महिनामा-सोह्र-हजारले-स्वास्थ्य-विमा-गरेपाल्पा, वैशाख १– स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने संख्या पाल्पामा आशा गरेभन्दा राम्रो देखिएको छ । सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य विमा कार्यक्रमबाट ५० हजार रुपैँयाको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि विमा गराउनेको संख्या बढेको छ । पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले...
वडाअध्यक्ष-छनौटका-लागि-दलहरु-सक्रियपाल्पा, चैत्र ३१– स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न राजनीतिक दलका नेताहरू तल्ला कमिटीका बैठक र भेलाहरुमा पुगेका छन् । राजनीतिक दलहरूले उमेदवार छनौटको सिफारिश गर्न तल्ला कमिटीहरुलाई जिम्मेवारी दिएकाले नेताहरु गाउँ र टोलका बैठकसम्म पुगेका हुन् । दलहरुले उमेदवारको मापदण्ड बनाए तापनि राजनीतिक योगदान...
पाल्पामा-चुनावी-लहर-बढ्याेपाल्पा, चैत्र ३० – आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, सामाजिक व्यक्तित्व, संचारकर्मीलगायतले निर्वाचनको वातावरण बढाउन सघाएका छन् । राजनीतिक दलका कार्यकर्ता गाउँ शहरदेखि...

राष्ट्रकवि घिमिरे बसे पँलेटीमा

भाद्र १५, काठमाडौं - बोल्दा स्वर मात्र काम्दैन, हात पनि लर्बराउँछ। लेख्न खोज्दा औंलाहरू थर्थराउँछन्। लामो समय बोलिरहन सक्दैनन्, दम फुलेजस्तो हुन्छ। आवाज बस्दै जान्छ। उठ्नबस्न भर दिनुपर्छ।आजको २१ दिनपछि अर्थात्,असोज ७ गते ९४ वसन्त पार गर्न गइरहेका कविवर माधवप्रसाद घिमिरेको तन मात्र यस्तो,मन त बूढ्यौली निशानीबाट कोशौं दूर छ। स्वर काम्छन्,तर लगातार बोलिरहन सक्छन्। हात लर्बराउँछन्,तर आवाजको भाकामा नाचिरहन्छन्। औंलाहरू थर्थराउँछन्,तर कलम च्याप्न छाड्दैनन्। दम फुले फुलोस्,आवाज बसे बसोस्,स्रोता भेटे भने गीत गुन्गुनाइरहन्छन्,कविता सुनाइरहन्छन्। पुराना मीठा सम्झनाको बतासले कुत्कुताएर घरिघरि खित्खिताउँछन्,घरि जीउ हल्लाउँदै हाँस्छन्।उठ्नबस्न भर चाहियो त के भो,आज पनि बिनासहारा ठम्ठम्ती हिँड्न सक्छन्।कविवर घिमिरे आधुनिक नेपाली कविता परम्पराको लामो कालखण्ड छिचोल्दै यहाँसम्म आइपुग्ने एकमात्र जीवित सक्रिय स्रष्टा हुन्।

धेरै समकालीन अहिले छैनन्,उनलाई भने थाति रहेका आफ्नै काम सक्ने चटारो छ।उनको शरीर बूढो छ,तर सिर्जना जवान।उनका रचना र उनको सक्रियता एउटी तरुनीमा भर्खरै चढेको कल्कलाउँदो वैंशजस्तो छभर्भराउँदो। झरीमा रुझेको पातजस्तो,निख्खर हरियो। बर्खाले भिजेको माटोजस्तो छ,मन्दमन्द सुवासिलो। आकासमा चढेको सूर्यको लालिमाजस्तो,गाढा पहेँलो।

...

मान्छे जन्मन्छ। हुर्किंदै जान्छ। तन्नेरी हुन्छ। युवा बन्छ। बूढ्यौलीतिर लाग्छ। जब ६० नाघ्छ,ऊ फेरि युवावस्थातिर मोडिन्छ। फेरि तन्नेरी बन्छ। बालखाजस्तो छुकछुक गर्न थाल्छ। त्यसैले भनिएको होला,बूढेसकाल बाल्यकालको पुनरावृत्ति हो। माधव घिमिरेमा पनि सिर्जनाको जवानी चढेको छ,जवान भनिनेहरूलाई नै इर्ष्या लाग्नेगरी। उनलाई आफू ९५ वर्ष पुग्दैछु भन्ने'बुढ्यौली सोच'ले छोएकै छैन। बरु'भँगेरा र भँगेरी'जस्तै चिरबिरचिरबिर,चिरचिरचिरचिर गरिरहेकै छन्।
उनले शुक्रबार मात्रै नेपालयको सांगीतिक कार्यक्रम'पलेँटी उत्सव'मा एकल प्रस्तुति गर्न भ्याए। थर्थराउँदो आवाजमा पुराना गीतहरूको रचना गर्भ यति सुस्पष्ट र कोमलतासाथ सुनाए,सारा दर्शक पुलकित भए। उनकै आवाज पुल समातेर अतीततिर डोरिए,गीतसंगीतको भाकामा रम्दै।



पछिल्ला केही साता पलेँटी उत्सवको तयारीमा व्यस्त कविवर आजदेखि फेरि फुर्सदिला बनेका छन्। उनी यो फुर्सद आराम गरेर बिताउने छैनन्। जन्मोत्सवकै सेरोफेरोमा जीवनको उत्तरार्द्धमा लेखेको महाकाव्य सक्ने ध्याउन्ना छँदै छ। कविवर'चराले दाना टिपेजस्तो'दिनहुँ त्यही महाकाव्यका एकाध श्लोक टप्पटप्प टिपिरहेका छन्। त्यसैको मैझारो अब सुरु हुनेछ।एउटै सुर्ता छआफ्नै किरिङमिरिङ अक्षर नबुझेर व्यस्तताबीच टिपेका दानाहरू संगाल्न अप्ठेरो हुने त होइन!



सिर्जनाशक्तिको ऊर्जाले धपक्कै बलेका कविवर वयोवृद्ध उमेरमा लिएर आउँदैछन्, 'ऋतम्भरा'महाकाव्य। त्यसपछि २०५५ सालतिर थालनी गरेर अन्तका'दुईचार टुक्रा'लेख्न बाँकी राखेको'हिमकमल'गीतिनाटक सक्ने उनको योजना छ।कविवरको अनौठो बानी छ। कुनै पनि कृतिको साधनामा लागिरहेका बेला अरू विषयले छोयो भने पहिलेको लेखन छाडेर नयाँ सिर्जनातिर धम्मरधुस लागिहाल्छन्।'नयाँ विषय फुर्‍यो भने लेख्न बसिहाल्छु। नत्र फुत्किन्छ। फुत्केपछि फेरि पक्रिनै गाह्रो,'उनलाई यस्तै लाग्छ।c'हिमकमल सक्नसक्न आँटेको थिएँ,एकदिन ऋतम्भरा बिजुली चम्केजस्तो गरी आई,'हालैको एक दिउँसो कपुरधारास्थित आफ्नै घरमा कविवरले सुनाए, 'त्यसपछि त म ऋतम्भरातिरै लहसिएँ,हिमकमल हिउँमै रह्यो।' 'अब सक्छु,आखिरका दुईचार टुक्रा गीत मात्रै बाँकी हो,मनमा आइसकेको छ,ऋतम्भरा सक्नेबित्तिकै कागजमा उतारिहाल्छु,'अप्रकाशित हिमकमलको रचनावर्णन सुनाउँदै घिमिरे भन्छन्, 'यो गीतिनाटक गोसाइँकुण्ड,हिमाल र काठमाडौंको परिवेशमा फैलिएको छ। यसमा मैले ग्रामीण युवतीप्रति एक चित्रकारको आकर्षण देखाउन खोजेको छु।'



('
हिमकमल'खण्डकाव्यको रचनावर्णन उनकै शब्दमा यही अंकमा समेटिएको छ।)जीवनको उत्तरार्द्धमा पनि केका लागि लेखिरहेछन् त कविवर? मानसम्मान पाउन? होइन, 'राष्ट्रकवि'जस्तो गरिमामय पद्वी पाइसकेकै छन्।नेपाली साहित्य भण्डारमा अरू कृति थप्न? 'गौरी'शोककाव्य र'मालती मंगले'गीतिनाटकजस्ता गहकिला कृति उनीबाट नेपाली साहित्यले पाइसकेको छ।त्यसो भए बुढेसकालमा यो चटारो किन?मृत्युको भयले अत्याएर उनको जाँगर खरानी हुँदैन? उनका मसिना आँखामाथिका बाक्ला सेता आँखीभौं खुम्चन्छन्। काम्दो स्वरमा एकसुरले भन्छन्, 'मर्न फुर्सदै कल्लाई छ?फुर्सद हुन्थ्यो भने रङ बदलिँदै जाने आकाससँगै गोधूलिमा डुब्न लागेको पहेँलो घाम हेर्दै दिन बिताउँथे होला। पहिलेपहिले ७०/७५ वर्षका मान्छे भकाभक जाँदा मलाई पनि डर लाग्थ्यो,त्यसयता नै २० वर्ष बाँचिसकेँ। अब त केही डर छैन। खालि यी थालनी गरिसकेका कृति सक्न पाए हुन्थ्यो,त्यसपछि जिन्दगीमा केही इच्छा अधुरो रहने छैन।'



तिनै अधुरा कृतिका छालले अचेल हरपल उनको मनमा उछाल ल्याइरहेको छ। कविताका पंक्ति फुर्र उडेर आउँछन्। एकछिन मस्तिष्कमा बस्छन्,फेरि उडेर गइहाल्छन्। फिरफिर उड्दै फूल चहार्ने पुतलीजस्तै। त्यसैले उनी धुम्धुम्ती एक्लै बस्न रमाउँछन्। एकान्तमा पुतलीलाई पक्रेर राख्न सजिलो हुन्छ,नभए त फुत्किहाल्छ ।'सम्झनाशक्ति यति क्षीण भइसक्यो,फेरि समाउनै गाह्रो,'उनी हाँस्दै भन्छन्।

पुतलीले गिज्याउनेबित्तिकै उनी हत्तपत्त कलम समाउँछन्। फुरेका नयाँ विषय कवितामा ढल्छ। उनी थर्थर हात कमाउँदै त्यसमा अक्षरको लेप लगाइदिहाल्छन्। पुतलीको पखेटामा कुँदिएका चित्रझैं किरिङमिरिङ अक्षरमा पहिला खेस्रा तयार हुन्छ। उनी लामो सास फेर्छन्। अब पुतली फुत्किँदैन भनेर मन हल्का हुन्छ। तै ढुक्क हुन सक्दैनन्। अचेल आफ्नै अक्षर ठम्याउन बेस्कन आँखा झिमझिम गर्नुपर्छ उनलाई। कहिलेकाहीँ त आँखा थाक्छन्,अक्षर खुट्टिँदैन। त्यसैले,मनमा आएका विचारलाई जति छिटो अक्षरमा कुँदन्छन्,त्यति नै छिटो साफी गर्नधरी भ्याइहाल्छन्।उनको सक्रिय नवबाल्यकालको दैनिकी यही हो।



...

कविवर घिमिरेले अहिलेसम्म कति कविताकृति प्रकाशन गरिसके होलान्,उनी आफैं ठ्याक्कै भन्न सक्दैनन्। बाहिर नआएका पाण्डुलिपिबारे त कसरी सम्झन सकून्!त्यसमाथि कतिपय पाण्डुलिपि हराइसकेका छन्। केही श्लोक बेलाबेला फेला पर्छन्,तर धागो एकचोटि चुँडिएपछि मालाका गेडा यति छरपस्ट हुन्छन्,जोड्नै साह्रै सकस हुन्छ। उनलाई पनि फाट्टफुट्ट फेला पर्ने ती गेडा जोडेर नयाँ माला उन्ने आँट छैन।'कसरी सकिएला र!'उनी सुस्केरा हाल्छन्, 'अब त तिनका कथावस्तु नै धमिला भइसके।'

कथावस्तुको सम्झना धमिलो भए पनि माया अझै गाढा छ। आखिर सन्तानको माया कसलाई हुँदैन! चाहे ती साथ होऊन् या टाढा। अझ टाढिएका सन्तानको याद र मायाले मन बढ्ता कोतरिन्छ। घिमिरेका लागि पनि उनले सिर्जेका रचना सन्तानजत्तिकै हुन्।उनका धेरै रचना हराए। धेरै चोरिए। अब ती हत्पती फेला पर्दैनन्। फेला परे'आफ्ना सन्तान'ठानिएका ती कतिपय रचना प्रकाशन गर्ने धोको छ। उनले कहिल्यै आफ्ना अपूर्ण रचना सार्वजनिक गरेनन्। त्यही भएर हुनसक्छवर्षौं पाण्डुलिपिमा थन्किएपछि मात्रै ती रचनाले प्रकाशनको अवसर पाएका।हिजोआजका कतिपय साहित्यकार आफ्ना रचना प्रकाशनअघि नै अंशका रूपमा पत्रपत्रिकामा छपाउँछन्। घिमिरे भने आफैं प्रचारमा लाग्नु उचित ठान्दैनन्। त्यसो गरेका भए अहिले प्रकाशनमा नआएका कृतिभित्रका रचना त्यसबेलाका पत्रपत्रिकामा भेट्न सकिन्थ्यो। कतै न कतै त्यसका अवशेष जीवित रहन्थे। त्यसैलाई जोडजाड पारेर सङ्लो रूप दिन सकिन्थ्यो। तर,अब यी'होलाका कुरा'भए।वास्तविकता के भने,उनका झन्डै दर्जन हाराहारी कृति प्रकाशनमा आएका छैनन्। तीमध्ये कतिपय प्रकाशन गर्ने सोचमा त छन्,तर अझै परिष्कारको खाँचो छ भन्छन् उनी। 'आफूलाई नै चित्त नबुझेसम्म रचना सार्वजनिक गर्नु आफैंलाई घाटा हो,'उनको भनाइ छ, 'पहिले लेख्छु,केही समय राख्छु,फेरि हेरिसकेर चित्त बुझेमात्र बाहिर ल्याउने गर्छु।'



नेपाली कविता परम्पराको परिष्कारवादी धाराका उन्नायक कविशिरोमणि लेखनाथ पौड्याल र स्वच्छन्दतावादी धाराका नेतृत्वकर्ता महाकवि लक्ष्मीप्रसाद देवकोटाको मध्यविन्दुका रूपमा देखा परेका घिमिरे आफ्ना रचनालाई परिष्कृत र प्राञ्जल बनाउन सधैं साधनामै लागिरहे। त्यही भएर उनका कवितामा परिष्कारवादी शिल्प र बेजोडको स्वच्छन्दतावादी भाव पाइन्छ।१९९२ सालमा गोरखापत्रमा'ज्ञानपुष्प'शीर्षकको कविताबाट साहित्य यात्रा थालेका घिमिरेले लेखनक्रममै रहेको'ऋतम्भरा'महाकाव्यका करिब १४ सर्ग लेखिसिध्याए। यसअघि पनि उनले महाकाव्य लेखनको प्रयास थालेका थिए,जतिखेर उनको उमेर २६ वर्ष थियो। २००२ सालदेखि लेख्न थालेका'गोविन्द'महाकाव्य प्रकाशनमा छैन। तत्कालीन नेपाली भाषा प्रकाशिनी समितिले त्यसको एक सर्ग प्रकाशन गर्‍यो। त्यसपछिका भाग अहिले भेटिँदैनन्।
'
त्यसभित्र शैलीको चमत्कार बेजोडको थियो,'घिमिरे सम्झन्छन्, 'तर महाकाव्यमा हुनुपर्ने भित्री तŒव थिएन। विषय सन्दर्भ पनि पुरानो भएकाले त्यसमा त्यत्ति रुचि छैन।'



घिमिरेले १९९५ सालतिरै संस्कृतमा पहिलो खण्डकाव्य'रामविलास'लेखे। उनी तीनधारा पाकशाला पढ्थे,छात्रावास बसेर।'बाहुनका छोराहरूलाई संस्कृत शिक्षा दिइन्थ्यो। त्यही शिक्षाको प्रभाव र प्रेरणाबाट खण्डकाव्य लेखेको थिएँ,'उनी भन्छन्।झन्डै पाँच सर्ग लेखिसकेको'रामविलास'खण्डकाव्य पनि प्रकाशनमा छैन। उनले त्यसको विषयवस्तुधरी बिर्सिइसके। पाण्डुलिपि पनि अहिले फेला पर्दैन।त्यतिबेलाकै कुरा हो। परीक्षा दिन बनारस जानुपर्ने। उनी त्यहाँका पुस्तक पसल देख्दा एकोहोरिन्थे। ठुल्ठूला पुस्तकालयले उनको ध्यान सोहोर्थ्यो। उनी दिनभरि पुस्तकालयमा संस्कृत,हिन्दी,बंगाली किताब अध्ययन गर्थे। विस्तारै उनमा संस्कृत महाकवि कालिदास र बंगाली कवि रविन्द्रनाथ ठाकुरका रचनाको प्रभाव पर्दै गयो। तिनका रचनामा पाइने स्वच्छन्दता,आत्मपरकता,उच्च कल्पनाशीलता र सृष्टि सौन्दर्यको रहस्यलाई घिमिरेले आफ्ना कृतिमा ग्रहण गरे। उनका प्रायः सबै रचनामा त्यसैको अमिट छाप भेटिन्छ।



'
कृष्णभक्ति'खण्डकाव्य पनि लेख्नुभएको थियो?'पंक्तिकारले प्रश्न गरेपछि उनले भने, 'होइन,होइन,थिएन।''९७ सालतिर!'एकछिन सम्झेझैं गरे। अनि जोसिँदै भने, '˜˜हो हो। त्यो त १२ श्लोकजति नै लेखिसकेको थिएँ। त्यो पनि कता हरायो कता।'ती लेखिसकेका श्लोक आफ्ना शिक्षकलाई देखाउँदा उनले नै प्रकाशनका लागि इन्कार गरेको घिमिरे सुनाउँछन्।'त्यसमा भगवान् भक्तिको प्रभाव थियो,'उनी भन्छन्, 'कृष्णभक्तिबाट प्रभावित भएर हरेराम हरेराम भन्ने खालका श्लोक थिए।'त्यसको एक वर्षपछि १९९८ सालतिर'जीवन संगीत'खण्डकाव्य लेखेको पनि उनले सम्झे।'त्यसमा कविताचाहिँ थोरै थिए,तर शैलीगत पक्ष बडा सुन्दर,'भन्छन्, 'संस्कृत कविहरूबाट प्रभावित भएर लेखेको हुँ।'



सम्झनाका आधारमा उनी कविताका यी पंक्ति सुनाउँछन्(२७ ५२) म नेपालीको यो चरेको हेरौंलाहरित तृणमा नील हरिण।यो खण्डकाव्यका कविता कहाँ छन्,उनैलाई पत्तो छैन। तर,यो काव्य उनलाई सुन्दर लागेको छ।'हराएकामध्ये योचाहिँ पाएँ भने प्रकाशन गर्छु,'उनी भन्छन्।
उनीसँग'सुदामा चरित्र'को पाण्डुलिपि भने अहिलेसम्म सुरक्षित छ। १९९९ सालमा छात्रावास बस्दाताकै उनले यो खण्डकाव्यको पाँच सर्गजति लेखेका थिए। कसरी जोगियो,उनलाई नै थाहा छैन।
रणबहादुर शाहसँग सम्बन्धित ऐतिहासिक विषयको अर्को खण्डकाव्य'कान्तिमति'उनले २०१४ सालदेखि लेख्न थाले। तत्कालीन राजा रणबहादुरको एक विधवासँगको प्रेम प्रसंगलाई घिमिरेले काव्यमार्फत उठाएका छन्। पूर्वार्द्धमा ऐना हेर्दा आफूलाई अन्यन्तै सुन्दर देख्ने ती विधवाको स्वच्छन्दता काव्यमा पाइन्छ। खण्डकाव्यको उत्तरार्द्धमा भने विधवाको अनुहारमा बिमिरा देखा पर्छ। अनुहार कुरूप बन्दै गएपछि जीवनदेखि निराश बन्दै गएको उनको पीडालाई कान्तिमतिले समेटेको छ। यसको पाण्डुलिपि पनि घिमिरेसँग छैन।



यसअघि खण्डकाव्य लेख्दै आएका घिमिरेले २०२३ सालमा पद्यनाटक'भीम मल्ल'को रचनारम्भ थाले।'केही भाग अहिले पनि छ,'उनी भन्छन्, 'घरका सामान यताउता सार्दा अरू भाग हराए।'उनले उक्त पद्यनाटकमा देशको रक्षाका लागि लड्ने सेना र राजाहरूको स्वार्थ प्रस्तुत गर्न चाहेका थिए।देवकोटाले महाकाव्य लेख्दै गर्दा उनमा महाकाव्य लेख्ने जोस चढ्यो। लेख्न पनि थाले। २००२ सालतिरै थालेको'गोविन्द'महाकाव्यले पूर्णता पाउन सकेन। नेपाली साहित्यमा एउटा महाकाव्य दिने उनको'अन्तिम इच्छा'जत्तिकै बनेको छ।त्यही भएर कामेका औंलाको सहारामा बिस्तरामा बसेर उनी'ऋतम्भरा'का सर्ग पूरा गर्ने ध्याउन्नमा छन्।



...

आफ्ना हराएका र पाण्डुलिपिमै थन्किएका कविताबारे धेरैपछि मात्र सोच्न भ्याए कविवर घिमिरेले।
सायद,अहिले हराएका सन्तानको माया मुटुभरि उर्लिएर आइरहेछ उनको।'चित्त बुझेका'कृति प्रकाशन गर्न पाए हुन्थ्यो भन्ने तिर्खाले कहिलेकाहीँ आँत सुकेर आउँछ रे।लेखिसकेका र लेखेर बिर्सिसकेका कृति सम्झँदासम्झँदै उनी बेस्कन खोक्न थाल्छन्। सोफामा चल्मलाउँदै उठ्न खोज्छन्। म सहारा दिएरझ्यालनेर पुर्‍याउँछु। मुख सफा गरिसकेपछि मलाई स्नेही धाप मार्दै हाँसेर भन्छन्, 'मेरा हराएका कविताको आविष्कारकर्ता! म मुसुक्क हाँसिदिन्छु।यो मेरो जिन्दगीकै पहिलो र सबभन्दा अमूल्य'पद्वी'हो। सारा नेपालले माया र सम्मान गरेका कविवरको मुखबाट मैले पाएको।बिदा हुने बेला'धर्तीमाता'का यी पंक्ति सुनाउँदै उनले हात हल्लाए:


'
क्यै काम नौलो नगरी नजाऊँ

अकालमै हे म मरी नजाउँ।

आयुष्य देउ भविष्य देउ ।

मभित्र जीवन्त मनुष्य देउ।'

मदनपोखरा हालचाल

दाहाल-दोस्रोपटक-प्रधानमन्त्री-निर्वाचितश्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित हुनु भएकाे छ । प्रधानमन्त्रीका लागि अाज संसदमा भएको...
समावेशी-तस्वीर२८ असार, काठमाडाैँ -  सम्भवतः संसारमा कुनै पनि मुलुकको तस्वीर यति इन्द्रेणी हुँदैन होला । नेपालको यस्ताे समावेशी अनुहार विश्वमा देखाउन लायक भएको छ...
सरकारको-नीति-तथा-कार्यक्रम-प्रस्तुत२६ बैशाख, २०७३ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।   संसदको अाज बसेकाे बैठकमा...

अन्तर्राष्ट्रिय

काठमाडौं-घोषणापत्र-जारी-गर्दै-सार्क-शिखर-सम्मेलन-सम्पन्नकाठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।   काठमाडौं...
मोदी-र-सरिफलाई-मलालाको-निम्तोलण्डन, आश्विन २६ - सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पाकिस्तानकी मलाला युसुफजाईले बालअधिकारका लागि भारतका कैलाश सत्यार्थीसँग यस...
भारतमा-भाजपाको-बहुमत,मोदी-प्रधानमन्त्री-बन्दैनयाँदिल्ली, जेष्ठ ३ - भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी भाजपाले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न...

स्वास्थ्य

प्रभास-ताल-दुर्गन्धित,-स्थानीय-निकाय-बेखबरपुष ३, पाल्पा – लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले अस्पतालबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न नसक्दा प्रभास ताल र वरिपरिको वातावरण प्रदुशित बन्दै गएको छ...
एचआइभी\एड्सले संक्रमित र संक्रमितका परिवारलाई मात्र होइन, सिंगो समाजलाई प्रभावित पारेको कुरालाई नकार्न सकिदैन । प्रायले भन्छन्, एड्स शब्द र एचआइभी सर्ने...
इलामको बरबोटेमा झाडापखालाका कारण एक जनाको ज्यान गएको छ । ५ जना विरामी परेका छन् । बरबोटेमा दुइदिनदेखि झाडापाखाको प्रकोप देखिएको स्थानीय डिकबहादुर नोगुले...

साहित्य

तरङ्गको-सातौँ-सिर्जनशील-साहित्य-शिविर-अर्गलीमा-सम्पन्नपाल्पा, २० वैशाख – तरङ्ग साहित्यिक संगम मदनपोखराले आयोजना गरेको २ दिने सिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ । रुरुक्षेत्र रिडी र अर्गलीमा आयोजित...
साहित्यकार-ज्ञवालीद्वारा-समय-स्पर्शको-विमोचनपाल्पा, माघ २५– कवि टंक पन्थद्वारा लिखित ‘समय स्पर्श’ कविता संग्रहको प्रगतिशील साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले विमोचन गर्नुभएको छ । धवल...

समाज

ज्यानमारा-तानसेन-बुटवल-सडकपाल्पा । सिद्धार्थ राजमार्ग तानसेन बुटवल र बर्तुङ राम्दी खण्ड तथा तानसेन तम्घास सडक पाल्पा जिल्लामा कालोपत्रे भएका सडक हुन् । यी सडकमा भएका दुर्घटनाबाट दश...
भगवती-टोलको-होराइजन-होम-स्टे-नेपालमै-स्तरीयमाघ २६, पाल्पा– तानसेन नगरपालिका वडा नं. ८ भगवती टोलमा संचालित होराईजन होम स्टे नेपालमै स्तरीय होम स्टे को मान्यता पाउन सफल भएको छ । अमेरीकामा केन्द्रीय...
गाउँगाउँमा-चर्के-पिङ-हरायो,-मौलिकता-गुम्योकात्तिक ८, पाल्पा चिदीपानीका केशर बहादुर थापाले यसपालीको दशै र तिहारमा गाउँ वरपर चर्के पिङ देख्न पाएनन् । सानो छँदा काठको चर्के, वनकसी खरको लिंगे पिङ...

खेलकुद

सराई-बि-र-वंशगोपाल-संगै-दमकडा-फुटबल-क्लब-र-सराई-ए-सेमिफाईनलमा-प्रवेशविजयकुमार बौडेल पाल्पा, २९ असोज – दमकडा फुटबल क्लबले आयोजना गरेको दोश्रो भ्याली कप फुटबल प्रतियोगिता २०७४ को क्वाटरफाईनल अन्तरगतको आजको खेलबाट सराई...
भ्याली-कप-२०७४-को-आजको-खेलमा-डाँडाडुम-र-केराबारी-बिजयीविजयकुमार बौडेल पाल्पा, २७ असोज - दमकडा फुटबल क्लबले आयोजना गरेको दोश्रो भ्याली कप फुटबल प्रतियोगिता २०७४ को आजको खेलमा डाँडाडुम फुटबल क्लब र केराबारी...
पश्चिमाञ्चल-टि-20-च्याम्पियन्स-ट्रफि-2017-सुरु-हुँदैविजयकुमार बौडेल, १६ भाद्र पाल्पा –  पश्चिमाञ्चल टि-20 च्याम्पियन्स ट्रफि 2017 को कार्यतालिका सार्वजनिक भएको छ । दमकडा क्रिकेट क्लबले बर्षेनी...