सारेमले अठारौँ वार्षिकोत्सव मनायो

पाल्पा, चैत्र २३ – सामुदायिक रेडियो मदनपोखरा पाल्पाले अठारौँ वार्षिकोत्सव तीन दिवसीय कार्यक्रमका साथ मनाएको छ ।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि उद्योग मन्त्री सोम प्रसाद पाण्डेयले लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, स्थानीय समुदायको चेतनास्तर अभिवृद्धिमा सामुदायिक रेडियो मदनपोखराले खेलको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । बोली वार्षिक पत्रिकाको विमोचन गर्दै मन्त्री पाण्डेयले राष्ट्रियता र आत्मनिर्भरताका विषयमा प्रकाशित सामग्रीहरु स्तरीय र पठनीय छन् भन्नुभयो । नेपाली सञ्चार क्षेत्रले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै आगामी दिनमा संविधानको कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । उद्योग मन्त्री पाण्डेयले बुटवल तानसेन सडक खण्डको स्तरोन्नती गरी चार लेनको बनाउने विषयमा सरकारले आवश्यक तयारी गरेको जानकारी दिनुभयो । उहाँले विकासका लागि सकारात्मक सोच र सामूहिक प्रयत्नको खाँचो औंल्याउनुभयो ।

कार्यक्रममा सारेमका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले संविधानको कार्यान्वयनमा सामुदायिक सञ्चार, नागरिकको समृद्धि देश विकास आधार भन्ने नीति अनुरुपको वार्षिक कार्ययोजना निर्माण गरी अघि बढेको बतउनुभयो । स्टेशन प्रबन्धक अर्यालले ४५ लाख ९ हजार २ सय ५२ रुपैँयाको आय व्यय विवरण प्रस्तुत गनुभयो । समारोहमा पाल्पाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने यम्घा ५ का दयाराज बस्याललाई शिक्षा पुरस्कार र लोक गायन तथा लोक संस्कृतिको संरक्षणमा सक्रिय मस्याम ६ का टेकलाल बराहलाई लोक संस्कृति प्रवद्र्धन पुरस्कार प्रदान गरिएको छ । यसै गरी सारेमका रेडियो प्रतिनिधिहरु मध्येबाट फोक्सिङकोटका एवतकुमार सारु र झडेवाका गजेन्द्र पन्थीलाई राम्रो रिपोर्टिङको प्रंससा गर्दै पुरस्कृत गरिएको छ । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले सामुदायिक रेडियो मदनपोखराले स्थानीय समुदायका विषयवस्तु र सामग्री प्रसारण गर्ने भएकाले पाल्पामा यो लोकप्रिय बनेको बताउनुभयो । राष्ट्रिय मिडियाको तुलनामा स्थानीय स्तरमा रहेको रेडियो मदनपोखराले दिने कार्यक्रम र समाचारले स्थानीय जनतालाई सचेत बनाएको छ भन्नुभयो । नेपाली काँग्रेसका जिल्ला सभापति बीरबहादुर रानाले संविधान निर्माणका बेलामा जस्तै संविधानको कार्यान्वयन र सामाजिक सद्भाव कायम गर्ने दिशामा सघाउन सञ्चार माध्यमलाई आग्रह गनुभयो । उहाँले जातिय विद्वेष बढाउने होइन, सामाजिक सद्भाव कायम राख्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका अध्यक्ष देविप्रसाद बस्यालले देशमा चौतर्फी आक्रमण भइरहेका बेला राष्ट्रियता र आत्मनिर्भता जस्तो गम्भीर विषयमा केन्द्रीत गरेर यो रेडियोले आफ्ना कार्यक्रम केन्द्रीत गरेकोमा बधाई ज्ञापन गर्नुभयो । उहाँले राष्ट्रिया, स्वाधिनता र संविधानको कार्यान्वयन नै राष्ट्रका साझा संकल्प बन्नुपर्छ भन्नुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका प्रेमसागर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेवन्त बहादुर विष्ट, राष्ट्रिय अखण्ड पार्टीका अध्यक्ष दिनेश रावल, स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डे, वरिष्ठ पत्रकार मेघराज शर्मा, सम्मानित व्यक्तित्व दयाराज बस्याल, टेकलाल बराह, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, माण्डव्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माधव प्रसाद पाठक, संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमराज न्यौपाने, शारदा उच्च माध्यमिक विद्यालयका प्राचार्य केशवराज अर्याल, महिला प्रतिनिधि विनिता लुइटेललगायतले शुभकामना व्यक्त गर्नुभयो ।

सामुदायिक रेडियो मदनपोखरा सञ्चालक समितिका उपाध्यक्ष गुणाकर अर्यालको स्वागत, कार्यक्रम उत्पादक यमुना सारुको सञ्चालन र अध्यक्ष झपेन्द्र जीसीको अध्यक्षतामा समारोह चलेको थियो । यसअघि सारेमले संस्कृति, संस्कार र शास्त्र विषयक अन्तक्र्रिया र राष्ट्रियता प्रवद्र्धनमा युवाको भूमिका विषयक गोलमेच कार्यक्रम सञ्चालन गरेको थियो ।