पारिजातको जिन्दगानी

 

 
Parijat नरेन्द्रराज प्रसाई

पारिजातका भनाइमा "कञ्चनजङ्घाका चिसा सासहरूले म्वाइँ खाएको पहाड दार्जिलीङ हो ।" भारतको पश्चिमबङ्गालस्थित दार्जिलिङमा पारिजातको जन्म भएको थियो । त्यहीँको लिङ्गिया चियाकमानमा संवत् १९९४ (सन् १९३७) सालको वैशाखमा (अनुमानित) पारिजात सामान्य परिवारमा जन्मेकी थिइन् । अनि यिनको वास्तविक नाउँ विष्णुकुमारी वाइबा हो । साथै त्यतिखेर यिनलाई लामाले प्रदान गरेको नाउँ छेकुडोल्मा हो । वाइबाको अर्थ यी तामाङ थिइन् । आफ्नो थरका विषयमा उनले भनेकी पनि थिइन् "म तामाङ पनि पिछडिएको जातबाट आएकी हुँ ।"
विष्णुकुमारी वाइबाले आफ्नो चेतना आफैँ भित्र परिपक्व हुन थालेपछि आफ्ना बाबुआमा तथा लामाले राखिदिएको नाउँलाई फेरेर आफूलाई पारिजात बनाएकी थिइन् । पारिजातकै कुरा गर्ने हो भने यिनले आफू काठमाडौं आएपछि मात्र पारिजातको फूल देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजात बोटबाट होइन झरेपछि भुइँ बाट टिपिन्छ भन्ने थाहा पाएर यिनले विष्णुकुमारी वाइबालाई पारिजातसँग साटेकी थिइन् । यसै विषयलाई लिएर यिनले फेरि पनि भनेकी थिइन्, "पारिजात नाउँका पछि रहेको ऐतिहासिक तथा पौराणिक अवधारणाबाट प्रभावित भएर राखेकी हुँ ।" यही पारिजातका नाउँबाट यिनको साहित्यिक व्यक्तित्व क्रमशःक्रमशः फैलिएर देशदेशान्तर पुग्यो । पारिजात यही नाउँबाट नेपाली भाषासाहित्यका संसारमा चिरञ्जीवी भइन् ।

पारिजातका बाबु दार्जिलिङनिवासी भए तापनि उनीहरूको पुख्र्यौली थलो सङ्खु