कौडेलेकमा जडिबुटी विस्तार गरिदैँ

पाल्पा, असार २६– जिल्ला वन कार्यालय पाल्पाले कौडेलेक सामुदायिक वन कसेनी ३ मा चिराइतो, लौठसल्ला, तेजपातलगायतका जडिबुटी विकासको कार्यक्रम सञ्चालन गरेको छ ।


पाल्पा जिल्लाको अग्लो स्थानमा रहेको कौडेलेकमा पाइने जटिबुटी र वन्यजन्तुको संरक्षण र विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको जिल्ला वन अधिकृत दधिलाल कडेंलले बताउनुभयो । जिल्ला वन कार्यालयले २०७१ सालमा सामुदायिक वन हस्तान्तरण गरी यस क्षेत्रमा जडिबुटी विकासका कार्यक्रम सञ्चालन गरेको हो । कौडेलेक सामुदायिक वनमा हाल ५० लाख जति चिराइतो, ७ हजार सुगन्धवाल, १ हजार लौठसल्ला र २ हजार तेजपातका विरुवा रोपण गरिएको छ । वनमा चिराइतोको नर्सरी समेत स्थापना गरिएको छ । कौडेलेक सामुदायिक वनलाई उत्कृष्ठ बनका रुपमा आजै प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले प्रथम पुरस्कार प्रदान गर्नुभयो ।


कौडेलेक तथा जडिबुटी विकास कार्यक्रमको अवलोकनपछि पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले पाल्पाको सगरमाथाका रुपमा परिचित कौडेलेक पर्यापर्यटनका लागि महत्वपूर्ण गन्तव्य स्थल बन्न सक्ने बताउनुभयो । जिल्ला विकास समिति पाल्पाका पूर्व सभापति झपेन्द्र जीसीले राष्ट्रिय पंक्षी डाँफेले फूल पार्ने र बच्चा हुर्काउने यो स्थल औषधीको भण्डार रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति देवराज ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष तुल्सीराम बस्याल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, अखण्ड पार्टीका अध्यक्ष दिनेश रावल, जिल्ला भू–संरक्षण अधिकृत लोकनाथ सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष मुना रायमाझी, दोभान सामुदायिक वन समन्वय समितिका महासचिव दलबहादुर गुरुङ्गलगायतले कौडेलेक जैविक विविधताले धनी र पर्यटकीय स्थल रहेको बताउनुभयो ।


ओलेसमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दा तथा सिद्ध प्राथमिक विद्यालयका प्रधानाध्यापक कृष्ण रानाले ओलेसबासीले बिजुली, खानेपानी र मोटरबाटोको समस्या भोगेको जानकारी गराउनुभयो । ओलेसबासीलाई गाउँका काठका पोल दिने, बोक्न र गाड्न लगाउने पछि काठका पोलमा विद्युत विस्तार हुँदैन भनेर सरकारी निकायले नै दुःख दिने प्रवृति रहेको बताउनुभयो । रेन्जर यमलाल पोखरेलले सञ्चालन गरेको कार्यक्रम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रनबहादुर घर्तीको अध्यक्षतामा चलेको थियो ।


कौडेलेक समुद्री सतहबाट १८४३ मीटर उचाईमा अवस्थित छ । पाल्पाका अग्ला लेकहरु मध्येको एक कौडेलेक पर्यापर्यटनका लागि महत्वपूर्ण स्थल हो ।

लिची बेचेर साढे दुई लाख आम्दानी

मदनपोखरा, २१ असार – मदनपोखराका ७ का कृषक प्रेमराज पंगेनीले यस वर्ष लिची बेचेर साढे २ लाख रुपैंया आम्दानी गर्न सफल हुनुभएको छ । मदनपोखरा – ७ मा रहेको १० रोपनी बारीमा रहेका ५०\६० वोटमा फलेका लिची बिक्री गर्दा साढे २ लाख रुपैँया आम्दानी भएको पंगेनीले बताउनुभयो । मुलुकले समृद्धिको परिकल्पना गरेका बेला साना किसानको यस्ता अभियान पनि अनुकरणात्मक बन्ने छन् ।


तीस वत्तिस सालतिर तानसेनको बसपार्कमा बेच्न राखेका १० वेर्ना ल्याउनुभएका मदनपोखराका प्रेमराज पंगेनीको बारीमा फल दिने लिचीका ५०÷६० वोट छन् । उष्णप्रदेश अर्थात अलिअलि गर्मी हुने भेगमा राम्रो फल्ने लिचीले बेलगैराको यो बारी राम्रो सुबेको छ । फुटकरमा ५० रुपैंया किलोसम्म बिक्री गर्नुभएका पंगेनीले यस वर्ष लिचीबाट साढे २ लाख कमाउन सफल हुनुभयो ।
वर्षमा १०्\१५ दिनको मेहनतले यतिको कमाई खान पाउनु कृषकका लागि खुशीको कुरा हो । एक वोटमा दुई तीन वटा मकैका घोंगा हाल्ने बारी मासेर लिची रोप्यो भनेर त्यो बेला धेरैले खिसी गरे, आम्दानी नलिदासम्म आफैलाई पनि ठिक गरे कि बेठिक भन्नेमा दोधार मन भयो । जब वोट बढ्दै र फल लाग्दै गए, पंगेनीका सुखका दिन आए ।


प्रेमराज पंगेनीको बारीमा वेदाना, देहरादून, देहरादून रेड, कलकत्तिया, मुजफ्फपुर रातो जस्तो थुप्रै लिचीका प्रजातीहरु छन् । लिचीलाई अरु बालीमा झैं धाइरहन र परिश्रम गर्न नपर्ने रहेछ । मकै, कोदो, गहुँलगाएर पर्ता नपर्ने, तरकारीमा बढि मेहनत गर्नुपर्ने हुनाले लिची जस्ता फलफूल लगाउन उचित हुने उहाँको निष्कर्ष छ । शिक्षण सेवाबाट निवृत्त पंगेनीले लिचीबाट आउने आम्दानीलाई पेन्सन मान्नुहुन्छ ।


आफ्नै सोच र प्रविधिमा एउटा सामान्य किसानले सानो लगानीमा लिचीमा गरेको यो प्रयोग साँच्चै प्रेरणादायी छ । मकै लगाउने र तोरी छर्ने किसानहरुले पनि पंगेनी बगैंचामा पुगेपछि बारीभरि लिची रोप्ने सपना देख्न थालेका छन् । देशले समृद्धि र आत्मनिर्भरताको बाटो समातेपछि पंगेनी जस्ता किसानलाई कृषिमार्फत उत्साहजनक परिणाम दिन सकिन्छ भन्ने आत्मविश्वास जागेको छ ।

 

पाल्पामा वृक्षारोपण अभियान सुरु

पाल्पा, २० असार – वन महोत्सव २०७३ का अवसरमा जिल्ला वन कार्यालयले वृक्षारोपण कार्य आरम्भ गरेको छ ।


पाल्पा जिल्लामा ४ लाखभन्दा बढी बिरुवा रोप्ने गरी महोत्सव सुरु भएको जिल्ला वन कार्यालयले जनाएको छ । ‘सम्वृद्धिका लागि वन, सबैका लागि वन’ भन्ने नाराका साथ वृक्षारोपण अभियान पाल्पा जिल्लाभर सुरु भएको जिल्ला वन अधिकृत दधिलाल कँडेलले बताउनुभयो । यस वर्ष जिल्ला वन कार्यालय, सामुदायिक वन उभोक्ता समूह र कवुलियति वन समूहले वृक्षरोपण सुरु गरेका हुन् । करिव ५० प्रतिशत बिरुवा निजी तथा सामुदायिक वनमा लगेर रोपिने वन कार्यालयले जनाएको छ । जिल्ला वन अधिकृत क“डेलका अनुसार वृक्षसुधार, जडीबुटी विकास, राष्ट्रपति चुरे संरक्षण, बहुसरोकारवाला वन कार्यक्रम मार्फत् जिल्लाका विभिन्न स्थानमा बिरुवाको नर्सरी राखिएको थियो ।

 

कवुलियति वन समूहले मित्यालको Σयाल्टुङ्डा“डा र ठिमुरेमा २० हजार विरुवा उत्पादन गरेको छ । वन कार्यालयले उत्पादन भएको बिरुवाको माग संकलन गरेर बितरण गर्ने गर्छ । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले तानसेन नगरपालिका – १० धु्रुवघाटस्थित सशस्त्र प्रहरी बल गुल्म परिसरमा वृक्षारोपण गरेर वन महोत्सव सुरुवात भएको घोषणा गर्नुभयो । उहाँले साना बिरुवा रोपेर हरियाली प्रवद्र्धन र वातावरण संरक्षणको काम गर्नमा सघाउ पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘रुख बिरुवा हुर्काउन सबैको सहयोग जरुरी छ । जसले गर्दा पानीका मुहान वृद्धि र वातावरणमा सहयोग पुगोस् भन्ने चाहान्छौं ।’ सशस्त्र प्रहरी बल गुल्मका प्रमुख देवराज अर्यालले अघिल्लो वर्षदेखि धु्रवघाटमा बस्न सुरुवात गरेको जमिनमा यसवर्ष वृक्षारोपण गरेपछि अर्को वर्ष हरियाली बन्ने बताउनुभयो ।

नेपाली सेनाले पनि तानसेन नगरपालिकाको टुँडिखेल क्षेत्रमा धमाधम दुवो रोपण गरेको छ । सामुदायिक तथा कवुलियती वन विकास कार्यक्रमबाट २० हजार, वृक्षसुधार, वृक्षारोपण तथा निजी वन कार्यक्रमबाट १ लाख, जडिबुटी विकास कार्यक्रमबाट ८० हजार, बहुसरोकारवाला वन कार्यक्रम, राष्ट्रपति चुरे तराई मधेश संरक्षण र तराई भू परिधि कार्यक्रमबाट १ लाख ६० हजार विरुवा रोपण गर्ने वन कार्यालयको लक्ष्य रहेको छ ।


ताहूँको रम्भापानी क्षेत्रमा सदियौँ वर्षदेखि रहेको वेतबाँसलाई संरक्षण र विस्तारका लागि यस वर्ष विशेष कार्यक्रम राखिएको वन कार्यालयले जनाएको छ । रम्भापानीमा हाल वेतबाँसको एउटा मात्र गाँज रहेको र यो प्रजाति संकटपूर्ण अवस्थामा पुगेको छ । वनले यस वर्ष नारायण माध्यमिक विद्यालय ठिमुरे, लक्ष्मी उच्च माध्यमिक विद्यालय तानसेन र सिद्धि उच्च माध्यमिक विद्यालयमा स्कुल वन हरियाली कार्यक्रमसमेत चलाएको छ । तानसेनको श्रीनगर वन क्षेत्रभित्र रहेका सामुदायिक वनको कार्ययोजनामा सल्लो प्रजाति हटाई चौडापाते प्रजातिमा रुपान्तरण गर्ने भने तापनि यो कार्य अघि बढ्न नसकेको जिल्ला वन अधिकृत दधिलाल कडेंलले जानकारी दिनुभयो । अम्रिसो र दालचिनीको विस्तारले स्थानीय समुदायको आयआर्जनमा वृद्धि गरेको वन कार्यालयको दावी छ ।

बराङदीमा नक्सासहितको लालपूर्जा वितरण

जेठ ३१, पाल्पा– बराङदी गाउँ विकास समितिका जग्गाधनीहरुले कित्ता नक्सासहितको लालपूर्जा प्राप्त गरेका छन् ।


विशेष नापी कार्यालय पाल्पाले डिजिटल प्रविधिबाट तयार गरेको नक्सासहितको जग्गाधनी प्रमाणपूर्जा आज बराङदीमा वितरण गरेको हो । नयाँ नापीपछि बराङदीमा ८ सय ५० हेक्टर जमिन मध्ये ७ सय १० हेक्टर आवादी, ३६ हेक्टर सरकारी, १६ हेक्टर सार्वजनिक र ८६ हेक्टर वन क्षेत्र देखिएको छ । आवादी भएको करिव ७ सय १० हेक्टर जमिन २ हजार ८ सय ३९ कित्तामा विभाजित गरी ७ सय २० जनालाई नयाँ लालपूर्जा प्रदान गरिएको विशेष नापी कार्यालयका प्रमुख गंगालाल पोखरेलले जानकारी दिनुभयो । जमिन र लालपूर्जाको श्रेस्ता नमिले १ सय २० दिनभित्र निवेदन दिनुपर्ने अन्यथा साविकको श्रेस्ता खारेज भई नयाँ लागू हुने कार्यालयले जनाएको छ । नयाँ लालपूर्जा वितरणले वास्तविक भोगको पूर्जा पाउनु, कित्तासहितको नक्सा पाउनु र सामान्य लेखपढ गरेका व्यक्तिले लम्वाई चौडाई निकाल्न सक्ने अवस्था सिर्जना भएको नापी टोली प्रमुख पवित्रा कार्कीले जानकारी दिनुभयो ।


भूमिसुधार तथा व्यवस्था मन्त्रालयले यसअघि दाम, पैसा, आना, रोपनीमा छुट्टयाइएको जग्गालाई नयाँ लालपूर्जामा वर्गमिटरमा देखाइएको छ । वर्गमिटर जग्गा नाप्ने आधुनिक इकाई हो । १ दाम जग्गामा १ दशमलव ९९ वर्गमिटर र १ रोपनी जग्गामा ५ सय ८ दशमलव ७४ वर्गमिटर हुन्छ । सरकारले २०२१ सालदेखि २०५१ सालसम्म पहिलो चरणको नापी गरेको थियो । त्यतिबेला जग्गाको वैज्ञानिक हदबन्दी कायम गर्न प्रयोग गरिएको प्रविधि भूमिको कारोवार हुन थालेपछि सम्पत्तिको मूल्याकंनमा समस्या देखिएकाले नयाँ नापनक्सा गरिएको छ ।


आधुनिक प्रविधिमा आधारित लालपूर्जा वितरण गर्दै नापी विभागका महानिर्देशक कृष्ण राज बिसीले यो डिजिटल प्रविधिमा आधारित भएर नापनक्सा गरिएको लालपूर्जा किर्ते हुने, च्यातिने, मसि सुक्ने आदि समस्याबाट मुक्त भएको बताउनुभयो । पुरानो नापनक्सामा विभिन्न समस्या देखिएर भूमि प्रशासन चलाउन कठीन भएको सन्दर्भ उल्लेख गर्दै महानिर्देशक बिसीले अब जनता आफैले घरमै बसिबसी आफ्नो जग्गा चिन्न सक्ने छन् भन्नुभयो । महानिर्देशक बिसीले सार्वजनिक जग्गा संरक्षणका लागि नापीले नक्सा, मालपोतले श्रेस्ता संरक्षणको जिम्मेवारी लिएको, स्थानीय प्रशासन र स्थानीय निकायले स्थलगत स्थिति रेखदेख गर्ने अधिकार प्राप्त गरेको बताउनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम, नेपाली काँग्रेसका थानेश्वर तिमिल्सेना, नेकपा एमालेका अध्यक्ष देवि प्रसाद बस्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तेजप्रसाद पाण्डेय, स्थानी विकास अधिकारी कृष्ण प्रसाद पाण्डे, निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष गणेश बस्याल, प्रमुख मालपोत अधिकृत नवराज बराल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्याल, गाविस सचिव नारायण आचार्य, गणेश बस्याललगायले डिजिटल प्रविधिको नापीपछि गाउँमा सन्धिसर्पण सम्बन्धि विवाद कम हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम लेखनाथ अर्यालको सञ्चालन र प्रमुख नापी अधिकृत गंगालाल पोखरेलको अध्यक्षतामा चलेको थियो ।

पानी वितरण गर्न समिति असक्षम भएको भन्दै विरोध प्रदर्शन

जेठ २१, तानसेन – तानसेन खानेपानी उपभोक्ता समितिलाई असक्षम भन्दै उपभोक्ताहरुले विरोध जुलुस निकालेका छन् ।


तानसेनका टोलटोलमा जम्मा भएर आएका उपभोक्ताहरुले नारा जुलुससहित पानीको समस्या चुलि“दै गएकाले उपभोक्ता समितिको विरोधमा उत्रनु परेको बताएका छन् । सडकमा ओर्लिएका उपभोक्ताहरुले खानेपानी योजना सरकारलाई नै फिर्ता गर्नुपर्ने नारा लगाएका थिए । खानेपानी उपभोक्ता समितिले पानी बितरण प्रणली सुधार गर्न नसकेको, पानीको स्रोत नथपेको र खानेपानीमा सुशासन कायम गर्न नसेकोको बताएका थिए । रित्ता ग्यालिन, बोतल, गाग्री लिएर सडकमा ओर्लिएका महिलाहरुले पानी खान दिनुपर्ने माग गरेका छन् ।


स्वः स्फूर्त रुपमा उत्रिएका उपभोक्ताले तानसेनको विशाल बजारबाट ¥याली सुरु गरेर टक्सार, शीतलपाटी, असनटोल, भीमसेनटोल, आन्दोलन चोक हुदैँ हुलाक चोकमा आएर समापन कार्यक्रम गरेका थिए । पानीको समस्या चुलिदै जाँदा उपभोक्ता समिति चुप बसेको स्थानीय बासिन्दाको आरोप छ । उपभोक्ताले यस अघि नै हस्ताक्षर संकलन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाईसकेका छन् ।


उपभोक्ताको अगुवा गरेका सुर्यबहादुर बोहोराका अनुसार खानेपानी समितिले पानीको स्रोत थप्न नसक्ने, कुनै पनि काम गर्न नसक्ने, धारा बितरण गर्ने तर पानी व्यवस्थापन गर्न नसकेकाले बिरोधमा उत्रनु परेको बताउनुभयो । तानसेनमा कुनै टोलमा १५ दिनमा एक पटक मात्र धारामा आधा÷एक घण्टा पानी आउ“छ । कुनै टोलमा दैनिक पानी छाडेकोसमेत गुनासो आएको उपभोक्ताले बताएका छन् ।


उपभोक्ता समितिले भने तानसेनमा दैनिक १९ लाख लिटर खानेपानी अपुग भएको जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले तानसेनमा २५ लाख लिटर खानेपानीको माग रहेको बताउनुभयो । उहाँले अहिले पम्पिङ् प्रणालीबाट ६ लाख लिटर मात्रै पिउने पानीको आपूर्ति भएको र पम्पिङ गरेर ल्याएको पानी पनि चुहावट हुँदा समस्या थपिएको बताउनुभयो । नेपाल सरकारले तानसेन खानेपानी योजना २०६८ सालमा उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो ।