जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार
पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ
सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि
  • जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

    जिर्णाेद्वार हुँदै प्रेमकाे प्रतिक रानीघाट दरबार

  • पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ

    पहिरो रोक्न सिद्धबाबामा ‘रकनेट’ प्रविधी परीक्षण गरिदैँ

  • सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

    सिंहदरबारकाे अधिकार बाेकेर अाएर जनप्रतिनिधि

स्थानीय गतिविधी

तानसेनसहित-पाल्पाका-जनप्रतिनिधिले-काम-थालेपाल्पा, असार २०– पाल्पाको जिल्ला सदरमुकाम तानसेनसहित १० वटा स्थानीय तहका जनप्रतिनिधिहरुले पदभार सम्हाल्न सुरु गरेका छन् । तानसेन, रामपुर नगरपालिका प्रमुख\उपप्रमुख र ८ वटा गाउँपालिकाका अध्यक्ष\उपाध्यक्षहरुले सपथग्रहणसँगै पदभार ग्रहण गरेका हुन् । जिल्लाका ८१ वटा वडाका वडाअध्यक्ष, वडासदस्यहरु गरी ४ सय २५...
तीन-महिनामा-सोह्र-हजारले-स्वास्थ्य-विमा-गरेपाल्पा, वैशाख १– स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने संख्या पाल्पामा आशा गरेभन्दा राम्रो देखिएको छ । सरकारले २ हजार ५ सय रुपैँयाको स्वास्थ्य विमा कार्यक्रमबाट ५० हजार रुपैँयाको उपचार खर्च दिने अभियान गाउँगाउँसम्म लगेपछि विमा गराउनेको संख्या बढेको छ । पाल्पामा ३ महिनाको अवधिमा १६ हजार व्यक्तिले...
वडाअध्यक्ष-छनौटका-लागि-दलहरु-सक्रियपाल्पा, चैत्र ३१– स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न राजनीतिक दलका नेताहरू तल्ला कमिटीका बैठक र भेलाहरुमा पुगेका छन् । राजनीतिक दलहरूले उमेदवार छनौटको सिफारिश गर्न तल्ला कमिटीहरुलाई जिम्मेवारी दिएकाले नेताहरु गाउँ र टोलका बैठकसम्म पुगेका हुन् । दलहरुले उमेदवारको मापदण्ड बनाए तापनि राजनीतिक योगदान...
पाल्पामा-चुनावी-लहर-बढ्याेपाल्पा, चैत्र ३० – आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, सामाजिक व्यक्तित्व, संचारकर्मीलगायतले निर्वाचनको वातावरण बढाउन सघाएका छन् । राजनीतिक दलका कार्यकर्ता गाउँ शहरदेखि...
सैनिक-दिवसका-अवसरमा-पाल्पामा-विविध-कार्यक्रमपाल्पा, १३ फागुन – सेना दिवसका अवसरमा चण्डीप्रसाद गण पाल्पाले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।   गणले तानसेन टुँडिखेलमा रक्तदान कार्यक्रम गरेको छ । दमकडा माविमा अध्ययन गर्ने दृष्टिविहीनलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । दृष्टिविहीन विद्यार्थीहरुलार्य एक छाक भोजन गराएको छ । तानसेन...

एचआइभी संक्रमितहरूको जीवन र सञ्चार

एचआइभी\एड्सले संक्रमित र संक्रमितका परिवारलाई मात्र होइन, सिंगो समाजलाई प्रभावित पारेको कुरालाई नकार्न सकिदैन । प्रायले भन्छन्, एड्स शब्द र एचआइभी सर्ने कारणका बारेमा बहश धेरै भयो । तथ्यले यो कुरा भन्दैन अर्थात पुष्टी हुँदैन । एचआइभीको संक्रमितहरूको ठूलो हिस्सा यससम्बन्धि स्वास्थ्य शिक्षाको अभावमै एचआइभी भाइरस बोक्न बाध्य भएका हुन् । बैदेशिक रोजगारीका सिलसिलामा दोस्रो वा तेस्रो मुलुक प्रवेश गर्नेमार्फत नै एचआइभी नेपाल आएको छ वा नेपालीमा सरेको छ । पालुङमैनादीकी लक्ष्मी कुवँर २०६१ सालमा पहिलो पटक पाल्पामा सार्वजनिक भएकी संक्रमित महिला हुन् । उनी सक्रिय समाज नेपालको परामर्शपछि रेडियोबाट सार्वजनिक भइन् । उनलाई एचआइभी संक्रमित भनेर खुलाउने काम सामुदायिक रेडियो मदनपोखराले गरेको हो । झडेवा देउगीरका सूर्य रतन त्यसपछि खुलेका एचआइभी संक्रमित हुन् । लक्ष्मी कुँवरको श्रीमान् पैसा कमाउन भारत गएका थिए, जो अज्ञानतावश एचआइभी बोकेर स्वदेश फर्किए । संक्रमित रामबहादुर कुँवरको एड्स भएरै मृत्यु भयो । कुँवरसँगको वैवाहिक सम्बन्ध र सुरक्षित यौन सम्पर्कको अभावमा लक्ष्मी संक्रमित हुन पुगेकी थिइन् । रतन काठमाडौँमा रोजगारी गर्न गएका बखत यौन व्यवसायीसँग असुरक्षित यौन सम्पर्कका माध्यमबाट यो जटिल अवस्थामा आइपुगेका हुन्, जुन तत्य दुबैले विना हिच्किचाहट सार्वजनिक समारोहमा भन्दै आएका छन् । रेडियोमा पहिलोपटक त्यसमा पनि एचआइभी लागेको छ भनेर बोल्दा उनीहरूमा कम्तिको थर्थरावट थिएन । बोलीमा स्वभाविक नरमपन थियो नै, त्यसमा पनि भित्रभित्र डरको प्याला थियो । हुन त रेडियोको माइक्रोफोन अगाडि बसेपछि कस्ताकस्ता भाषणबाज त असिनपसिन हुन्छन्, यीनीहरू नतमस्तक हुनुलाई सामान्य नै मान्नुपर्ला । जब लक्ष्मी र रतत रेडियोमा बोलेर बाहिर निस्किए, उनीहरूको विचारको प्रवाह तरङ्गभन्दा छिटो फैलिरहेको थियो । यतिका वर्षसम्म कुनै छन्दगन्ध नपाएका छिमेकीले घर फर्किदा थप कुरा सोध्न लालायित देखिए । तब उनीहरूलाई हेक्का भयो, ‘एचआइभी एड्स आमचासोको विषय हो ।’ एचआइभीसँगै बाँचेका अन्य कतिपय व्यक्तिहरू आफै रेडियोमा बोलेर, मञ्चमा भाषण गरेर, गोष्ठीमा अनुभूति सुनाएर सार्वजनिक भइरहेका छन् । सार्वजनिक हुँदा समाजले गर्ने नकारात्मक व्यवहारको डरले खुल्न नसकेका व्यक्तिहरू यस जिल्लामै सयभन्दा बढी छन् ।
कुनै बेला एड्स शब्द सुन्नासाथ बिरामीको नजिक जान डराउने र संक्रमितलाई घृणा गर्नेहरू गाउँका अनपढ तथा निरक्षर मानिस मात्र थिएनन्, स्वास्थ्य विज्ञान पढेर रोगीलाई पुनर्जीवन दिन बसेका स्वास्थ्यकर्मी पनि थिए । समयक्रममा तिनको मानसिकता र व्यवहार फेरिएको छ । संक्रमित स्वयम् सञ्चारकर्मी वा पत्रकार देख्दा तर्सिन्थे । संक्रमितलाई भेटेर समाचार बनाउन कठीन प्रायः थियो । गोप्य स्रोतका आधारमा भेट गर्नुपर्ने, भेटका बारेमा सार्वजनिक नगर्ने शर्तमा कुराकानी गर्ने स्थिति थियो । एचआइभी सर्नुका कारण र स्वास्थ्य समस्या बताउन संक्रमितहरूले आनाकानी गर्दथे, त्यसको पछाडी पत्रकारले रोगको बर्को खोलिदिन्छ भन्ने डर उनीहरूको अनुहारमा झल्किन्थ्यो । कहिलेकाहीँ सूचना अधुरो हुन्थ्यो, कहिलेकाहीँ सूचना उदाङ्गो हुन्थ्यो । सूचना अधिकार खोज्दा गोपनीयताको अधिकारमाथि हनन हुन्थ्यो, गोपनीयताको हकलाई सुरक्षित राख्न खोज्दा सूचना दिन सकिदैनथ्यो । समाजका सबैभन्दा पढालेखा र बुद्धिजीवी कहलाइएका व्यक्तिले पनि संक्रमितलाई तृच्छ दृष्टिले हेदर्थे । एड्स भएको भनेर सार्वजनिक हुँदा उनीहरूलाई सामाजिकरण हुन होइन, अपमानित हुन विवश गराउँदथ्यो । प्रसारित सञ्चार सामाग्रीले संक्रमितलाई थप पीडा दिन्थ्यो । कतिले घृणा गर्ने अवसर पाउँथे । एचआइभीलाई प्रायः सबैले डरलाग्दो, प्राणघातक रोग भनेर भन्थे, मेडिकल साइन्सका उपाधी लिएका चिकित्सक पनि यस्तै भन्थे । जीवनभर निको हुँदैन भन्ने बुझाई थियो । नराम्रो काम गरेर आएकालाई यो रोग लाग्छ भनेर आम मानिसले एचआइभी संक्रमितलाई हेला गर्दथे । संक्रमितहरू खुल्न र सार्वजनिक हुन चाहदैनथे । संक्रमितको स्वास्थ्य जाँच गर्ने र औषधी दिनेहरू पनि लुकेरै सेवा दिन्थे । सञ्चार यस्तो चिज रहेछ जसलाई भविष्य प्रभावी बनाउनु आवश्यक रहेछ ।
मूलतः अशक्त, विपन्न, उत्पीडित, उपेक्षितहरूको पक्षमा स्वर प्रवाह गर्दै आएको सामुदायिक रेडियो मदनपोखराको एक कार्यक्रम उत्पादनका हैसियतले यस स्तम्भकारले यस्ता अनगिन्ति अनुभूति अनुभूत गरेको छ । संविधानले सबै नागरिकलाई समान ठानेको छ । तर संविधानका प्रयोगकर्ता सर्वसाधारण नागरिक मात्रले होइन, संविधानका पालक तथा रक्षकले अरू रोगी र एड्स रोगीमा भिन्नता गरेको देखिन्छ । एड्स रोग लाग्ने त मान्छे नै होइनन् कि जस्तो वचन र व्यवहार गरिन्छ । यतिखेर पाल्पा जिल्लामा एचआइभी÷एड्स भएकाहरूको संख्या २ सय नाघेको स्थिति छ । संक्रमितको तथ्यांक सार्वजनिक हुँदा संख्या बढिरहेको जस्तो लाग्छ तर यो संख्या बढेको नभएर संक्रमितहरू खुलेर बाहिर आएका हुन् । गरिबी, चेतनाको अभाव, अशिक्षा र बेरोजगारी समस्याका कारण एचआइभी संक्रमण न्यूनिकरण हुन सकिरहेको छैन । परिवारको जीवन निर्वाहका लागि रोजगारीको खोजीमा घरबाहिर गएका, वैदेशिक रोजगारीमा गएका र आप्रवासीहरूले संक्रमण बोकेर स्वदेश फर्कनेहरू यो तथ्यांकको घेरोभित्र परेका छन् । पैसा कमाउन गएका युवायुवतीले एचआइभीलाई लिएर फर्कन बाध्य भएका छन् । श्रीमान् वा श्रीमती संक्रमित भएको थाहा नपाउँदा ती दम्पतीका छोराछोरी पनि संक्रमित बनिराखेका छन् । अहिले २७ जना बालबालिकाले बाबुआमाको त्यो हेलचक्रयाईबाट उब्जेको परिस्थितिसँग सामना गरिरहेका छन् । कति एड्सको चरणमा पुगिसकेका छन् भने कति संक्रमणको चरणमा छन् । अवसरवादी रोगले आक्रमण गरेर हैरान भएका बालबालिका धेरै छन् । संक्रमित बालबालिकालाई हेरचाह, सन्तुलित आहार, अवसरवादी रोगको उपचार, नियमित स्वास्थ्य जाँच, एआरवी औषधीको प्रयोगको खाँचो टड्कारो देखिन्छ ।
ठूला मान्छेले आफ्ना समस्या कहिँ कतै बताएर रगत परीक्षण गर्न र स्वास्थ्य जाँच गर्न पुग्दछन् । तर स–साना बालबालिकालाई न संक्रमणको अनुमान छ न त नियमित परीक्षण गर्नुपर्छ भन्ने जानकारी छ । विद्यालय, गाउँटोल र समाजमा हुने भेदभावको व्यवहार र हेयभावपछि ति बालबालिकाले आफूलाई लागेको रोगको बारेमा जानकारी पाउने अवस्थामा पुग्दछन् । आमाबाबुले पनि छोराछोरीलाई भेदभावपूर्ण व्यवहार नहोस् भनेर रोगका बारेमा भन्दैनन् तर शारीरिक समस्या बढ्न थालेपछि मात्र रगत जाँच गर्न लैजान्छन् । असुरक्षित यौन सम्पर्कका कारण एचआइभी सर्छ । हुन त संक्रमितको रगत लिदा, संक्रमितले प्रयोग गरेको सुई प्रयोग गर्दा र संक्रमित आमा गर्भवती हुँदा एचआइभी सरेको हुन सक्छ । आमाबाबु संक्रमित हुनाको कारण जे जस्तो व्यवहार भए तापनि बच्चा त निर्दोष नै छन् । संक्रमित बालबालिका जस्तै प्रभावित बालबालिकाको समस्या अर्को खालको छ । अभिभावक गुमाउनु, काम गर्न नसक्ने अवस्थामा पुगेका अभिभावकबाट बालबालिकाले के अपेक्षा गर्नु, उल्टो संक्रमित अभिभावकलाई सहयोग गर्नुपर्ने आवश्यकता छ । यस्तै पीडा खेपेका, हेला पाएका, तिरस्कार र दुव्र्यवहार सहेका बालबालिकालाई देखाएर केही गैरसरकारी संस्थाले पुनस्र्थापनसम्बन्धि राम्रो कार्यक्रम ल्याएका छन् । केहीले एड्स कमाइ खाने एजेन्डा बनाए, केहीले पालिने आधार बनाउँदैछन् । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा इमान्दारीपूर्वक काम गर्नेले अपजसबाहेक केही पाउन सकेनन्, रिर्पोट मात्र राम्रो बनाउनेहरूले जसैजस मात्र पाउने स्थिति पैदा भएको छ ।
एक दशक यता समाजमा एचआइभी संक्रमण र संक्रमितलाई गर्ने व्यवहारमा परिवर्तन आएको छ । सञ्चार माध्यमले संक्रमितसँग कुराकानी गरेर समाचार बनाएका छन् । संक्रमितको स्वास्थ्य समस्या, सेवासुविधा र सहयोगका बारेमा अन्तरङ्ग कुराकानी प्रसारण गरेका छन् । हिजोआज समाजमा एड्स रोग आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दासँग जोडिएर छलफल हुन थालेको छ । यो अवस्था ल्याउन सामुदायिक सञ्चार त्यसमा पनि रेडियोले खेलेको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । सामुदायिक सञ्चारले संक्रमितहरू हुन सक्दा रहेछन् भन्ने दृष्टान्त लक्ष्मी कुँवर, सूर्य रतनलगायत देखिन्छ । एचआइभी विशुद्ध रोग मात्र नभएर संक्रमितको जीवनसँग जोडिएको विषय हो । एड्सबाट आज कोही पन्छिन सक्ने अवस्था छैन । प्रजनन् स्वास्थ्य, सचेतना कार्यक्रम, स्वास्थ्य शिक्षा सँगसँगै नल्याउने हो र सबै नागरिक सर्तक नहुने हो भने यसले पूरा गाउँलाई पिरोल्न केही बेर लाग्दैन । असल सञ्चार कर्मद्वारा समाजमा एचआइभी एड्सलाई बुझाउन जरुरी छ । सरोकारवाला, अधिकारकर्मी, सञ्चारकर्मी, राजनीतिकर्मी सबैले एचआइभी\एड्सको व्यक्तिगत, पारिवारिक र सामाजिक असरलाई आत्मसाथ गरेर न्यूनिकरणको बाटो लिन सके विगतको पुनरावृति हुने थिएन ।

मदनपोखरा हालचाल

दाहाल-दोस्रोपटक-प्रधानमन्त्री-निर्वाचितश्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित हुनु भएकाे छ । प्रधानमन्त्रीका लागि अाज संसदमा भएको...
समावेशी-तस्वीर२८ असार, काठमाडाैँ -  सम्भवतः संसारमा कुनै पनि मुलुकको तस्वीर यति इन्द्रेणी हुँदैन होला । नेपालको यस्ताे समावेशी अनुहार विश्वमा देखाउन लायक भएको छ...
सरकारको-नीति-तथा-कार्यक्रम-प्रस्तुत२६ बैशाख, २०७३ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।   संसदको अाज बसेकाे बैठकमा...

अन्तर्राष्ट्रिय

काठमाडौं-घोषणापत्र-जारी-गर्दै-सार्क-शिखर-सम्मेलन-सम्पन्नकाठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।   काठमाडौं...
मोदी-र-सरिफलाई-मलालाको-निम्तोलण्डन, आश्विन २६ - सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पाकिस्तानकी मलाला युसुफजाईले बालअधिकारका लागि भारतका कैलाश सत्यार्थीसँग यस...
भारतमा-भाजपाको-बहुमत,मोदी-प्रधानमन्त्री-बन्दैनयाँदिल्ली, जेष्ठ ३ - भारतमा १६ औं लोकसभा निर्वाचनमा प्रस्ट बहुमतका साथ विजयी भारतीय जनता पार्टी भाजपाले सरकारको नेतृत्व लिने भएको छ । पाँच दिनअघि सम्पन्न...

स्वास्थ्य

प्रभास-ताल-दुर्गन्धित,-स्थानीय-निकाय-बेखबरपुष ३, पाल्पा – लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले अस्पतालबाट निस्कने फोहरलाई व्यवस्थापन गर्न नसक्दा प्रभास ताल र वरिपरिको वातावरण प्रदुशित बन्दै गएको छ...
एचआइभी\एड्सले संक्रमित र संक्रमितका परिवारलाई मात्र होइन, सिंगो समाजलाई प्रभावित पारेको कुरालाई नकार्न सकिदैन । प्रायले भन्छन्, एड्स शब्द र एचआइभी सर्ने...
इलामको बरबोटेमा झाडापखालाका कारण एक जनाको ज्यान गएको छ । ५ जना विरामी परेका छन् । बरबोटेमा दुइदिनदेखि झाडापाखाको प्रकोप देखिएको स्थानीय डिकबहादुर नोगुले...

साहित्य

तरङ्गको-सातौँ-सिर्जनशील-साहित्य-शिविर-अर्गलीमा-सम्पन्नपाल्पा, २० वैशाख – तरङ्ग साहित्यिक संगम मदनपोखराले आयोजना गरेको २ दिने सिर्जनशील साहित्य शिविर सम्पन्न भएको छ । रुरुक्षेत्र रिडी र अर्गलीमा आयोजित...
साहित्यकार-ज्ञवालीद्वारा-समय-स्पर्शको-विमोचनपाल्पा, माघ २५– कवि टंक पन्थद्वारा लिखित ‘समय स्पर्श’ कविता संग्रहको प्रगतिशील साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीले विमोचन गर्नुभएको छ । धवल...

समाज

ज्यानमारा-तानसेन-बुटवल-सडकपाल्पा । सिद्धार्थ राजमार्ग तानसेन बुटवल र बर्तुङ राम्दी खण्ड तथा तानसेन तम्घास सडक पाल्पा जिल्लामा कालोपत्रे भएका सडक हुन् । यी सडकमा भएका दुर्घटनाबाट दश...
भगवती-टोलको-होराइजन-होम-स्टे-नेपालमै-स्तरीयमाघ २६, पाल्पा– तानसेन नगरपालिका वडा नं. ८ भगवती टोलमा संचालित होराईजन होम स्टे नेपालमै स्तरीय होम स्टे को मान्यता पाउन सफल भएको छ । अमेरीकामा केन्द्रीय...
गाउँगाउँमा-चर्के-पिङ-हरायो,-मौलिकता-गुम्योकात्तिक ८, पाल्पा चिदीपानीका केशर बहादुर थापाले यसपालीको दशै र तिहारमा गाउँ वरपर चर्के पिङ देख्न पाएनन् । सानो छँदा काठको चर्के, वनकसी खरको लिंगे पिङ...

खेलकुद

पश्चिमाञ्चल-टि-ट्वान्टी-च्याम्पियन्स-ट्रोफि-को-तयारीमा-तिब्रताविजयकुमार बौडेल पाल्पा, १४ असोज-  मदनपाेखराकाे दमकडामा पश्चिमाञ्चल टि ट्वान्टी च्याम्पियन्स ट्रफी २०१६ को तयारी तिब्र पारिएकाे छ । ...
दमकडा-क्रिकेट-लिग-२०७३-को-कार्यतालिका-सार्वजनिकविजयकुमार बौडेल, ०१ भाद्र पाल्पा – दमकडा क्रिकेट लिग २०७३ को कार्यतालिका सार्वजनिक भएको छ । दमकडा क्रिकेट क्लबले बर्षेनी दशैंको बेला आयोजना गर्न लागेको यो...
दमकडा-क्रिकेट-लिगको-छैटौँ-संस्करण-सम्पन्नपाल्पा, कार्तिक १६– दमकडा क्रिकेट क्लव मदनपोखराले आयोजना गरेको छैटौँ दमकडा क्रिकेट लिगको उपाधी तानसेन क्रिकेट क्लवले चुमेको छ । प्रतियोगिताका विजेता...