जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार
पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ
सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि
  • जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

    जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

  • पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ

    पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ

  • सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

    सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

स्थानीय गतिविधी

तानसेनसहित-पाल्पाका-जनप्रतिनिधिले-काम-थालेपाल्पा, असार २०– पाल्पाको जिल्ला सदरमुकाम तानसेनसहित १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले पदभार सम्हाल्न सुरु गरेका छन् । तानसेन, रामपुर नगरपालिका प्रमुख\उपप्रमुख र ८ वटा गाउँपालिकाका अध्यक्ष\उपाध्यक्षहरुले सपथग्रहणसँगै पदभार ग्रहण गरेका हुन् । जिल्लाका ८१ वटा वडाका वडाअध्यक्ष, वडासदस्यहरु गरी ४ सय २५...
तीन-महिनामा-सोह्र-हजारले-स्वास्थ्य-विमा-गरेपाल्पा, वैशाख १– स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने संख्या पाल्पामा आशा गरेभन्दा राम्रो देखिएको छ । सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य विमा कार्यक्रमबाट ५० हजार रुपैँयाको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि विमा गराउनेको संख्या बढेको छ । पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले...
वडाअध्यक्ष-छनौटका-लागि-दलहरु-सक्रियपाल्पा, चैत्र ३१– स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न राजनीतिक दलका नेताहरू तल्ला कमिटीका बैठक र भेलाहरुमा पुगेका छन् । राजनीतिक दलहरूले उमेदवार छनौटको सिफारिश गर्न तल्ला कमिटीहरुलाई जिम्मेवारी दिएकाले नेताहरु गाउँ र टोलका बैठकसम्म पुगेका हुन् । दलहरुले उमेदवारको मापदण्ड बनाए तापनि राजनीतिक योगदान...
पाल्पामा-चुनावी-लहर-बढ्याेपाल्पा, चैत्र ३० – आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, सामाजिक व्यक्तित्व, संचारकर्मीलगायतले निर्वाचनको वातावरण बढाउन सघाएका छन् । राजनीतिक दलका कार्यकर्ता गाउँ शहरदेखि...
सैनिक-दिवसका-अवसरमा-पाल्पामा-विविध-कार्यक्रमपाल्पा, १३ फागुन – सेना दिवसका अवसरमा चण्डीप्रसाद गण पाल्पाले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।   गणले तानसेन टुँडिखेलमा रक्तदान कार्यक्रम गरेको छ । दमकडा माविमा अध्ययन गर्ने दृष्टिविहीनलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । दृष्टिविहीन विद्यार्थीहरुलार्य एक छाक भोजन गराएको छ । तानसेन...

सामुदायिक रेडियो मदनपोखराकाे छैटौँ अधिवेशन सम्पन्न

पाल्पा, भाद्र ५ – सामुदायिक रेडियो मदनपोखरा पाल्पाको दशौँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ ।


अधिवेशनले झपेन्द्र जीसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा गुणाकर अर्याल, सचिवमा राजेशकुमार अर्याल, सहसचिवमा घनश्याम घिमिरे, कोषाध्यक्षमा एक प्रसाद भण्डारी रहनुभएको छ । यसैगरी सञ्चालक समितिको सदस्यहरुमा सोमनाथ अर्याल, प्रेमनाथ बस्याल, बासुदेव अर्याल, दुर्गा भण्डारी, लक्ष्मी पाठक, इन्द्रा गहतराज, अम्बिका भट्टराई रहनुभएको छ । साधारणसभाले टुकराज पाण्डेयको संयोजकत्वमा नारायण प्रसाद अधिकारी र कुलप्रसाद ढुंगाना रहेको लेखा समिति पनि गठन गरेको छ ।


अधिवेशनको उद्घाटन गर्दै जिल्ला विकास समिति पाल्पाका निमित्त स्थानीय विकास अधिकारी भीमार्जुन पाण्डेयले सामुदायिक रेडियो मदनपोखरा सञ्चारजगतको तीर्थस्थल र पाठशाला बनेको बताउनुभयो । उहाँले स्रोतका आधारमा जन्मेको संस्थाभन्दा सोचका आधारमा जन्मेको संस्था फैलदो रहेछ भन्ने नमूना मदनपोखरा हो भन्नुभयो । प्रमुख अतिथि पाण्डेयले पहिचानभित्र सामथ्र्य लुकेको हुन्छ भन्ने कुरा सामुदायिक मदनपोखराले संसारका सामु प्रस्तुत गरेको बताउँदै यो सुगन्धलाई अझ उचाईँमा पु¥याउनु सबै पाल्पालीको दायित्व भएको बताउनुभयो ।


मदनपोखरा गाउँ विकास समितिका सचिव शिवहरि मरासिनीले सामुदायिक, स्वतन्त्र र स्वायत्त सञ्चार संस्थाको रुपमा रहेको मदनपोखराले विश्वलाई नै नयाँ सन्देश दिन सक्ने बताउनुभयो । कार्यक्रममा जिल्ला विकास समिति पाल्पाका पुर्व सभापति प्रेमनाथ बस्याल, दिव्य ज्योति उच्च माध्यमिक विद्यालयका प्राचार्य नारायण प्रसाद अधिकारी, मदनपोखरा गाउँ विकास समितिका पूर्व सचिव जीतबहादुर सिलवाल, हेफर इन्टरनेशनलका वरिष्ठ कार्यक्रम अधिकृत अनन्त सिलवाल, आजीवन सदस्यहरु नारायण जीसी, पुर्षोत्तम अर्याल, यादव भट्टराई, विनिता लुइटेललगायतले सामुदायिक रेडियो मदनपोखरालाई सुनको गहनाभन्दा पनि ठूलो सौन्दर्य ठानेको बताउनुभयो ।


अधिवेशनमा सामुदायिक रेडियो मदनपोखरा पाल्पाका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले आर्थिक वर्ष २०७२÷०७३ लागि ४६ लाख ५२ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । समाजमा समानता, सामाजिक न्याय, सुशासन र सामाजिक उत्तरदायित्वको भावनालाई बढावा दिन सामुदायिक रेडियो मदनपोखराको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । स्टेशन प्रबन्धक अर्यालले भन्नुभयो, ‘सरकारले यसप्रकारको जनमत र जागरण सिर्जना गर्न धेरै ठूलो लगानी गर्नुपर्दथ्यो, जुन काम सामुदायिक रेडियो मदनपोखराले स्वतःस्फूर्तरुपमा गरिरहेको छ ।’ सभामा प्रेम पंगेनी, नारायण जीसी, पुर्षोत्तम अर्याल, रामप्रसाद घिमिरे, केशवराज अर्याल, सुरेशकुमार भट्टराई, नारायण अधिकारी, खगराज अर्याल, दिवाकर अर्याल, गणेश भण्डारी, मीनप्रसाद बन्जाडे, सुकुम नेपाली, सन्तोष कुमार अर्याल, कुलप्रसाद ढुंगाना, सरस्वती सुवेदी, शान्ति अधिकारीलगायतले गुणस्तरीय कार्यक्रम प्रसारण र मुष्ठीदानको भावना बढाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले रेडियोलाई लोकतान्त्रिक विधिबाट जनताको हितमा सञ्चालन गरिएको र सामुदायिक भावनाबाट अलिकति पनि विचलित नभई थप सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम रेडियो सभाका अध्यक्ष शिवहरि मरासिनीको अध्यक्षतामा चलेको थियो ।


स्मरणरहोस्, २०५२ सालमा मदनपोखरेली जनताले आफ्नै स्वामित्वमा आफैले सञ्चालन गर्ने रेडियोको आवश्यकता महशुस गरेका थिए, तर सरकारले २०५५ सालमा मात्र यसलाई प्रसारण अनुमतिपत्र प्रदान गरेको थियो । सामुदायिक रेडियो मदनपोखरा दक्षिण एशियाको पहिलो ग्रामीण सामुदायिक रेडियो हो । यसले नेपालमै छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।

मदनपोखरा हालचाल

दाहाल-दोस्रोपटक-प्रधानमन्त्री-निर्वाचितश्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित हुनु भएकाे छ । प्रधानमन्त्रीका लागि अाज संसदमा भएको...
समावेशी-तस्वीर२८ असार, काठमाडाैँ -  सम्भवतः संसारमा कुनै पनि मुलुकको तस्वीर यति इन्द्रेणी हुँदैन होला । नेपालको यस्ताे समावेशी अनुहार विश्वमा देखाउन लायक भएको छ...
सरकारको-नीति-तथा-कार्यक्रम-प्रस्तुत२६ बैशाख, २०७३ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।   संसदको अाज बसेकाे बैठकमा...

अन्तर्राष्ट्रिय

काठमाडौं-घोषणापत्र-जारी-गर्दै-सार्क-शिखर-सम्मेलन-सम्पन्नकाठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।   काठमाडौं...
मोदी-र-सरिफलाई-मलालाको-निम्तोलण्डन, आश्विन २६ - सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पाकिस्तानकी मलाला युसुफजाईले बालअधिकारका लागि भारतका कैलाश सत्यार्थीसँग यस...
भारतमा-भाजपाको-बहुमत,मोदी-प्रधानमन्त्री-बन्दैनयाँदिल्ली, जेष्ठ ३ - भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी भाजपाले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न...

स्वास्थ्य

प्रभास-ताल-दुर्गन्धित,-स्थानीय-निकाय-बेखबरपुष ३, पाल्पा – लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले अस्पतालबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न नसक्दा प्रभास ताल र वरिपरिको वातावरण प्रदुशित बन्दै गएको छ...
एचआइभी\एड्सले संक्रमित र संक्रमितका परिवारलाई मात्र होइन, सिंगो समाजलाई प्रभावित पारेको कुरालाई नकार्न सकिदैन । प्रायले भन्छन्, एड्स शब्द र एचआइभी सर्ने...
इलामको बरबोटेमा झाडापखालाका कारण एक जनाको ज्यान गएको छ । ५ जना विरामी परेका छन् । बरबोटेमा दुइदिनदेखि झाडापाखाको प्रकोप देखिएको स्थानीय डिकबहादुर नोगुले...

साहित्य

तरङ्गको-सातौँ-सिर्जनशील-साहित्य-शिविर-अर्गलीमा-सम्पन्नपाल्पा, २० वैशाख – तरङ्ग साहित्यिक संगम मदनपोखराले आयोजना गरेको २ दिने सिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ । रुरुक्षेत्र रिडी र अर्गलीमा आयोजित...
साहित्यकार-ज्ञवालीद्वारा-समय-स्पर्शको-विमोचनपाल्पा, माघ २५– कवि टंक पन्थद्वारा लिखित ‘समय स्पर्श’ कविता संग्रहको प्रगतिशील साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले विमोचन गर्नुभएको छ । धवल...

समाज

ज्यानमारा-तानसेन-बुटवल-सडकपाल्पा । सिद्धार्थ राजमार्ग तानसेन बुटवल र बर्तुङ राम्दी खण्ड तथा तानसेन तम्घास सडक पाल्पा जिल्लामा कालोपत्रे भएका सडक हुन् । यी सडकमा भएका दुर्घटनाबाट दश...
भगवती-टोलको-होराइजन-होम-स्टे-नेपालमै-स्तरीयमाघ २६, पाल्पा– तानसेन नगरपालिका वडा नं. ८ भगवती टोलमा संचालित होराईजन होम स्टे नेपालमै स्तरीय होम स्टे को मान्यता पाउन सफल भएको छ । अमेरीकामा केन्द्रीय...
गाउँगाउँमा-चर्के-पिङ-हरायो,-मौलिकता-गुम्योकात्तिक ८, पाल्पा चिदीपानीका केशर बहादुर थापाले यसपालीको दशै र तिहारमा गाउँ वरपर चर्के पिङ देख्न पाएनन् । सानो छँदा काठको चर्के, वनकसी खरको लिंगे पिङ...

खेलकुद

पश्चिमाञ्चल-टि-ट्वान्टी-च्याम्पियन्स-ट्रोफि-को-तयारीमा-तिब्रताविजयकुमार बौडेल पाल्पा, १४ असोज-  मदनपाेखराकाे दमकडामा पश्चिमाञ्चल टि ट्वान्टी च्याम्पियन्स ट्रफी २०१६ को तयारी तिब्र पारिएकाे छ । ...
दमकडा-क्रिकेट-लिग-२०७३-को-कार्यतालिका-सार्वजनिकविजयकुमार बौडेल, ०१ भाद्र पाल्पा – दमकडा क्रिकेट लिग २०७३ को कार्यतालिका सार्वजनिक भएको छ । दमकडा क्रिकेट क्लबले बर्षेनी दशैंको बेला आयोजना गर्न लागेको यो...
दमकडा-क्रिकेट-लिगको-छैटौँ-संस्करण-सम्पन्नपाल्पा, कार्तिक १६– दमकडा क्रिकेट क्लव मदनपोखराले आयोजना गरेको छैटौँ दमकडा क्रिकेट लिगको उपाधी तानसेन क्रिकेट क्लवले चुमेको छ । प्रतियोगिताका विजेता...