भानु द्विशतवार्षिकीका अवसरमा सिर्जना वाचन

असार २९, तानसेन – भानु द्विशतवार्षिकीका अवसरमा असार २९ गते आदिकवि भानुभक्त आचार्यको संझनामा सिर्जना वाचन तथा कृति बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।


भानु द्विशतबार्षिकी समिति तानसेन, पाल्पाको आयोजनामा धवल पुस्तकालयको पुस्तक पढ्ने दलानमा संचालित कार्यक्रममा जिल्लाका ४५ जना साहित्यकारहरुले भानुभक्त आदिकवि, नेपाली भाषा र समसामयिक विषयमा आ आफ्नो रचना वाचन गरेका थिए । कृषि विज्ञ तथा साहित्यकार शालग्राम अधिकारीद्वारा लिखित सम्झनाका लहरहरु नामक संस्मरण संग्रहकोसमेत कार्यक्रममा बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि व्यङ्ग निवन्धकार चोलेश्वर शर्माले साहित्यमा नेपाली माटोको बोली नभएका बेला भानुभक्तले नेपाली बोली दिएर ठूलो योगदान गरेको बताउनुभयो । वरिष्ठ साहित्यकार शर्माले भाषाका माध्यमबाट नेपाललाई एक बनाउन भानुभक्तको महत्वपूर्ण देनलाई भुलेर यो जात र त्यो जातको भनिनु दुर्भाग्य भएको धारणा व्यक्त गर्नुभयो । उहाँले अति राजनीतिका कारण हामी मानिस हैन ढुङ्गा भएको छौँ भन्नुभयो । कृतिको बिमोचन गर्दै शर्माले, अधिकारीको यो कृति आत्मसंस्मरण भावना भएका रचनाहरुको संगालो भएको र जीवन्त रहेको बताउनुभयो ।


त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशवराज शर्माले भानुभक्तका बारेमा रहेका जिज्ञासा र कौतुहलतालाई साहित्यकारहरुले मेटाइदिन सक्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि साहित्यकारलाई तात्कालिक परिस्थिति र समाजसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सहभागिहरुले भानुभक्त नेपाली साहित्यमा सबैभन्दा पढिएका व्यक्तित्वभित्र पर्ने र नेपाली भाषाको विस्तारमा महत्वपूर्ण योगदान दिने स्रष्टा भएको उल्लेख गरेका थिए । कार्यक्रममा साहित्यकारहरु टंक पन्थ, नारायण अधिकारी, इन्द्रा गहतराज, नेत्र न्यौपाने, सरोज काफ्ले, श्यामकृष्ण शर्मा, झपेन्द्र जीसी, लक्षिमा ज्ञवाली, आर वि निश्चल, भावना खनाल, चित्रवलीराम सुवाललगायतले रचना पाठ गरेका थिए ।


कार्यक्रममा साहित्यकार श्यामकृष्ण शर्माले आदिकवि भानुभक्तको र साहित्यकार रामप्रसाद अर्यालले कृतिकार अधिकारीको बारेमा प्रकाश पार्नुभएको थियो । त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक टंक प्रसाद भट्टराईले लेखकको जीवनाभूतिसँग सम्बन्धित कृतिले पाल्पा र सेरोफेरोको अवस्थालाई बुझ्न मद्दत गर्ने बताउनुभयो । पाल्पा साहित्य समाजका अध्यक्ष राजेन्द्रगोपाल सिंहले स्वागत गर्नुभएको कार्यक्रममा कृष्णकला भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । समितिका सदस्य शंकरप्रसार गैरको सञ्चालन र धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

मुनामदन धेरै बिक्ने पुस्तक

पाल्पा - सर्वाधिक बिक्री भएको नेपाली पुस्तक कुन हो ? पाल्पामा एक विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको हाजिरीजवाफको प्रश्न हो यो । सगरमाथा सदनका टोली नेताले पालोमा भने मुनामदन ' यो उत्तर नै सही ठहरियो । जवाफ धेरैले मिलाउन सक्ने रहेछन्, मुनामदन चर्चित थियो र सबैले पढ्ने पुस्तक पनि ।

 

 

 वार्षिकोत्सवबाट निस्केपछि जिज्ञासा उत्पन्न भयो, मुनामदन कति बिक्यो होला ? सहभागिहरुका बीचमा चर्चा चल्यो तर सो तथ्याक कसैलाइ थाहा रहेनछ । ।साझा प्रकाशनलाई सोधे यसको वास्तविक कुरा पत्ता हुनेछ भनेर निस्किए । सोधखोज गर्दा साझा प्रकाशनबाट पनि थाहा हुने रहेनछ । 'सुरुदेखिकै त पत्ता लगाउन निकै गाह्रो होला, १२ लाखभन्दा बढी बिकेको छ,' पछिल्ला वर्षहरूमा मुनामदन ' प्रकाशन गर्दै आएको साझाका सूचना, सञ्चार तथा सम्पर्क विभाग प्रमुख होम भट्टराईले भने ।पुरानो प्रकाशक रत्न पुस्तक भण्डारका गोविन्दप्रसाद श्रेष्ठ ५ देखि ८ लाख प्रति बिकेको अनुमान लगाउँछन् । साहित्यकार एवं अन्वेषक कमलमणि दीक्षित, लेखकहरू जगदीश घिमिरे र हरि अधिकारी पनि गोविन्दको अनुमानलाई सही मान्छन् । दीक्षितका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन ' पहिलो पटक १९९४ मा ५ सय प्रति छापिएको थियो । 'पहिलो पटक ब्रह्म शमशेरले छापिदिएका थिए,' दीक्षितले आफूसँग त्यसको प्रमाण भएको बताए । 'देवकोटाले त्यो कुरा लेखेको पत्र मसँग छ,' उनले भने । त्यसपछि मुनामदन ' नेपाली भाषा प्रकाशिनी समितिले प्रकाशन गरेको थियो । लोकपि्रय झ्याउरे शैलीमा लेखिएको यो खण्डकाव्य प्रकाशन भएको ७६ वर्ष पुगेको छ । 'एकचालीस लाख बिक्यो भनेर पत्याउन सकिँदैन, ६-७ लाखसम्म होला,' अधिकारी भन्छन् । 'नेपालका घाँस काट्ने महिलादेखि पढे-लेखेकासम्मले यो पढ्छन्,' घिमिरेले भने, 'तर, कति बिक्यो भन्न सकिन्नँ ।' सबभन्दा धेरै बिक्री भएको कृति मुनामदन हो भन्नेमा चाहिँ सबैको सहमति छ । घिमिरेका अनुसार पहिले यसको मूल्य एक-दुई पैसा थियो । 'मैले थाहा पाउँदा एक सुका मूल्य थियो,' उनले भने ।

 

महाकविका छोरा पद्मप्रसाद देवकोटा पनि ठ्याक्कै कति बिक्यो भन्न नसक्ने बताउँछन् । 'साझाले औसतमा वर्षको १७-१८ हजार रुपैयाँ रोयल्टी दिने गरेको छ,' उनले भने । साझाले साहित्यका पुस्तकलाई दिने गरेको अधिकतम रोयल्टी २० प्रतिशतको हिसाब लगाउने हो भने वर्षमा तीन हजार प्रति बिक्री भएको देखिन्छ । अहिले यसको मूल्य ३० रुपैयाँ छ ।मुनामदन ' पछि 'बसाइँ', 'गौरी', 'घुम्ने मेचमाथि अन्धो मान्छे', 'शिरीषको फूल' पनि बढी बिक्ने पुस्तक मानिन्छन् । पछिल्ला वर्षमा नेपालमा पुस्तकको बजार बढेको मानिन्छ । कति बिकेकालाई बेस्ट सेलर मान्ने भन्नेजस्ता नयाँ बहसले पुस्तक बजारमा प्रवेश पाएका छन् । बर्सेनि नयाँखाले पुस्तक मात्र होइन, प्रकाशक पनि थपिएका छन् । 'लेखकको त अहिले लिलाम बढाबढ छ । 'कसले कति बढी रोयल्टी दिएर लेखक तान्ने होड चलेको छ ।' एकजना बिक्रेताले भने, 'पाठक कम भएर के भो, लेखक त बढिरहेका छन् नि !'

घाइते राष्ट्र

भई बाङ्गो सुस्ता सरि करङ बायाँ करतिर ।
थियो कालापानी सरि उछिटिँदो कञ्चटनिर ।।
नदी भैmँ देखिन्छन् सबतिर निला डाम तनमा ।
भए होला कस्तो सकस बिचराको हृदयमा !

छ पल्टेको यौटा शरिर न कुनै वस्त्र तनमा ।
प¥यो चिन्नै गाह्रो मृत–जिवित एकान्त वनमा ।।
मुटू चल्दै गथ्र्यो गति अतिव धीमा ढुकढुक ।
खुल्यो को ह्वौ भन्दा स्वर मधुर — ‘नेपाल मुलुक ।’

म हुँ तिम्रै प्यारो—‘मुलुक यसरी खाडिन पुगेँ ।
ग¥यौ साह्रै हेला नजिक नबनी टाढिन पुगेँ ।।
बनायौ खोटो मोहर सरि यसै छाडिन पुगेँ ।
बनी टुक्राटुक्रा किन म यसरी बाँडिन पुगेँ ?

नमर्दै खाल्डोमा किन विवश भै गाडिन पुगेँ ?
डुबाएको पानीविच मृतक भैmँ ढाडिन पुगेँ ?
कुनै गल्ती छैनन् तर म अति नै ताडिन पुगँे ।
हितैषी भन्नेका कुटिल विधिले मारिन पुगँे ।।

म मर्दैछू तिम्रो परिचय कहाँ जान्छ म मरे ?
भनौला नेपाली अनि सगरमाथा पर सरे ।
म लुम्बीनीवासी कुन दिन भनौला निडर भै ?
बचाओ अस्तित्व स्मरण गर नामेट नहुँदै ।’

“बचाऔं लौ चाँडै अब समयमै भारत लगी ।
अवस्था यो देख्दा पनि किन भयौ मौन र सँगी ?”
सुनी यस्तो चर्चा व्यथित अति नै विह्वल हुँदै ।
‘नलैजाओ दिल्ली ब्ररु म मरुला’ भन्दछ रुँदै ।।

(काशीनाथ मिश्रित, बम्घा ८, गुल्मी)

बोली

नेपाली जनएकता बिथलियो, सद्भाव खल्बल्लियो ।
हाम्रो भूमि सिसा समान छ, कता के हुन्छ ? यो हल्लियो ।।
नेपाली पहिचान गौरव गुमे, कालोपनाले जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।१।।

ल्याए व्यर्थ र जातिवाद सुविधा, सेवा त्यतै घोप्टियो ।
मान्छे योग्य भएर काम नदिने, कस्तो अनौठा भयो ।।
यो आरक्षणले भविष्य कतिको, चौपट्ट पा¥यो जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।२।।

नेता या दलले अनेक तहका, गर्दै गए मन्परी ।
भाँडे देश मजाक भो र अहिले, भाँडै छ देशैभरी ।।
लाठीवाद छ, त्यो छ प्रेरित सधै, ऐले त्यसैले जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।३।।

हाम्रा सभ्य चरित्र, धर्म, हितका, संस्कार मेट्दै गए ।
ऐले राष्ट्रिय स्वाभिमान बलि भो, अर्पेर रेट्दै गए ।।
छन् निर्देशित अन्तबाट प्रभुको, आदेशले नै जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।४।।

छक्याए जनता सधै युग नयाँ, ल्याइन्छ भन्दै गए ।
नेता आफु धनी बने मुलुक यो, कङ्गाल पार्दै लए ।।
गर्दै छन् लुटपाट लुट्न छ सधै, जो लुट्छ त्यस्ले जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।५।।

बुन्छन् जाल अनेक बुन्न चतुरा, नौ जाल बुन्नेहरू ।
पत्यायौं यिनका कुरा र ठगियौं, यो देश बिग्य्रो अरु ।।
लाग्यौं व्यर्थ पछाडि बुद्धुहरुका, त्यो बुद्धुले नै जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।६।।

गद्दारी अति भैदियो जति गरे, बाचा अपूरै रहे ।
छट्टू, धूर्त र मूर्खले छटपटी, सद्धै बढाईरहे ।।
हामीले मुख खोल्न पर्छ नभए, गद्दारले नै जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं नबोले बित्यो ।।७।।

सीमाक्षेत्र मिचिन्छ दक्षिण दिशा, यो भूमि खुम्च्याइयो ।
सम्झौता गरिए, नदी पनि गए, उस्कै पछी लागियो ।।
सत्ता कातर बन्छ देश लुटिँदा, यस्तै प्रथाले जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं नबोले बित्यो ।।८।।


बोली हो युग दृष्टि, दिव्यपथ हो, प्रज्ञानको स्रोत हो ।
बोलीबाट छ शङ्खघोष–‘सबको, उत्थान’ यो ओत हो ।।
बोली हो प्रतिभा, कला, दिल छुने, सामथ्र्यले नै जित्यो ।
बोलीको उपयोग गर्न नचुकौं, बोलौं, नबोले बित्यो ।।९।।

नारद गौतम
बलेटक्सार —३ , गुल्मी

चट्टानहरू

 

(चट्टानहरू अग्लिए हिमाल बन्छन्
चट्टानहरू अग्लिए पहाड बन्छन्) २
चट्टानहरू गहिरिए
जीवनका सागरहरू बन्छन्
जीवनका नदीहरू बन्छन्
तर जीवनका सागरहरूले
जति खियाए पनि
चट्टानहरू खिइँदैनन्
तर जीवनका नदीहरूले
जति काटे पनि
चट्टानहरू काटिँदैनन्