जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार
पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ
सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि
  • जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

    जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

  • पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ

    पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ

  • सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

    सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

स्थानीय गतिविधी

तानसेनसहित-पाल्पाका-जनप्रतिनिधिले-काम-थालेपाल्पा, असार २०– पाल्पाको जिल्ला सदरमुकाम तानसेनसहित १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले पदभार सम्हाल्न सुरु गरेका छन् । तानसेन, रामपुर नगरपालिका प्रमुख\उपप्रमुख र ८ वटा गाउँपालिकाका अध्यक्ष\उपाध्यक्षहरुले सपथग्रहणसँगै पदभार ग्रहण गरेका हुन् । जिल्लाका ८१ वटा वडाका वडाअध्यक्ष, वडासदस्यहरु गरी ४ सय २५...
तीन-महिनामा-सोह्र-हजारले-स्वास्थ्य-विमा-गरेपाल्पा, वैशाख १– स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने संख्या पाल्पामा आशा गरेभन्दा राम्रो देखिएको छ । सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य विमा कार्यक्रमबाट ५० हजार रुपैँयाको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि विमा गराउनेको संख्या बढेको छ । पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले...
वडाअध्यक्ष-छनौटका-लागि-दलहरु-सक्रियपाल्पा, चैत्र ३१– स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न राजनीतिक दलका नेताहरू तल्ला कमिटीका बैठक र भेलाहरुमा पुगेका छन् । राजनीतिक दलहरूले उमेदवार छनौटको सिफारिश गर्न तल्ला कमिटीहरुलाई जिम्मेवारी दिएकाले नेताहरु गाउँ र टोलका बैठकसम्म पुगेका हुन् । दलहरुले उमेदवारको मापदण्ड बनाए तापनि राजनीतिक योगदान...
पाल्पामा-चुनावी-लहर-बढ्याेपाल्पा, चैत्र ३० – आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, सामाजिक व्यक्तित्व, संचारकर्मीलगायतले निर्वाचनको वातावरण बढाउन सघाएका छन् । राजनीतिक दलका कार्यकर्ता गाउँ शहरदेखि...
सैनिक-दिवसका-अवसरमा-पाल्पामा-विविध-कार्यक्रमपाल्पा, १३ फागुन – सेना दिवसका अवसरमा चण्डीप्रसाद गण पाल्पाले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।   गणले तानसेन टुँडिखेलमा रक्तदान कार्यक्रम गरेको छ । दमकडा माविमा अध्ययन गर्ने दृष्टिविहीनलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । दृष्टिविहीन विद्यार्थीहरुलार्य एक छाक भोजन गराएको छ । तानसेन...

पाल्पाका सुन्दर तालहरु

नेपालमा अनगिन्ति तालहरु रहेका छन् । तालहरु भनेका जलस्रोतका मुहान हुन र विभिन्न खालका जीवजन्तुको बासस्थल पनि हुन् । नानाथरीका चराचुरुङ्गी, बकुल्ला, पानीहाँस, कराङ्गकुरुङ्ग चराहरुको बासस्थल पनि तालहरु नै हुनेगरी मानव जीवनका लागि बरदानका रुपमा रहेका छन् । हाम्रा पुर्खाहरुले ताल पोखरीको महत्व बुझेका थिए । त्यसैले डाँडा, काँडा, फाँट, टार, मैदानमा समेत ठूला ठूला पोखरीहरु निर्माण गरेर रातोमाटो वा कालोमाटोले लिपेर वर्षातको पानीलाई संरक्षण गर्ने प्रविधिलाई अगाडी बढाएका थिए । त्यही पानी खाएर जीवजन्तु प्राणीहरु बाँच्दथे । त्यही पोखरीको पानी सोसीएर, चुहिएर बरपर जाँदा पानीका मुलहरु सदावहार रहन्थे । यसले गर्दा बोट विरुवाहरु पानीको रसान पाएर हरिलो भरिलो हुन्थे । पाल्पाका डाँडाकाँडामा धेरै पोखरीहरु छन् तर ती पोखरीहरुको महत्वलाई आजकाल हामी खुव बुझ्ने भयौं भन्नेहरुले संरक्षण गर्नतिर कम लागेकै कारण पोखरीहरु सुक्दै गएको देखिन्छ । जसको परिणाम स्वरुप खानेपानीका मूलहरु पनि सुक्दै जान थालेका छन् । पोखरीहरु निर्माण गर्नु बर्षात्को पानी संकलन गर्नु भनेको वातावरण संरक्षण गर्नु पनि हो । पाल्पा जिल्लामा केही यस्ता तालहरु छन् जसको संरक्षण मात्र गर्न सके पाल्पाको पर्यटनमा कोशे ढुङ्गा हुनेछ ।


सत्यवती ताल : यो ताल महाभारत पर्वत श्रृंखला अन्र्तगत कोलडाँडा गाविसमा पर्छ । यो तालको अनुमानित क्षेत्रफल ५ हेक्टर छ । प्राकृतिक रुपमा अत्यन्त महत्वपूर्ण छ । जैविक विविधताले भरिपूर्ण छ । यो तालमा पानी हाँसहरु टाढा, टाढाबाट मधेशतिरबाट आएर बस्ने गर्दछन् । यहाँको प्राकृतिक वन जंगल सदावहार छ । यो जंगलमा जंगली केराहरु, थाकलहरु, बनतरुलहरु लगायत जात जातका बोट विरुवाहरु हेर्न पाइन्छ । यो तालसम्म पुग्न शिद्धार्थ लोकमार्गको २४ माइल भन्ने ठाउँबाट डेढ घण्टा जति उकालो हिँडेपछि पुग्न सकिन्छ भने झुम्सा कुसुमघाटबाट २ घण्टामा पुग्न सकिन्छ । जाँदा उकालो भए पनि पसिना थुप्रै बगे पनि अग्लो भागमा रहेको तालमा पुग्दा शिखरको सुशीत्तल वातावरणले यात्रुलाई आनन्दित बनाउँछ । प्राकृतिले आफै डाँडाको टुप्पोमा ५ हेक्टर जतिको जग्गामा पाला जस्तो ताल बनाएर बर्षातको पानी जम्मा गरेर यसखालको सुन्दर ताल निमार्ण गरेको छ । बर्षातको पानी जम्मा हँुदा यस्तो ताल निमार्ण हुन सक्छ भने घरघरमा टंकी बनाएर बर्षातको पानी जम्मा गर भनेर यो तालले सिकाएको अनभूत हुन्छ । कात्र्तिके पूर्णिमामा यहाँ ठूलो मेला लाग्छ । दिउँसोमा बोका, हाँस, कुखुरा जस्ता पशुपन्छि र लिंगा ध्वजा पतका लिएर सत्यवती तालमा जाने र पूजा अर्चना गर्ने चलन छ । स्थानीय लोकगीत गाएर मनोरञ्जन मनोरञ्जन पनि त्यतिकै गरिन्छ । सत्यवती माईको कान बहिरो छ भन्ने विश्वास भएकोले भक्तजनहरुले तालका मरे वरिपरि चिच्चाएर बर माग्ने चलन छ । ए सत्यवती माई ! आगामी बर्ष मेरो एउटा घोर्ले छोरो जन्मियोस तिमीलाई झक्कले बोको चढाम्ला, ए सत्यवती माई मेरो सौतालाई ठहरै मारीदेऊ, ए सत्यवती माई ! यस सत्यवती मेरो माइलो छोराले धनसारको मैनखाबामा बसेर महि पारेको देख्न पाम मैले बोेको चढाम्ला जस्ता वर माग्ने चलन छ । २ वटा बर माग्न हुँदैन भन्ने भएकोले माइलो छोराले घनसारको मैन खाबामा बसेर महि बारेको देख्न पाउँ भन्ने बरले कम्तीमा तिनतले घर धानको धनसार तिनवटा छोरा समेतको वर मागेको देखिन्छ । ग्रामीण लोक संस्कृति अध्ययन गर्नेका लागि यो क्षेत्र अति महत्वपूर्ण छ । यस तालबाट २ घण्टा उकालो हिँडेपछि कौडेलेकको काखमा रहेको पेन्गुइन गार्डेन हेर्ने हो भने दार्जिलिङ्गको मानव निर्मित रकगार्डेनलाई विर्साउने छ । यहाँ नेपालको राष्ट्रिय चरा डाँफेको बसोबास स्थल पनि हो । यो कौडेलेकमा अण्डा पार्ने र बच्चा कोरल्ने गर्दछ । यसलाई डाँफे संरक्षण क्षेत्रको रुपमा विकास गर्नु जरुरी छ । यस तालको वरिपरि ठूला ठूला रुखहरु र झारपातहरु र चढाएका लिंगा र ध्वजा पतकाहरु दक्षिणा पैसाहरु तालमै जाने र हालसालै छेउमा निमार्ण गरिएको मन्दिरका कारण ताल पुरिदै गएको छ । तालको संरक्षणमा राज्य र समुदायको ध्यान जान जरुरी छ ।

सुकेताल : महाभारत पर्वत श्रृङ्गखला अन्र्तगत दोभान गाविस वडा नं ९ स्थित यो ताल सुकेतालको नामले चिनिन्छ । यो पाल्पाको दोस्रो ठूलो ताल हो । मानव अतिक्रमण भएपछि यसको नाम सुकेताल रहन गएको हुनुपर्छ । सुकेतालको शिरमा पाटन छ भने पाउमा पासकुण्ड रहेको छ । करिव ३ हेक्टर क्षेत्रफलमा अबस्थित यो तालमा हाल ३ किलोवाट विद्युत उत्पादन गरिएकोले साँच्चैको तालमा परिणत भएको छ । यस आसपासका जंगलमा लुइँचे, मृगहरु, कालिजहरु, भालुहरु, चितुवाहरु र स्यालहरु लगायतका विभिन्न जातका जीवजन्तुहरु हेर्न पाइन्छ । सिद्धार्थ लोकमार्गको दोभानबाट अढाई तीन घण्टाको पैदल यात्रामा पुग्न सकिने यो तालसम्म जानका लागि दोभान कचल मोटरबाटो बनेपछि पास्कुण्डसम्म गाडीमा जान सकिने भएकोछ । पास्कुण्डबाट डेढ घण्टाको उकालो हिँडेपछि यस तालमा पुगिन्छ । मगर जनजातिको बसोवास गर्ने सुकेताल गाउँ हो । पास्कुण्ड फाँट र उता बडहरेतिर बाह्मण जातिको समेत बसोवास हुन थालेपछि विभिन्न सांस्कृतिक विशेषताले युक्त हुन गएको छ । त्यहाँ गएर तराईलाई हेर्दे पहाडको आनन्द लिन सकिनेछ । यो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । सुकेतालको नजिकै सिद्धार्थ राजमार्गको पारिपट्टि दोभान ७ विजुली बाँधदेखि माथिको खोल्सामा २०३८ साल ताका अनुसन्धान गर्दा १करोड १० लाख वर्ष पहिला आदि मानव रामपिथेकसको बंगारो फेला परेको थियो । यो पनि दर्शनीय छ ।

प्रभास ताल : तानसेन नगरपालिका अन्र्तगत वडा नं. ११ प्रभासमा रहेको यो ताललाई कमलपोखरी पनि भनिन्छ । कमलको फूलै फूलले ढाकिएको भएर यो ताललाई कमल पोखरी भनिएको हो । सिद्धार्थ लोकमार्गसंग जोडिएको यो ताल क्षेत्र सत्यवती तालभन्दा ठूलो आकारको देखिन्छ तर यसको क्षेत्रफल करिब ३५ रोपनी जग्गा जिविसको स्वामित्वमा रहेको छ । यो प्राकृतीक ताल अतिक्रममित अबस्था रहेको छ । संरक्षणको प्रतीक्षामा छ । यो तालमा तपाई हामीले निधारमा लगाउने अक्षताको आमाधान अर्थात् प्राकृतिक धानका बोटहरु प्रशस्त मात्रामा छन् । यी टुडे धानहरु तालमा आफै उम्रने आफै फल्ने गर्दछन् । विशषज्ञहरुले बताएअनुसार यी प्रजातीका धानहरु मध्ये एउटाको नाम रफिपोगन हो । यो तालमा प्रशस्त मात्रामा जातजातका हासहरु बकुल्लाहरु, माछाहरु र अन्य चराचुरुगींहरु देख्न पाइन्छ । धार्मिक दृष्टिकोणले पनि यो तालकाको ठूलो महत्व छ । ताललाई पवित्र प्रभास क्षेत्रको रुपमा लिइन्छ । यस तालमा मणिमुकुन्द सेनले विभिन्न तीर्थ स्थलको जल ल्याएर मिसाएको हुँदा तालमा नुहाएँपछि चारधाम गए सरह हुन्छ भन्ने चलन छ । यस तालमा एकादशी पूर्णिमा औंसी जस्ता पर्वमा नुहाएर पाप पखाल्ने र ताल नजिकै रहेको सूर्यकुण्डमा जल चढाएरु सूर्यदेवसंग मनोकांक्षा पूरा गर्न बर माग्ने गरिन्छ । बाला चतुर्दशीमा यहाँको पवित्र सूर्यकुण्डमा नुहाएर सद्वीज छर्ने चलन छ । पाल्पाका सेन शासकहरु मध्ये मणिमुकुन्द सेनले स्थापना गरेको पुरानो शिवालय यही तालको पश्चिम पट्टी छ । यो पाल्पाको सबैभन्दा पुरानो शिवालय हो । तालदेखि दक्षिणतिर सुन्दर प्रभासडाँडा छ । यो डाँडामा बंशगोपालको मन्दिर छ । प्रभास शिवालय र वंशगोपाल गुम्वज शलीमा बनाएकोले पनि सेन कालीन सामाजिक कला संस्कृतिको झलक यहाँ हेर्न पाइन्छ । यस तालको पूर्वपट्टि दरबार थुम्का भन्ने ठाउँ दरबारको भग्नावशेष छ । जाडो समयमा सेन राजाहरुको राजधानी श्रीनगरबाट यही थुम्कामा सारिन्थ्यो भन्ने जन कथन छ । प्रत्येक बर्ष शिवरात्रि र तीज पर्वको बेलामा यहाँ भव्य मेला लाग्ने गर्दछ । यो तालमा ढुगा चलाउने र माछा पालन समेत गरिएको छ । यसले थप पर्यटकिय सौन्दर्य बढाएको छ । तालसंगै जोडिएको बंशगोपाल डाँडा र बगैँचा वनभोज तथा पर्यटकीय आकर्षणको रुपमा रहेको छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक जैविक विविधताले सम्पन्न यस तालको संरक्षण, सम्वद्र्धन र आकर्षण वृद्धिमा राज्य र समुदायले ध्यान दिन जरुरी छ साथै ताल आकारमा देखिने सम्पूर्ण सिम्सार क्षेत्रलाई तालमा विस्तार गरिनुपर्ने देखिन्छ । 

सीताकुण्ड ताल : यो ताल पूर्वी पाल्पा दर्छा गाविसको गैलुक भन्ने सुन्दर र आकर्षक डाडाँमा रहेको छ । यो ताल पनि प्राकृतीक ताल हो । यहाँ जातजातका विभिन्न बोटविरुवा तालको वरिपरि रहेका छन् । जैविक विविधताले यो ताल धनी छ ।
तालपोखरी ताल : पूर्वी पाल्पाको रामपुर वडा नं. ६ मा रहेको पोखरीको नाम तालपोखरी ताल हो । ताल आकारको जग्गा भए पनि अतिक्रमित हुँदा यो पोखरी लोप हुने अवस्थामा थियो । स्थानीय जनसमुदायले पोखरी तालको महत्वलाई हृदयंगम् गरी तालपोखरीलाई विस्तारित र व्यवथस्थित गराइएको छ । धार्मिक प्रतिष्ठान समेत गरी महत्वपूर्ण पवित्र तालको रुपमा विकास र विस्तार गर्ने योजना रहेको देखिन्छ । तालको नजिकै प्रसिद्ध धाम केलादीघाट, रामघाट र तातोपानी घाट समेत रहेका छन् ।


यी ताल बाहेक अर्गलीको कमलपोखरी, तानसेन अमरनारायण परिसरको अमरपोखरी, लगायत यस्तै गाउँ बस्ती बस्तीमा छरिएर रहेका विभिन्न साना ठूला तालपोखरीहरुले पाल्पाको आकर्षण र महत्व बढाएका छन् । आकर्षण महत्व बढाउने तालपोखरीहरु संरक्षणको प्रतिक्षामा छन् । यी सबै तालहरुको संरक्षण र सम्वद्र्धन गर्न सके पाल्पाको पर्यटनमा सहयोगी हुनेछ ।

मदनपोखरा हालचाल

दाहाल-दोस्रोपटक-प्रधानमन्त्री-निर्वाचितश्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित हुनु भएकाे छ । प्रधानमन्त्रीका लागि अाज संसदमा भएको...
समावेशी-तस्वीर२८ असार, काठमाडाैँ -  सम्भवतः संसारमा कुनै पनि मुलुकको तस्वीर यति इन्द्रेणी हुँदैन होला । नेपालको यस्ताे समावेशी अनुहार विश्वमा देखाउन लायक भएको छ...
सरकारको-नीति-तथा-कार्यक्रम-प्रस्तुत२६ बैशाख, २०७३ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।   संसदको अाज बसेकाे बैठकमा...

अन्तर्राष्ट्रिय

काठमाडौं-घोषणापत्र-जारी-गर्दै-सार्क-शिखर-सम्मेलन-सम्पन्नकाठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।   काठमाडौं...
मोदी-र-सरिफलाई-मलालाको-निम्तोलण्डन, आश्विन २६ - सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पाकिस्तानकी मलाला युसुफजाईले बालअधिकारका लागि भारतका कैलाश सत्यार्थीसँग यस...
भारतमा-भाजपाको-बहुमत,मोदी-प्रधानमन्त्री-बन्दैनयाँदिल्ली, जेष्ठ ३ - भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी भाजपाले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न...

स्वास्थ्य

प्रभास-ताल-दुर्गन्धित,-स्थानीय-निकाय-बेखबरपुष ३, पाल्पा – लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले अस्पतालबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न नसक्दा प्रभास ताल र वरिपरिको वातावरण प्रदुशित बन्दै गएको छ...
एचआइभी\एड्सले संक्रमित र संक्रमितका परिवारलाई मात्र होइन, सिंगो समाजलाई प्रभावित पारेको कुरालाई नकार्न सकिदैन । प्रायले भन्छन्, एड्स शब्द र एचआइभी सर्ने...
इलामको बरबोटेमा झाडापखालाका कारण एक जनाको ज्यान गएको छ । ५ जना विरामी परेका छन् । बरबोटेमा दुइदिनदेखि झाडापाखाको प्रकोप देखिएको स्थानीय डिकबहादुर नोगुले...

साहित्य

तरङ्गको-सातौँ-सिर्जनशील-साहित्य-शिविर-अर्गलीमा-सम्पन्नपाल्पा, २० वैशाख – तरङ्ग साहित्यिक संगम मदनपोखराले आयोजना गरेको २ दिने सिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ । रुरुक्षेत्र रिडी र अर्गलीमा आयोजित...
साहित्यकार-ज्ञवालीद्वारा-समय-स्पर्शको-विमोचनपाल्पा, माघ २५– कवि टंक पन्थद्वारा लिखित ‘समय स्पर्श’ कविता संग्रहको प्रगतिशील साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले विमोचन गर्नुभएको छ । धवल...

समाज

ज्यानमारा-तानसेन-बुटवल-सडकपाल्पा । सिद्धार्थ राजमार्ग तानसेन बुटवल र बर्तुङ राम्दी खण्ड तथा तानसेन तम्घास सडक पाल्पा जिल्लामा कालोपत्रे भएका सडक हुन् । यी सडकमा भएका दुर्घटनाबाट दश...
भगवती-टोलको-होराइजन-होम-स्टे-नेपालमै-स्तरीयमाघ २६, पाल्पा– तानसेन नगरपालिका वडा नं. ८ भगवती टोलमा संचालित होराईजन होम स्टे नेपालमै स्तरीय होम स्टे को मान्यता पाउन सफल भएको छ । अमेरीकामा केन्द्रीय...
गाउँगाउँमा-चर्के-पिङ-हरायो,-मौलिकता-गुम्योकात्तिक ८, पाल्पा चिदीपानीका केशर बहादुर थापाले यसपालीको दशै र तिहारमा गाउँ वरपर चर्के पिङ देख्न पाएनन् । सानो छँदा काठको चर्के, वनकसी खरको लिंगे पिङ...

खेलकुद

पश्चिमाञ्चल-टि-ट्वान्टी-च्याम्पियन्स-ट्रोफि-को-तयारीमा-तिब्रताविजयकुमार बौडेल पाल्पा, १४ असोज-  मदनपाेखराकाे दमकडामा पश्चिमाञ्चल टि ट्वान्टी च्याम्पियन्स ट्रफी २०१६ को तयारी तिब्र पारिएकाे छ । ...
दमकडा-क्रिकेट-लिग-२०७३-को-कार्यतालिका-सार्वजनिकविजयकुमार बौडेल, ०१ भाद्र पाल्पा – दमकडा क्रिकेट लिग २०७३ को कार्यतालिका सार्वजनिक भएको छ । दमकडा क्रिकेट क्लबले बर्षेनी दशैंको बेला आयोजना गर्न लागेको यो...
दमकडा-क्रिकेट-लिगको-छैटौँ-संस्करण-सम्पन्नपाल्पा, कार्तिक १६– दमकडा क्रिकेट क्लव मदनपोखराले आयोजना गरेको छैटौँ दमकडा क्रिकेट लिगको उपाधी तानसेन क्रिकेट क्लवले चुमेको छ । प्रतियोगिताका विजेता...