नेपाललाई ब्याटिङको निम्तो, लोडसेडिङ नहुने

एसीसी ट्वान्टी–२० कप क्रिकेटको उपाधीका लागि नेपाल आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजेपछि हुनेछ ।

अफगानिस्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । आज नेपाली टोलीमा कुनै परिवर्तन छैन । युएईको बिरुद्ध खेलेको टीमलाई नै दोहोर्‍याउन लागिएको हो ।

फाइनल खेलको केहीवेरमै अनलाइनखबरले पूर्व कप्तान विनोद दासका साथमा लाइभ अपडेट गर्नेछ । एक दिवसीय मान्यता प्राप्त अफगानिस्तान पहिलो तीनवटै संकरणको विजेता हो भने घरेलु टोली नेपाल पहिलो पटक उपाधी नजिक पुगेको हो ।

आज जित हात पारे नेपालले सीसी ट्वान्टी–२० कपमा अफगानिस्तानको एकाधिकार मात्र तोड्ने छैन, यो वर्ष आफ्नो हातमा तीन ट्रफी पार्नेछ । नेपालले भदौंमा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ र असोजमा एसीसी ट्रफी एलिट जितेको थियो ।

त्रिकेटभर लोडसेडिङ नहुने

यसैवीच नेपाली दर्शकको क्रिकेट उत्साहलाई ध्यान दिंदै सरकारले आजको फाइनल खेल अबधिभर लोडसेडिङ नगर्ने भएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले खेल अबधिभर लोडसेडिङ नगर्न बिद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

बास्कोटाको निर्देशनपछि बिद्युत प्राधिकरणले मातहतका स्टेनशनहरुलाई लोडसेडिङ नगर्न नदिर्नेशन दिएको बताइएको छ । नेपाली दर्शकहरुले खेल लाइभ हेर्न पाउन भनेर यस्तो ब्यबस्था गरिएको बताइएको छ ।

सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

बुधबार सुनको मूल्य तोलामा ८ सय २ रुपैयाँ घटेको छ । नेपाली बजारमा बुधबार छापावाला सुन तोलाको ५६ हजार ४ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार यसको मूल्य ५६ हजार ८ सय ६ रुपैयाँ थियो ।

तेजावी सुनको मूल्य पनि बुधबार तोलाको ८ सय ३ रुपैयाँले घटेर ५५ हजार ७ सय ५३ रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन मंगलबार तोलाको ५६ हजार ५ सय ५६ रुपैयाँमा कारोबार भएको थियो ।

Gold_24नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार बुधबार बजारमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर एक हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेका कारण नेपाली बजारमा पनि त्यसको प्रभाव पारेको महासंघले बताएको छ ।