सैनिक दिवसका अवसरमा पाल्पामा विविध कार्यक्रम

पाल्पा, १३ फागुन – सेना दिवसका अवसरमा चण्डीप्रसाद गण पाल्पाले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

 

गणले तानसेन टुँडिखेलमा रक्तदान कार्यक्रम गरेको छ । दमकडा माविमा अध्ययन गर्ने दृष्टिविहीनलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । दृष्टिविहीन विद्यार्थीहरुलार्य एक छाक भोजन गराएको छ ।


तानसेन टु“डिखेलमा आयोजित रक्तदान कार्यक्रममा नेपाली सेना, निजामती कर्मचारी गरी १६ पिन्ट रगत संकलन भएको चण्डीप्रसाद गणले जनाएको छ । संकलित रगत लुम्विनी मेडिकल कलेजमा रहेको ब्लड बैंकमा पठाइएको चण्डीप्रसाद गणका मेजर मनोज डंगोलले बताउनुभयो ।

 

सेनाले दमकडा माविमा अध्ययन गर्ने ३० जना दृष्टिविहिन विद्यार्थीलाई खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । गणपति दीर्घबहादुर चन्द, मेजर मनोज डंगोलले छात्रछात्राहरुलाई क्रिकेट खेल्नका लागि व्याट र स्टम्प हस्तान्तरण गर्नुभएको हो । खेलकुदमा रुचि राख्ने छात्रछात्राले विद्यालय परिसरमा क्रिकेट खेल्ने अभ्यास गरिहेका छन् ।