पाल्पामा चुनावी लहर बढ्याे

पाल्पा, चैत्र ३० आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा चुनावी सरगर्मी बढ्दै गएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, सामाजिक व्यक्तित्व, संचारकर्मीलगायतले निर्वाचनको वातावरण बढाउन सघाएका छन् । राजनीतिक दलका कार्यकर्ता गाउँ शहरदेखि सामाजिक सञ्जालमा भोट माग्दै अभियान सञ्चालन गरिरहेका छन् ।

 

पार्टीमा नयाँ सदस्य प्रवेश गराएको कुरालाई महत्व दिएर फेसबुकमा लेखेका छन् । गाउँमा भेला, गोष्ठी, छलफल, कार्यकर्ता प्रवेशका कार्यक्रम भइरहेका छन् । चुनावको मिति नजिकिएसँगै उम्मेद्वारी दाबी गर्ने पनि बढ्दै गएका छन् ।आठ गाउँपालिका र दुई नगरपालिका रहेको पाल्पामा  गाउँ, नगर र वडामा उम्मेद्वारी घोषणा गर्नेहरु धेरै छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, जनमुक्ति, जनमोर्चा लगायतका दलहरू यतिखेर प्रचारप्रसारमा अगाडि छन् ।

 

दलको तयारी

नेपाली कांग्रेसले पार्टीमा योगदान गरेका र नागरिकसँग लोकप्रिय उम्मेद्वारलाई प्राथमिकता दिने जिल्ला सभापति वीरबहादुर रानाले जानकारी दिनुभयो । गाउँ जागरण अभियान सुरु गरेको कांग्रेसले ग्रामीण क्षेत्रमा पनि कार्यकर्ता भेटघाट थालेको छ । नेकपा एमालेले संगठन कमिटीको नाममा पुनर्संरचित गाउँ तथा नगरमा संरचना बनाएको छ । हप्तादिनमा उम्मेद्वार चयन गर्ने बताएको एमालेले तोकेको मापदण्डअनुसार प्राथमिकता क्रम निर्धारण गरेर टिकट प्रदान गर्ने जिल्ला अध्यक्ष नारायण आचार्यले बताउनुभयो । नेकपा माओवादी केन्द्रले आन्तरिक प्रतिस्पर्धा र मनमुटाव बिना उम्मेद्वारको घोषणा अन्तिम अवस्थामा रहेको बताएको छ । सूची समय आएपछि निर्णय सार्वजनिक गर्ने माओवादी केन्द्रका संयोजक गीरबहादुर थापाले जानकारी दिनुभयो । पाल्पामा राप्रपा, राष्ट्रिय जनमुक्तिपार्टी, जनमोर्चा लगायत अन्य पार्टीले पनि उम्मेद्वारबारे छलफल भइरहेको बताएका छन् ।

एमाले पाल्पाले अध्यक्ष नारायणप्रसाद आचार्यको संयोजकत्वमा ८३ सदस्यीय स्थानीय तह चुनाव परिचालन कमिटी गठन गरेको छ । चुनाव परिचालन कमिटीमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु तथा १० वटै स्थानीय तहका पार्टी कमिटी सचिवहरु रहेका छन् ।कांग्रेस बैठकले पार्टी सभापति वीरबहादुर रानाको संयोकत्वमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख रहेको चुनाव परिचालन समिति गठन गरेको छ । २८ गते सबै गाउँपालिका र नगरपालिकाको केन्द्रमा सम्पर्क कार्यालय स्थापना गरेको छ । माओवादी केन्द्र उमेदवारको सूची लिएर अरुसँग तालमेलका लागि छलफल थालेको छ  ।

ककस्को चर्चा

राजनीतिक गतिविधिको केन्द्रमा रहेको सदरमुकाम तानसेन नगरपालिकामा सबैभन्दा धेरै आकांक्षी देखिएका छन् । बीस वर्षपछि निर्वाचन हुन लागेकाले गाउँपालिकामा पनि आकांक्षीहरु धेरै छन् ।

तानसेन नगरपालिका

  •        नेपाली कांग्रेस: अजयमान कर्माचार्य, सन्तोषलाल श्रेष्ठ, राजेन्द्र गोपाल सिंह, हिमालदत्त श्रेष्ठ, चकोरमान शाक्य
  •         नेकपा एमाले: अशोककुमार शाही, एकप्रसाद भण्डारी, डा. पुरन बज्राचार्य
  •         नेकपा माओवादी केन्द्र: नेत्रप्रसाद पाण्डेय, प्रेमसागर शाही, विन्दु रावल र नविन थापा ।
  •      राप्रपा: भीमसेन कार्की, चमेली देवी श्रेष्ठ, सदिशमान श्रेष्ठ, राधा रायमाझी, रेवन्त बहादुर बिष्ट
  •        राष्ट्रिय जनमुक्ति पार्टी: खुमबहादुर सिंजाली, बिष्णुमाया थापा ।

रामपुर नगरपालिका

  •         नेपाली कांग्रेस: रमण थापा, ज्ञानबहादुर गाहा, नेत्रप्रसाद भट्टराई, कृष्णप्रसाद अधिकारी ।
  •        नेकपा एमाले: राजुप्रसाद श्रेष्ठ, युवराज खनाल, बासुदेव देवकोटा ।
  •        नेकपा माओवादी केन्द्र: कमल भट्टराई, जितबहादुर थापा (हिरा) ।
  •        राप्रपा: शोभा केसी र ज्ञानबहादुर सिंजाली ।

निस्दी गाउँपालिका

  •          कांग्रेस: खामबहादुर सोमै र पूर्णबहादुर खाँड ।
  •          एमालेः मुक्तबहादुर सारु, देवीलाल लामिछाने
  •         माओवादी केन्द्रः बलु गैरे, नवलकुमार बयम्वु ।

पूर्वखोला गाउँपालिका

  •         कांग्रेस: कृष्ण पौडेल, झमन राजमगर र अनिरुद्र खनाल ।
  •          एमालेः नुनबहादुर थापा, राजेन्द्रलक्ष्मी गैरे
  •         माओवादी केन्द्रः प्रेम गैरे, भीमबहादुर सारु ।

रम्भा गाउँपालिका

  •          कांग्रेस: विष्णु थापा, विश्व अर्याल, विष्णु बमरेल
  •         एमालेः कालीदास श्रेष्ठ, विष्णु भण्डारी र उर्मिला शर्मा ।
  •          माओवादी केन्द्रः अर्जुनकुमार श्रेष्ठ, सुबी विकर कल्पना केसी ।

माथागढी गाउँपालिका

  •          कांग्रेस: सन्तोष थापा, रामेश्वर पन्थी
  •          एमालेः विमलप्रसाद काफ्ले र यमबहादुर चिदी ।
  •          माओवादी केन्द्रः हरि चौहान, नवल श्रेष्ठ, टीका काफ्ले
  •         राप्रपा: पदम राना, छकलाल चौहान, बेदकुमारी गाहा ।

बगनासकाली गाउँपालिका

  •         कांग्रेस: कृष्णप्रसाद बस्याल, सुनिता अधिकारी ।
  •          एमालेः देवीप्रसाद बस्याल, कमल पाण्डेय, मोहन थापा, हरि पाठक
  •          माओवादी केन्द्रः कृष्ण भुसाल, खुमबहादुर विक
  •         राप्रपा: बिष्णु पाण्डे, लक्ष्मण सिं राना ।

तिनाउ गाउँपालिका

  •         कांग्रेस: जुद्धबहादुर थापा, महेन्द्र पाण्डेय र लालबहादुर थापा ।
  •         एमालेः ओमबहादुर घर्ती मगर, लक्ष्मण थापा र दलबहादुर गुरुङ ।
  •          माओवादी केन्द्रः चक्रबहादुर थापा, राजेश श्रेष्ठ

रिब्दीकोट गाउँपालिका

  •          कांग्रेस: हिराधर आचार्य, गोविन्द आचार्य, गोविन्द पोखरेल
  •         एमालेः नारायणबहादुर जिसी, चिरञ्जीवि पोखरेल
  •          माओवादी केन्द्रः नविन वली, मिरा राना, आशिष दुधराज ।
  •          राप्रपा: भोजेन्द्रबहादुर कुँवर, नारायण बहादुर कुवर।

रैनादेवी छहरा गाउँपालिका

  •          कांग्रेस: रामबहादुर कार्की,बिष्णु पोखरेल, ओम प्रसाद पोखरेल
  •          एमालेः रामबहादुर राउत, झलक रायमाझी
  •          माओवादी केन्द्रः फर्स बहादुर खाम्चा, तुलाराम गरम्जा, राम बहादुर गरम्जा