जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार
पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ
सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि
  • जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

    जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

  • पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ

    पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ

  • सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

    सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

स्थानीय गतिविधी

तानसेनसहित-पाल्पाका-जनप्रतिनिधिले-काम-थालेपाल्पा, असार २०– पाल्पाको जिल्ला सदरमुकाम तानसेनसहित १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले पदभार सम्हाल्न सुरु गरेका छन् । तानसेन, रामपुर नगरपालिका प्रमुख\उपप्रमुख र ८ वटा गाउँपालिकाका अध्यक्ष\उपाध्यक्षहरुले सपथग्रहणसँगै पदभार ग्रहण गरेका हुन् । जिल्लाका ८१ वटा वडाका वडाअध्यक्ष, वडासदस्यहरु गरी ४ सय २५...
तीन-महिनामा-सोह्र-हजारले-स्वास्थ्य-विमा-गरेपाल्पा, वैशाख १– स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने संख्या पाल्पामा आशा गरेभन्दा राम्रो देखिएको छ । सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य विमा कार्यक्रमबाट ५० हजार रुपैँयाको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि विमा गराउनेको संख्या बढेको छ । पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले...
वडाअध्यक्ष-छनौटका-लागि-दलहरु-सक्रियपाल्पा, चैत्र ३१– स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न राजनीतिक दलका नेताहरू तल्ला कमिटीका बैठक र भेलाहरुमा पुगेका छन् । राजनीतिक दलहरूले उमेदवार छनौटको सिफारिश गर्न तल्ला कमिटीहरुलाई जिम्मेवारी दिएकाले नेताहरु गाउँ र टोलका बैठकसम्म पुगेका हुन् । दलहरुले उमेदवारको मापदण्ड बनाए तापनि राजनीतिक योगदान...
पाल्पामा-चुनावी-लहर-बढ्याेपाल्पा, चैत्र ३० – आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, सामाजिक व्यक्तित्व, संचारकर्मीलगायतले निर्वाचनको वातावरण बढाउन सघाएका छन् । राजनीतिक दलका कार्यकर्ता गाउँ शहरदेखि...
सैनिक-दिवसका-अवसरमा-पाल्पामा-विविध-कार्यक्रमपाल्पा, १३ फागुन – सेना दिवसका अवसरमा चण्डीप्रसाद गण पाल्पाले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।   गणले तानसेन टुँडिखेलमा रक्तदान कार्यक्रम गरेको छ । दमकडा माविमा अध्ययन गर्ने दृष्टिविहीनलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । दृष्टिविहीन विद्यार्थीहरुलार्य एक छाक भोजन गराएको छ । तानसेन...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

२६ बैशाख, २०७३ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।

 

संसदको अाज बसेकाे बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्नुभयाे । यो नीति तथा कार्यक्रम संविधानसभाबाट नयाँ संविधान बनेपछिको पहिलो नीति तथा कार्यक्रम हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/७४ को सरकारको नीति तथा कार्यक्रममा सामाजिक/आर्थिक विकासलगायतका कार्यलाई प्राथमिकता दिई मुलुकलाई आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ । कार्यक्रममा वन क्षेत्रको विकासका लागि नीति तयार गरिने, वन क्षेत्रको अतिक्रमण रोक्न जनचेतना जगाइने, ठूलो औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सबै खाद्य पदार्थमा बिक्री मूल्य निर्धारण गर्ने कानुनी व्यवस्था गर्ने, पेट्रोलियम पदार्थको भण्डारण केन्द्र स्थापना, स्थानीय आहार परिवर्तन अनुशिक्षण कार्यक्रम, नवीकरणीय ऊर्जा विकास गरिने, विसं २०८२ भित्र १० हजार मेगावाट विद्युत् उत्पादन गरिने, विद्युत् वितरण प्रणालीलाई सुधार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा जैविक ऊर्जा विकास गरिने, एकीकृत जलस्रोत विकास गर्न बहुउद्देश्यीय जलासय आयोजनालाई जोड दिइने, सबै नदीमा विद्युत् उत्पादन अध्ययन गरिने, २२ जिल्लामा समृद्ध तराई–मधेस सिँचाइ योजना सञ्चालन गरिने, जल तथा मौसम स्वचालित प्रणालीको स्थापना गरिने, जनताको तटबन्धन स्थानीय समुदायको सहभागितालाई थप जोड दिइने, उज्यालो नेपाल समृद्ध नेपाल कार्यक्रमलाई सरल बनाइने, दुई वर्षभित्र सबै जनतालाई आधारभूत खानेपानी र सरसफाइ सेवा पुर्‍याइने, काठमाडौँ उपत्यकामा खानेपानी उपलब्ध गराउन मेलम्ची खानेपानी आयोजनालाई छिटो सम्पन्न गर्न जोड दिइने उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भूकम्प प्रभावित जिल्लामा जनताको खानेपानी आयोजना सञ्चालन, जलवायु स्मार्ट गाउँ विकसित गरिने, पूर्व–पश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टा–बुटवल खण्डलाई चार लेनको बनाइने, काठमाडौं उपत्यकाको सडक विस्तारलाई निरन्तरता दिइने, काठमाडौं–निजगढ सडकखण्ड स्वदेशी लगानीमा सम्पन्न गरिने, सबै गाउँविकास समितिलाई दुई वर्षभित्र सडक सञ्जालमा जोडिने पनि उल्लेख गरिएको छ ।

एक सहर एक पहिचान विकसित गरिने, केही सहर स्मार्ट सिटीका रुपमा विकसित गरिने, नदी किनार सौन्दर्य कायम गरिने, काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न दीर्घकालीन रुपमा ल्यान्डफिलको व्यवस्था गरिने, विसं २०७३ लाई आन्तरिक भ्रमण वर्ष मनाइने, सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइने, सगरमाथा र अन्नपूर्ण क्षेत्रमा एकीकृत उद्धार केन्द्र स्थापना गरिने, पर्वतीय पर्यटनको विकास गरिने, काठमाडौँ उपत्यकाभित्र विभिन्न सांस्कृतिक पक्ष झल्काउन सांस्कृतिक केन्द्र स्थापना गरिने, दुर्गम क्षेत्रका गाउँलाई पहिलो प्राथमिकता दिई विमानस्थल स्थापना गर्न ध्यान दिइने, प्रादेशिक विमानस्थल निर्माण, बारामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य गरिने, हवाई सुरक्षा कडाइ गरिने, कक्षा १२ सम्मको शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क गरिने, विद्यालय शिक्षालाई रोजगारीमुखी बनाइने, दलितलाई सबै तहमा निःशुल्क गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले नागरिक शिक्षालाई पाठ्यक्रममा समावेश गरिने, स्काउट शिक्षालाई विस्तार, विद्यालय तहमा इन्टरनेट सञ्चालन, शिक्षण प्रणालीलाई सूचना प्रविधि मैत्री बनाइने, मदन भण्डारी शिक्षण प्रतिष्ठान स्थापना गरिने, खुला तथा दूरशिक्षा प्रणालीलाई विस्तार गरिने, अगामी वर्ष ३० जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने पनि बताइन्।

निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय बनाइने, राष्ट्रिय बिमा कार्यक्रमलाई विस्तार गरिने, आयुर्वेदिक औषधिको विश्वसनीयताका लागि सिंहदरबार वैद्यखानामा समुचित उत्पादन प्रक्रिया अपनाइने, महिला स्वयम्सेविकालाई थप प्रोत्साहन गरिने, सबै बालबालिकालाई खोपको व्यवस्था गरिने, ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई विस्तार गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

नीति तथा कार्यक्रममा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिने, सार्वजनिक स्थल तथा विद्यालयमा महिला शौचालय बनाइने, मानव विकास सूचकाङ्कमा पछि रहेका २० जिल्लामा आर्थिक विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिने, जनता आवास कार्यक्रमअन्तर्गत २० हजार घर निर्माण गरिने, युवा स्वरोजगार कार्यक्रम विस्तार गरी प्रतिवर्ष ५० हजार युवालाई तालिम दिइने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत ऋण उपलब्ध गराइने, वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने, बालश्रम निवारण कार्ययोजना ल्याइने, कर्मचारीको निवृत्तिभरणलाई व्यवस्थित गरिने, खेलकुदका माध्यमबाट राष्ट्रिय एकताको निर्माणका लागि भौतिक पूर्वाधार विकासमा जोड दिइने आदि छन् ।

आम सञ्चार नीति कार्यान्वयनमा ल्याइने, पत्रकारको योग्यता र मापदण्ड निर्धारण गरी पत्रकार आचारसंहित लागू गरिने उल्लेख छ भने सञ्चारमाध्यमको वर्गीकरण र विशिष्टिकरण गरिने पनि उल्लेख छ । सरकारी स्वामित्वमा व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गरिने, हुलाक सेवालाई आधुनिक र व्यावसायिक बनाइने, ग्रामीण दुरसञ्चार कोषबाट दुर्गममा अप्टिकल फाइबर विछ्याउने, पुष्पलाल राजमार्गमा पर्ने स्थानमा इन्टरनेट सेवा विस्तार गरिने आदि नीति कार्यक्रममा उल्लेख छन् ।

विपद् व्यवस्थापनका लागि आपत्कालीन कार्यसञ्चार केन्द्रलाई विस्तार गर्ने, प्रविधिले सुसज्जित सक्षम प्रहरी विकसित गरिने, सशस्त्र द्वन्द्वका घाइतेको उपचार र उचित राहत प्रबन्ध गरिने, संविधान र मानवअधिकारबारे जनस्तरमा जनचेतना फैलाउने, न्याय प्रणालीलाई सङ्घीय प्रणाली अनुकूल व्यवस्थित गर्ने, सरकारी वकिल कार्यालयको क्षमता विकास गर्ने, राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन र प्रतिरक्षा नीति तर्जुमा गर्ने सरकारले घोषणा गरेको छ ।

यस्तै, युवालाई राष्ट्र विकासमा सहभागी गराउने, निजामति सेवालाई सङ्घीय प्रणाली अनुकूल पुनर्गठित गर्ने, भ्रष्टाचार न्यूनीकरणका लागि निरोधात्मक तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, कर प्रणालीलाई प्रगतिशील र लगानी मैत्री बनाउने, राष्ट्रिय प्राथमिकताका आधारमा अन्तर्राष्ट्रिय सहयोगको परिचालन, पुनःनिर्माणका लागि थप सहयोगका लागि दातृ निकायसँग समन्वय गरिने, संस्थानमा सुधारसहित सरकारी लगानी बढाइने, ती निकायमा नियुक्तिको व्यवस्थामा सुधार, आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोडी थप प्रभावकारी बनाउने, छिमेकी मुलुकसँगको सम्बन्धलाई पारस्परिक हित र सौहार्दताका आधारमा थप सुदृढ गरिने उल्लेख छ ।

परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिबीच सामञ्जस्य गरिने, संविधान जारी गर्दाको सहयात्रालाई कायम राखी राष्ट्रिय स्वाभिमानलाई उच्च राख्न प्रतिबद्ध हुँदै मुलुकका समस्या समाधानका लागि संवाद र सहमतिबाट सुखी नेपाल बनाउने लक्ष्य पनि कार्यक्रममा उल्लेख छ ।

मदनपोखरा हालचाल

दाहाल-दोस्रोपटक-प्रधानमन्त्री-निर्वाचितश्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित हुनु भएकाे छ । प्रधानमन्त्रीका लागि अाज संसदमा भएको...
समावेशी-तस्वीर२८ असार, काठमाडाैँ -  सम्भवतः संसारमा कुनै पनि मुलुकको तस्वीर यति इन्द्रेणी हुँदैन होला । नेपालको यस्ताे समावेशी अनुहार विश्वमा देखाउन लायक भएको छ...
सरकारको-नीति-तथा-कार्यक्रम-प्रस्तुत२६ बैशाख, २०७३ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।   संसदको अाज बसेकाे बैठकमा...

अन्तर्राष्ट्रिय

काठमाडौं-घोषणापत्र-जारी-गर्दै-सार्क-शिखर-सम्मेलन-सम्पन्नकाठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।   काठमाडौं...
मोदी-र-सरिफलाई-मलालाको-निम्तोलण्डन, आश्विन २६ - सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पाकिस्तानकी मलाला युसुफजाईले बालअधिकारका लागि भारतका कैलाश सत्यार्थीसँग यस...
भारतमा-भाजपाको-बहुमत,मोदी-प्रधानमन्त्री-बन्दैनयाँदिल्ली, जेष्ठ ३ - भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी भाजपाले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न...

स्वास्थ्य

प्रभास-ताल-दुर्गन्धित,-स्थानीय-निकाय-बेखबरपुष ३, पाल्पा – लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले अस्पतालबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न नसक्दा प्रभास ताल र वरिपरिको वातावरण प्रदुशित बन्दै गएको छ...
एचआइभी\एड्सले संक्रमित र संक्रमितका परिवारलाई मात्र होइन, सिंगो समाजलाई प्रभावित पारेको कुरालाई नकार्न सकिदैन । प्रायले भन्छन्, एड्स शब्द र एचआइभी सर्ने...
इलामको बरबोटेमा झाडापखालाका कारण एक जनाको ज्यान गएको छ । ५ जना विरामी परेका छन् । बरबोटेमा दुइदिनदेखि झाडापाखाको प्रकोप देखिएको स्थानीय डिकबहादुर नोगुले...

साहित्य

तरङ्गको-सातौँ-सिर्जनशील-साहित्य-शिविर-अर्गलीमा-सम्पन्नपाल्पा, २० वैशाख – तरङ्ग साहित्यिक संगम मदनपोखराले आयोजना गरेको २ दिने सिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ । रुरुक्षेत्र रिडी र अर्गलीमा आयोजित...
साहित्यकार-ज्ञवालीद्वारा-समय-स्पर्शको-विमोचनपाल्पा, माघ २५– कवि टंक पन्थद्वारा लिखित ‘समय स्पर्श’ कविता संग्रहको प्रगतिशील साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले विमोचन गर्नुभएको छ । धवल...

समाज

ज्यानमारा-तानसेन-बुटवल-सडकपाल्पा । सिद्धार्थ राजमार्ग तानसेन बुटवल र बर्तुङ राम्दी खण्ड तथा तानसेन तम्घास सडक पाल्पा जिल्लामा कालोपत्रे भएका सडक हुन् । यी सडकमा भएका दुर्घटनाबाट दश...
भगवती-टोलको-होराइजन-होम-स्टे-नेपालमै-स्तरीयमाघ २६, पाल्पा– तानसेन नगरपालिका वडा नं. ८ भगवती टोलमा संचालित होराईजन होम स्टे नेपालमै स्तरीय होम स्टे को मान्यता पाउन सफल भएको छ । अमेरीकामा केन्द्रीय...
गाउँगाउँमा-चर्के-पिङ-हरायो,-मौलिकता-गुम्योकात्तिक ८, पाल्पा चिदीपानीका केशर बहादुर थापाले यसपालीको दशै र तिहारमा गाउँ वरपर चर्के पिङ देख्न पाएनन् । सानो छँदा काठको चर्के, वनकसी खरको लिंगे पिङ...

खेलकुद

पश्चिमाञ्चल-टि-ट्वान्टी-च्याम्पियन्स-ट्रोफि-को-तयारीमा-तिब्रताविजयकुमार बौडेल पाल्पा, १४ असोज-  मदनपाेखराकाे दमकडामा पश्चिमाञ्चल टि ट्वान्टी च्याम्पियन्स ट्रफी २०१६ को तयारी तिब्र पारिएकाे छ । ...
दमकडा-क्रिकेट-लिग-२०७३-को-कार्यतालिका-सार्वजनिकविजयकुमार बौडेल, ०१ भाद्र पाल्पा – दमकडा क्रिकेट लिग २०७३ को कार्यतालिका सार्वजनिक भएको छ । दमकडा क्रिकेट क्लबले बर्षेनी दशैंको बेला आयोजना गर्न लागेको यो...
दमकडा-क्रिकेट-लिगको-छैटौँ-संस्करण-सम्पन्नपाल्पा, कार्तिक १६– दमकडा क्रिकेट क्लव मदनपोखराले आयोजना गरेको छैटौँ दमकडा क्रिकेट लिगको उपाधी तानसेन क्रिकेट क्लवले चुमेको छ । प्रतियोगिताका विजेता...