जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार
सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि
जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ
  • जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

    जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

  • सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

    सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

  • जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ

    जिल्लाकाे काम अब हामी जनप्रतिनिधिले अघि बढाउछाैँ

स्थानीय गतिविधी

जिल्ला-समन्वय-समिति-नौ-सदस्यीय-बन्नेपाल्पा, साउन ९– जिल्ला समन्वय समिति पाल्पा ९ सदस्यीय हुने भएको छ । पाल्पा जिल्लाका २ नगर कार्यपालिका र ८ गाउँ कार्यपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष सदस्य रहेको जिल्ला सभाको पहिलो बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको छ । जिल्ला सभाका जेष्ठ सदस्य तानसेन नगर कार्यपालिकाका...
तानसेनसहित-पाल्पाका-जनप्रतिनिधिले-काम-थालेपाल्पा, असार २०– पाल्पाको जिल्ला सदरमुकाम तानसेनसहित १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले पदभार सम्हाल्न सुरु गरेका छन् । तानसेन, रामपुर नगरपालिका प्रमुख\उपप्रमुख र ८ वटा गाउँपालिकाका अध्यक्ष\उपाध्यक्षहरुले सपथग्रहणसँगै पदभार ग्रहण गरेका हुन् । जिल्लाका ८१ वटा वडाका वडाअध्यक्ष, वडासदस्यहरु गरी ४ सय २५...
तीन-महिनामा-सोह्र-हजारले-स्वास्थ्य-विमा-गरेपाल्पा, वैशाख १– स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने संख्या पाल्पामा आशा गरेभन्दा राम्रो देखिएको छ । सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य विमा कार्यक्रमबाट ५० हजार रुपैँयाको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि विमा गराउनेको संख्या बढेको छ । पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले...
वडाअध्यक्ष-छनौटका-लागि-दलहरु-सक्रियपाल्पा, चैत्र ३१– स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न राजनीतिक दलका नेताहरू तल्ला कमिटीका बैठक र भेलाहरुमा पुगेका छन् । राजनीतिक दलहरूले उमेदवार छनौटको सिफारिश गर्न तल्ला कमिटीहरुलाई जिम्मेवारी दिएकाले नेताहरु गाउँ र टोलका बैठकसम्म पुगेका हुन् । दलहरुले उमेदवारको मापदण्ड बनाए तापनि राजनीतिक योगदान...
पाल्पामा-चुनावी-लहर-बढ्याेपाल्पा, चैत्र ३० – आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, सामाजिक व्यक्तित्व, संचारकर्मीलगायतले निर्वाचनको वातावरण बढाउन सघाएका छन् । राजनीतिक दलका कार्यकर्ता गाउँ शहरदेखि...

सामुदायिक रेडियो मदनपोखराले सोह्रौँ वार्षिकोत्सव मनायो

पाल्पा, चैत्र २३– सामुदायिक रेडियो मदनपोखरा (सारेम) पाल्पाले तीन दिने विविध कार्यक्रमका साथ आफ्नो १६ औं वार्षिकोत्सव मनाएको छ ।


रेडियो घर मदनपोखरामा आज आयोजित समारोहमा प्रमुख अतिथि सभासद् सोमप्रसाद पाण्डेयले सूचना र प्रविधिले संसारलाई एउटा घरका रुपमा विकसित गरेको र नागरिकहरु सूचनाका माध्यमबाट सशक्त बनेको बताउनुभयो । उहाँले सञ्चारको तागत बुझेरै मदनपोखरेली जनताले सामुदायिक रेडियो स्थापना गरेको स्मरण गर्नुभयो । सभासद् पाण्डेयले अग्रगमन र जनताको पक्षमा संविधान बनाउन आफूहरु सक्रिय रहेको जानकारी दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले सामुदायिक रेडियो मदनपोखरा दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो भएको र यो सञ्चारको धरहरा बनेको बताउनुभयो । उहाँले चन्दा संकलन, मुष्ठीदानबाट बाँचेको यस रेडियो किशोरावस्थामा आउँदा चुनौतिहरु थपिएको बताउदै समयानुकुल आफ्नो बाटो तय गरेर हिंड्नुपर्ने बताउनुभयो । जिल्ला विकास समिति पाल्पाका निमित्त स्थानीय विकास अधिकारी भीमार्जुन पाण्डेयले मदनपोखराका जनताको अथक मेहनत, परिश्रम र बुद्धि विवेकबाट बाँचेको यो रेडियोलाई जनताले आफ्नै प्यारो साथी ठानिरहेको बताउनुभयो । उहाँले सुशासन, जवाफदेहीता र विकास निर्माणका क्षेत्रमा स्थानीय सरकारलाई सघाइरहेको यस रेडियोलाई सरकारले छुट्टै किसिमले हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।


सामुदायिक रेडियो मदनपोखरा पाल्पाका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले करिव ३३ लाख रुपैँया बराबरको आयव्यय विवरण प्रस्तुत गर्दै समावेशी र जनमुखी कार्यक्रमका माध्यमबाट रेडियो जनताका बीच लोकप्रिय बन्न सफल भएको बताउनुभयो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैै अर्यालले सरकार सामुदायिक रेडियोप्रति उदार छैन भन्नुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्माले सामुदायिक रेडियो मदनपोखराले नागरिक हक सुरक्षा गर्न सदैव लागि परेको तर राज्यले यस्ता रेडियो सञ्चालनको स्थितिमा कुनै सहयोग नगरेको बताउनुभयो । उहाँले रेडियोहरु राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार फुक्ने होडमा रहेका बेला मदनपोखरा स्थानीय र ग्रामीण जनताको गतिविधिमा केन्द्रीत हुनु प्रशंसनीय पक्ष हो भन्नुभयो । पत्रकार शर्माले देशमा लोकतन्त्र स्थापनाका लागि लडेका रेडियोले आज राज्यको सम्मान पाउन नसकेको बताउनुभयो । रेडियो सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले समुदायमा आधारित भएर सञ्चालित यस रेडियोलाई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सबैका लागि सधैका लागि यो रेडियोको ढोका खुला रहेको बताउनुभयो ।


कार्यक्रममा युनाईटेड मिसन अस्पतालका कार्यकारी निर्देशक रचेल कारख, लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेल, तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराइ, सारेम सञ्चालक समितिका संस्थापक अध्यक्ष यमप्रसाद पाण्डे, मदनपोखरा गाउँ विकास समितिका सचिव जीतबहादुर सिलवाल, पुरस्कृत व्यक्तिहरु सेमन्तमणि खराल, श्रीधरप्रसाद घिमिरे, यशपाल शाक्य, त्रिभुवन बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख युवराज पौड्याल, माण्डब्य बहुमुखी क्यापसका क्याम्पस प्रमुख माधवप्रसाद पाठक, शारदा उच्च माध्यमिक विद्यालयका प्राचार्य केशवराज अर्याल, महिला नेतृ ज्ञानु आत्रेय, उद्यमी भीमबहादुर श्रेष्ठ, कृषक ध्रुव भण्डारीलगायत रेडियोलाई सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै सञ्चालक समितिका सदस्य गुणाकर अर्यालले यो रेडियोमा धेरैको श्रम र पसिना मिसिएको बताउनुभयो ।


सामुदायिक रेडियो मदनपोखरा पाल्पाले प्रत्येक वर्ष प्रकासन गर्दै आएको बोली समारोहमै वरिष्ठ पत्रकार मेघराज शर्माल विमोचन गर्नुभएको थियो । रेडियोमा स्थापित लोक संस्कृति पुरस्कार खानीगाउँ ६ दैलातुङ्ग निवासी सेमन्तमणि खराल र मदनपोखरा ६ निवासी श्रीधरप्रसाद घिमिरेलाई प्रदान गरिएको छ । यसै गरी शिक्षा पुरस्कारबाट तानसेन ४ टक्सारटोल निवासी यशपाल शाक्य पुरस्कृत हुनुभएको छ । पुरस्कृत व्यक्तिहरुलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सारेमले आयोजना गरेको म्याराथन दौडका विजेताहरुलाई पनि अर्वाड र प्रमाणपत्र प्रदान कार्यक्रममा प्रदान गरिएको छ ।

म्याराथन दौडमा पुरुषतर्फ गोठादी २ पाल्पाका शेर बहादुर सारु प्रथम, मदनपोखरा पाल्पाका सन्दीप भण्डारी द्वतीय र कसेनी पाल्पाका विकास भट्टराइ तृतीय भएका छन् । महिलातर्फ चिदीपानी पाल्पाकी सुमित्रा गाहा प्रथम, चिदीपानी पाल्पाकै यमु गाहा द्वतीय र र कसेनी पाल्पाकी राधा राना तृतीय हुनुभएको थियो । मदनपोखरा लोकताराको उपाधी फोसिङ्गकोटका बसन्त गाहा र झडेवा पाल्पाकी यशोदा कार्कीले प्राप्त गर्नुभएको छ । कार्यक्रम सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीको अध्यक्षतामा चलेको थियो ।


सारेमले चैत्र २१ गते आमा समूह स्तरीय वक्तृत्वकला प्रतियोगिता, चैत्र २२ गते सारेम म्याराथन दौड र मदनपोखरा लोकतारा फाइनल कार्यक्रमसमेत गरेको थियो । २०५५ सालमा इजाजत पत्र प्राप्त गरी २०५६ साल चैत्र २३ गतेदेखि प्रसारण आरम्भ गरेको यो रेडियो नेपालमै नमूना सामुदायिक रेडियो मानिन्छ ।

मदनपोखरा हालचाल

दाहाल-दोस्रोपटक-प्रधानमन्त्री-निर्वाचितश्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित हुनु भएकाे छ । प्रधानमन्त्रीका लागि अाज संसदमा भएको...
समावेशी-तस्वीर२८ असार, काठमाडाैँ -  सम्भवतः संसारमा कुनै पनि मुलुकको तस्वीर यति इन्द्रेणी हुँदैन होला । नेपालको यस्ताे समावेशी अनुहार विश्वमा देखाउन लायक भएको छ...
सरकारको-नीति-तथा-कार्यक्रम-प्रस्तुत२६ बैशाख, २०७३ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।   संसदको अाज बसेकाे बैठकमा...

अन्तर्राष्ट्रिय

काठमाडौं-घोषणापत्र-जारी-गर्दै-सार्क-शिखर-सम्मेलन-सम्पन्नकाठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।   काठमाडौं...
मोदी-र-सरिफलाई-मलालाको-निम्तोलण्डन, आश्विन २६ - सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पाकिस्तानकी मलाला युसुफजाईले बालअधिकारका लागि भारतका कैलाश सत्यार्थीसँग यस...
भारतमा-भाजपाको-बहुमत,मोदी-प्रधानमन्त्री-बन्दैनयाँदिल्ली, जेष्ठ ३ - भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी भाजपाले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न...

स्वास्थ्य

प्रभास-ताल-दुर्गन्धित,-स्थानीय-निकाय-बेखबरपुष ३, पाल्पा – लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले अस्पतालबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न नसक्दा प्रभास ताल र वरिपरिको वातावरण प्रदुशित बन्दै गएको छ...
एचआइभी\एड्सले संक्रमित र संक्रमितका परिवारलाई मात्र होइन, सिंगो समाजलाई प्रभावित पारेको कुरालाई नकार्न सकिदैन । प्रायले भन्छन्, एड्स शब्द र एचआइभी सर्ने...
इलामको बरबोटेमा झाडापखालाका कारण एक जनाको ज्यान गएको छ । ५ जना विरामी परेका छन् । बरबोटेमा दुइदिनदेखि झाडापाखाको प्रकोप देखिएको स्थानीय डिकबहादुर नोगुले...

साहित्य

तरङ्गको-सातौँ-सिर्जनशील-साहित्य-शिविर-अर्गलीमा-सम्पन्नपाल्पा, २० वैशाख – तरङ्ग साहित्यिक संगम मदनपोखराले आयोजना गरेको २ दिने सिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ । रुरुक्षेत्र रिडी र अर्गलीमा आयोजित...
साहित्यकार-ज्ञवालीद्वारा-समय-स्पर्शको-विमोचनपाल्पा, माघ २५– कवि टंक पन्थद्वारा लिखित ‘समय स्पर्श’ कविता संग्रहको प्रगतिशील साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले विमोचन गर्नुभएको छ । धवल...

समाज

ज्यानमारा-तानसेन-बुटवल-सडकपाल्पा । सिद्धार्थ राजमार्ग तानसेन बुटवल र बर्तुङ राम्दी खण्ड तथा तानसेन तम्घास सडक पाल्पा जिल्लामा कालोपत्रे भएका सडक हुन् । यी सडकमा भएका दुर्घटनाबाट दश...
भगवती-टोलको-होराइजन-होम-स्टे-नेपालमै-स्तरीयमाघ २६, पाल्पा– तानसेन नगरपालिका वडा नं. ८ भगवती टोलमा संचालित होराईजन होम स्टे नेपालमै स्तरीय होम स्टे को मान्यता पाउन सफल भएको छ । अमेरीकामा केन्द्रीय...
गाउँगाउँमा-चर्के-पिङ-हरायो,-मौलिकता-गुम्योकात्तिक ८, पाल्पा चिदीपानीका केशर बहादुर थापाले यसपालीको दशै र तिहारमा गाउँ वरपर चर्के पिङ देख्न पाएनन् । सानो छँदा काठको चर्के, वनकसी खरको लिंगे पिङ...

खेलकुद

सराई-बि-र-वंशगोपाल-संगै-दमकडा-फुटबल-क्लब-र-सराई-ए-सेमिफाईनलमा-प्रवेशविजयकुमार बौडेल पाल्पा, २९ असोज – दमकडा फुटबल क्लबले आयोजना गरेको दोश्रो भ्याली कप फुटबल प्रतियोगिता २०७४ को क्वाटरफाईनल अन्तरगतको आजको खेलबाट सराई...
भ्याली-कप-२०७४-को-आजको-खेलमा-डाँडाडुम-र-केराबारी-बिजयीविजयकुमार बौडेल पाल्पा, २७ असोज - दमकडा फुटबल क्लबले आयोजना गरेको दोश्रो भ्याली कप फुटबल प्रतियोगिता २०७४ को आजको खेलमा डाँडाडुम फुटबल क्लब र केराबारी...
पश्चिमाञ्चल-टि-20-च्याम्पियन्स-ट्रफि-2017-सुरु-हुँदैविजयकुमार बौडेल, १६ भाद्र पाल्पा –  पश्चिमाञ्चल टि-20 च्याम्पियन्स ट्रफि 2017 को कार्यतालिका सार्वजनिक भएको छ । दमकडा क्रिकेट क्लबले बर्षेनी...