दमकडा क्रिकेट लिगको छैटौँ संस्करण सम्पन्न

पाल्पा, कार्तिक १६– दमकडा क्रिकेट क्लव मदनपोखराले आयोजना गरेको छैटौँ दमकडा क्रिकेट लिगको उपाधी तानसेन क्रिकेट क्लवले चुमेको छ ।


प्रतियोगिताका विजेता खेलाडी तथा क्लवलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै पाल्पाका स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डेले जिल्लामा क्रिकेटको राम्रो सम्भावना रहेको पुष्टी भएको बताउनुभयो । व्यक्तित्वको निर्माण, सामाजिक एकता र भाइचाराको सम्बन्ध बिस्तार गर्न सकिने भएकाले खेलको विकास र विस्तारका लागि जिल्ला विकास समितिको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्लेले ग्रामीण क्षेत्रमा समेत क्रिकेटको माग र रुची बढेकाले यसको विकासका लागि आफू लागि पर्ने प्रविवद्धता व्यक्त गर्नुभयो । क्रिकेट संघले दमकडा लिगलाई आधार बनाएर जिल्लास्तरीय खेलाडी छनौट गर्ने जनाएको छ ।


पाल्पाली क्रिकेट प्लेयर्सले दमकडा क्रिकेट क्लवलाई ४८ रनले पराजित गर्दै उपाधी चुमेको हो । पाल्पाली क्रिकेट प्लेयर्सले योसँगै पाँचौँ पटक उपाधी लैजान सफल भएको छ । टस जितेर पहिले व्याटिङ्ग रोजेको पाल्पालीले प्रारम्भिक व्याट्सम्यान अमित ज्ञवालीको ३२ र विशाल दर्नालको ३५ रनको मद्दतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनाउन सफल रह्यो । दमकडाको तर्फबाट संजय लुईटेल र अच्युत पाण्डेयले समान ३\३ विकेट लिन सफल भए । घरेलु मैदानमा २० ओभर खेल्दै दमकडा ८० रनमा समेटियो । पाल्पालीका रविन्द्र थापा, विनोद नेपाल र शिव भट्टराईले समान ३\३ विकेट लिए भने दमकडाका कप्तान नविन गैरेले २३ रन बनाएका थिए । खेलमा उत्कृष्ट व्याटिङ गर्ने पाल्पालीका विशाल दर्नाले म्यान अफ दी म्याच घोषित भए ।


प्रतियोगितामा वेष्ट व्याट्सम्यान रूपमा अमित ज्ञवाली, वेष्ट बलर विनोद नेपाल, वेष्ट क्याच र म्यान अफ दी सिरिजमा भुवन पाण्डेय चुनिन सफल भए । दमकडाका माधव न्यौपाने र संजय लुईटेलले इमर्जिङ प्लेयरका रूपमा पुरस्कृत भएका छन् । खेलाडीलाई उत्साह थप्न स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डे, नेपाली सेनाको चण्डी प्रसाद गणका प्रमुख दीर्घबहादुर चन्द्र, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिना, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक देवराज अर्याल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्ले, जिल्ला क्रिकेट संघका अध्यक्ष राजेश श्रेष्ठलगायतका व्यक्तिहरु मैदानमा पुगेका थिए ।


प्रतियोगितामा तानसेन, मिशन, गेझा, प्रभास, पिप्ले, मदनपोखरालगायतका टिमको सहभागिता रहेको खेल संयोजक आदित्य पाण्डेयले जानकारी दिनुभयो । क्रिकेट लिगको आयोजनाले ग्रामीण क्षेत्रमा रहेका खेलाडीहरुमा उत्साह थपिएको आयोजकले जनाएको छ । दमकडा क्रिकेट क्लवका अध्यक्ष सुरेन्द्र पाण्डेयको अध्यक्षतामा कार्यक्रम चलेको थियो । दमकडामा भएको फाइनल खेलको सामुदायिक रेडियो मदनपोखराले दिनभर प्रत्यक्ष प्रसारण गरेको थियो ।

अाज रातिदेखि ब्राजिलमा विश्वकप फूटबलको २० औं संस्करण शुरु हुँदै

काठमाडौं, जेठ २९ -विश्वकप फूटबलको २० औं संस्करण बिहीबार रातिदेखि ब्राजिलमा शुरु हुँदैछ ।पहिलो खेल राति पौने दुई बजे आयोजक ब्राजिल र क्रोसियाबीच साओपाउलोको एरिना डे रंगशालामा हुनेछ ।

ब्राजिल पाँच पटकको विजेता हो भने क्रोसियाले सन् १९९८ मा तेस्रो स्थान हासिल गरेको थियो । यी दुईबीच अहिलेसम्म दुई पटक भीडन्त भएकोमा एकपटक ब्राजिलले जितेको थियो भने अर्को खेल बराबरीमा सकिएको थियो ।

यसपटक पनि अघिल्लो संस्करणमा जस्तै ३२ टिमले प्रतिस्पर्धा गर्नेछन् । ३२ टिमलाई चार चार टिम रहने गरी आठ समूहमा बाँडिएको छ । आफ्नो समूहमा रहेका ३ वटा टिमसँग खेलिसकेपछि शीर्ष स्थानमा रहने २ टिम प्रिक्वाटर फाइनलमा पुुग्ने छन् । कुन कुन समूहमा कस्ता कस्ता टिम छन् त ?

५ पटकको विजेता ब्राजिल रहेको समूह ए

समूह ए मा पाँच पटकको विजेता आयोजक ब्राजिलसँगै क्रोएसिया, क्यामरुन र मेक्सिको छन् । सन् १९५८, १९६२,१९९४, १९७० र २००२ को विजेता ब्राजिल यो समूहको सबैभन्दा बलियो र यस पटक पनि उपाधिको दावेदार टीम हो । पहिलो विश्वकप देखिनै उसले खेल्दै आएको छ । अर्को टोली मेक्सिकोले १५ औं पटक विश्वकप खेल्दैछ । दुई पटक विश्वकप आयोजना समेत गरेको मेक्सिको बलियो टीम हुँदा हुँदै पनि अहिलेसम्म विश्वकपमा कुनै उपाधि जितेको छैन । अर्को देश क्रोएसिया हो । समुह एकै अफ्रिकी टीम क्यामरुन सातौं पटक विश्वकप खेल्दैछ । क्यामरुन यसअघि विश्वकपमा क्वार्टरफाईनल पुग्ने पहिलो अफ्रिकी टीम हो । सन् १९९० को विश्वकपमा क्यामरुन क्वार्टर फाईनलमा पुगेको थियो । त्यतिबेला अर्जेन्टिनालाई समूह चरणको खेलमा हराएर यो टीमले सनसनी मच्चाएको थियो ।

गत संस्करणको विजेता र उपविजेता एउटै समूहमा

समूह बीमा साविक विजेता स्पेन, उपविजेता नेदरल्याण्ड, चिली र अष्टे«लिया छन् । १९५० मा चौथो भएको स्पेन सन् २०१० मा पहिलो पटक फाईनल पुग्यो र उपाधि नै जित्यो । स्पेन कलात्मक खेल खेल्ने टीमका रुपमा चिनिन्छ । यस समूहमा रहेको नेदरल्याण्ड्स विश्वकप फूटबलको ईतिहासमा अभागी टीम भनेर पनि चिनिन्छ । तीन पटक फाईनल खेलेको नेदरल्याण्ड्स बलियो भएर पनि उपाधि विहीन छ । अघिल्लो संस्करणमा नेदरल्याण्ड्स फाईनलमा स्पेनसँग एक शून्यले पराजित भएको थियो । चिली पनि यो समूहको अर्को बलियो टीम हो । सन् १९६२ मा आपैmले आयोजना गरेको विश्वकपमा तेस्रो भएको चिलीले त्यो भन्दा माथिल्लो उपलब्धि हासिल गर्न सकेको छैन । उसले आठ पल्ट विश्वकप खेलिसकेको छ । एशियाबाट प्रतिनिधित्व गर्ने अष्ट्रेलिया यो समूहको अर्को टोली हो । यो टीमले चौथो पटक विश्वकप खेल्दैछ ।

एशियाली देश जापान सहज समूहमा

एशियाली देश जापानसहित कोलम्बिया, ग्रिस र आइभरी कोष्ट रहेको समूह सीलाई सहज समूह मानिएको छ । सन् १९९८ देखि लगातार पाँचौ पटक विश्वकप खेल्न लागेको जापानलाई यो समूहको सबैभन्दा बलियो टिम भने पनि फरक पर्दैन । जापान २ पटक प्रि क्वाटरफाइनलसम्म पुगेको छ ।  यस्तै पाँचौ पटक विश्वकप खेल्न लागेको कोलम्बिया सन् १९९० मा भने क्वाटरफाइनलसम्म पुगेको थियो । यस्तै यो समूहमा रहेको ग्रिस पनि तेस्रो पटक विश्वकप खेल्दै छ । उ अहिलेसम्म समूह चरणबाटै घर फर्किएको छ । सन् २००६ देखि लगातार तेश्रो पटक विश्वकप खेल्न लागेको आइभरीकोष्ट पनि यसअघिका दुवै संस्करणमा समूह चरणबाटै घर फर्किएको थियो ।

ग्रुप अफ डेथ समूह डी

समूह डीमा पहिलो विश्वकप विजेता उरुग्वे, ईङ्ल्याण्ड, ईटली र कोस्टारिका छन् । यो समूहमा तीन वटा विश्वविजेता टीम छन् । उरुग्वे सनु १९३० मा भएको पहिलो विश्वकप जित्ने टीम हो । पहिलो उपाधि जितेको २० वर्ष पछि उरुग्वेले सन् १९५० मा दोस्रो उपाधि जित्यो । अघिल्लो संस्करणमा उरुग्वे चौथो भएको थियो । अहिले पनि उरुग्वे उपाधिको दावेदार हो । यो समूहमा चार पटकको विजेता ईटली पनि छ । यसपटक पनि उपाधि जित्ने क्षमता राख्ने टीममा गनिएको ईटलीले सन् १९३४, १९३८, १९८२ र २००६ मा गरी चार पटक उपाधि जितेको छ ।  दुई पटक भने यो टीम फाईनलमा पराजित भयो ।  ईङ्ल्याण्ड पनि सन् १९६६ को विजेता हो र यसपटक पनि दावेदार मानिएको छ । त्यसपछि भने यो टीम सन् १९९० मा चौथो भएयता त्यो भन्दा माथि जान सकेको छैन् । कोस्टारिका यो समूहको सबैभन्दा कमजोर मानिएको छ । तर तीन पटक विश्वकप खेलेको अनुभव छ र सेन्ट्रल अमेरिकाको सबैभन्दा सफल टीम मानिएकोले यसले आफूलाई डार्क हर्सका रुपमा स्थापित गर्न सक्छ ।

९८ को विजेता फ्रान्स समूह ईमा

समूह ईमा भने सन् १९९८ को विश्वकप विजेता फ्रान्ससहित स्वीट्जरल्याण्ड, ईक्वेडर र होन्डुरस छन् । १४ औं चोटी विश्वकप खेल्न लागेको फ्रान्स २००६ मा सेमिफाइनलमा पुगेको थियो । स्वीट्जरल्याण्डले भने १० औं पटक विश्वकप खेल्दै छ । उ ३ पटक क्वाटर फाइनलमा पुगेपनि त्यसभन्दा अघि बढ्न सकेको छैन । तेस्रो पटक विश्वकप खेल्न लागेको ईक्वेडर भने सन् २००६ मा प्रिक्वाटर फाइनलमा पुगेको थियो । तेश्रो पटक विश्वकप खेल्न लागेको होन्डुरस भने समूह चरणबाट घर फर्कदै आएको छ ।

इशियाली देश इरान सहज समूहमा

समूह एफमा २ पटकका विश्वकप विजेता अर्जेन्टिनासहित इरान, नाइजेरिया र बोस्निया हर्जगोभिना छन् । लियोनेल मेसी, सर्जियो अगुरो, गोन्जालो हिगुईनलगायतका स्ट्राइकर रहेको अर्जेन्टिना विश्वकप उपाधिको दावेदार हो । १६ औं पटक विश्वकप खेल्न लागेको अर्जेन्टिना २ वटा प्रतियोगितामा उपविजेता बनेको छ । यस्तै यो समूहमा रहेको बोस्निया हर्जगोभिनाले पहिलो पटक विश्वकप खेल्न लागेको हो । सन् १९९२ अघि बोस्नियाँ हर्जगोभिनाका खेलाडीले युगोस्लाभियाबाट विश्वकप खेलेका थिए । चौथो पटक विश्वकप खेल्न लागेको एशियाली देश इरान भने अहिलेसम्म समूह चरणबाट अघि बढ्न सकेको छैन । यस्तै समूह एफमै रहेको अफ्रिकी देश नाइजेरियाको भने विश्वकपमा यो पाँचौ सहभागिता हो । नाइजेरिया यसअघि २ पटक प्रिक्वाटर फाइनलसम्म पुगेको छ ।

समूह जीमा जर्मनी

समूह जीमा ३ पटकको विश्वकप विजेता जर्मनीसहित पोर्चुगल, घाना र अमेरिका छन् ।  १८ औं पटक विश्वकप खेल्न लागेको जर्मनी उपाधिको दावेदार हो । स्पेनिस क्लव रियल म्याड्रिडबाट खेल्दै आएका क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल छैटौं पटक विश्वकप खेल्दै छ । २००६ मा सेमिफानलसम्म पुगेको पोर्चुगल १९६६ मा भने तेश्रो भएको थियो । २००६ मा पहिलो विश्वकप खेलेको घानाको यो तेस्रो सहभागिता हो । ऊ २०१० मा क्वाटर फाइनलसम्म पुगेको थियो । नवौं पटक विश्वकप खेल्न लागेको अमेरिका २००२ मा क्वाटरफाइनलसम्म पुगेको छ ।

एशियाली देश दक्षिण कोरिया पनि सहज समूहमा

समूह एचमा एशियाली देश दक्षिण कोरियासहित, बेल्जियम, अल्जेरिया र रसिया छन् । नवौं पटक विश्वकप खेल्न लागेको दक्षिण कोरिया २००२ मा आफैंले आयोजना गरेको विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । १२ औं पटक विश्वकप खेल्न लागेको बेल्जियम भने सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । अफ्रिकी देश अल्जेरिया भने चौथो पटक विश्वकप खेल्दै छ । उ यसअघिका तीन वटै विश्वकपमा समूह चरणबाटै घर फर्किएको थियो । २०१८ को विश्वकप आयोजना गर्ने अधिकार पाएको रसियाले अहिलेसम्म २ पटक मात्र विश्वकप खेलेको छ ।ज रातिदेखि ब्राजिलमा विश्वकप फूटबलको २० औं संस्करण शुरु हुँदै

रिडीमा तेक्वान्दो प्रतियोगिता हुँदै

रिडी,फाल्गुन ११- गुल्मी जिल्लामै पहिलो पल्ट रिडीमा आइ टि एफ तेक्वान्दो प्रतियोगिताको आयोजना भएको छ्।

कालिगण्डकी आइ टि एफ तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा गुल्मी,पाल्पा,अर्घाखाँची तथा स्याङ्जा जिल्लाका तेक्वान्दो खेलाडीहरुको सहभागीता रहेको छ । कार्यक्रम स्थानिय न्यू रुरु युवा परीवारको प्रमुख सहयोगमा भएको थियो भने रिडीका अन्य संस्थाहरुले सहयोग गरेका थिए। कार्यक्रममा गुल्मी आइ टि एफ तेक्वान्दो जिल्ला कमितीका अध्यक्ष झक बहादुर मिधुनको उपस्थिती रहेको थियो ।

कार्यक्रम भिम ज्ञवालीको सभापतित्व र सुन्दर बलालको प्रमुख आतीथ्यतामा भएको हो ।  रिडीमा पहिलो पटक भएको यो प्रतियोगिता अवलोकन गर्न र कार्यक्रम हेर्न सयौको संख्यामा स्थानीवासीहरुको उपस्थिती रहेको थियो।

राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

पाल्पा, माघ २८– जिल्ला खेलकुद विकास समिति पाल्पाको आयोजनामा सोमबारदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तानसेनको टुँडिखेलमा सुरु भएको छ ।


तानसनेमा आयोजित प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराते, तेक्वाण्दो र उसू प्रतियोगिता संचालन भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर रानाले बताउनुभयो । प्रतियोगितामा पाल्पा जिल्लाका २२ विद्यालयले सहभागिता जनाएका छन् । खेलको उद्घाटन गदै्र्र राष्टिय खेलकुद परिषद्का खेलकुद विभाग प्रमुख प्रकाश घिमिरेले विद्यार्थीमा खेलप्रतिको मोह जगाउन रनिङ्शिल्ड प्रतियोगिता गर्न जरुरी रहेको बताउनुभयो । शारीरिक र मानसिक विकास गर्नसमेत खेलकुदले सहयोग पुग्ने बताउँदै उहाँले जिल्लाका धेरै भन्दा धेरै खेलाडी शिल्डमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, स्थानीयविकास अधिकारी दीर्घबहादुर पोखरेल, जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेल, नेपाली कांग्रेस सभापति वीरबहादुर राना, एमालेका विमल काफ्ले, एमाओवादीका चक्रव्यूह थापा, राष्टिय जनमुक्तिका टोपबहादुर अस्लामीलगायतले राष्टपति रनिङ् शिल्डले विद्यार्थीको प्रतिभा उजागार गर्न सहयोग पुगेको बताउनुभयो ।

प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न जिल्लाभर रहेका एक सय ३० माध्यमिक विद्यालयहरूलाई खेलाडी सहभागिताका लागि पत्राचार गरेको थियो । प्रतियोगितमा भलिबल, दौड, सटफुट, हाइजम्प लङ्गजम्प, तेक्वाण्दो र उसु छात्रछात्राका बीचमा प्रतिष्पर्धा भइरहेको छ । समितिका सदस्य तुलाराम गरम्जाले पाल्पाका सबै माध्यमिक विद्यालयलाई पत्रचार गरेको बताउनुभयो । समितिले माघको २२ र २३ गते निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता सञ्चालन गरिसकेको छ ।

 

जिल्लास्तरीय फूटबल तानसेनमा जारी

पाल्पा, १० माघ - तानसेनको टुँडिखेलमा जारी जिल्लास्तरीय फुटबलमा प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा युथ युनियन क्लब निलो, न्यू एकता युवा क्लव र हार्डली सकर ब्वायज फुटबल क्लव बिजयी भएका छन्


जिल्ला नेपाल फुटबल संघको आयोजनामा भएको पहिलो खेलमा संगम युथ क्लव कुनसरेलाई हार्डली सकर व्यायज तानसेनले ० का विरुद्ध ३ गोल गरेर बिजयी भएको छ । दोस्रो खेलमा न्यू एकता युवा क्लव भुसालडाँडाले कमल प्रभास फुटबल क्लबलाई ० का विरुद्ध १ गोल गर्दै पछि पार्न सफल भएको छ । तेस्रो खेलमा बर्तुङ् युवा क्लबलाई युथ युनियन निलो तानसेनले १ का विरुद्ध ४ गोल गरी सफलता हात पारेको छ ।

बुधबारदेखि सुरु भएको जिल्ला स्तरीय रेडबुल लिग फुटबल प्रतियोगिता अन्तर्गत यसअघि भएका खेलमा युथ युनियन रातो तानसेन, युवा तथा खेलकुद समिति चिर्तुङ्गधारा, सराई युवा क्लव र रामपुर युवा क्लव रामपुर विजयी भएका छन् । पहिलो खेलमा बतासेडाँडा युवा क्लवलाई युथ युनियन रातो तानसेनले हराएको छ । युवा तथा खेलकुद विकास समिति चिर्तुङ्गधाराले काजी पौवा युवा क्लवलाई पराजित गरेको छ । यस्तै सराई युवा क्लव सराई पाल्पाले बुद्ध ज्योति युवा क्लवलाई हराउन सफल बनाएको छ । रामपुर युवा क्लवले सिक्सटिन ब्रर्दशलाई हराएको छ । शनिबार कल्याणकोष समिति र होस्टायल युथ क्लव तानसेनबीच खेल हुनेछ । दोस्रो खेल युथ युनियन रातो र संगम युथ क्लव कुनसरेबीच र तेस्रो खेल युवा तथा खेलकुद विकास समिति चिर्तुगधारा र कमल प्रभास फुटबल क्वलबीच हुने भरत शर्माले बताउनुभयो ।

जिल्लाका १६ टिमले भाग लिएको प्रतियोगिता माघ २० गतेसम्म संचालन हुने जिल्ला फुटबल संघले जानकारी दिएको छ । नेपाली सेनाको चण्डीप्रसाद गणका सैनिकले तानसेन टुँडिखेल मैदान सरसफाइ गरिदिनुका साथै मैदानको ढुंगा हटाउने र पानी राखिदिएको छ ।