बेकह्यामले सन्यास लिने

लन्डन – इङ्ल्यान्डका पूर्वकप्तान डेबिड बेकह्याम यसै सिजनको अन्त्यसँगै फुटबलबाट संन्यास लिने भएका छन्।
 
 
जनवरीमा ५ महिनाका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध ३८ वर्षे बेकह्यामले त्यसबाट प्राप्त सबै पारिश्रमिक उपकारी कामलाई दिएका थिए। १ सय १५ खेलमा राष्ट्रिय टोलीको जर्सी लगाएका बेकह्यामले म्यानचेस्टर युनाइटेडबाट ३ सय ९४ खेल खेल्दै ६ प्रिमियरसिप र एक च्याम्पियन्स लिग उपाधि जितेका छन्। 
'खेलजीवनलाई निरन्तरता दिने अवसर दिएकोमा पिएसजीप्रति आभार व्यक्त गर्दछु। तर माथिल्लो स्तरको फुटबल छाड्ने यो सही समय हो भन्ने लाग्यो,' बेकह्यामले भनेका छन्। 'उनलाई फुटबलको मात्र होइन खेलजगतकै असाधारण राजदूतका रुपमा हेरिन्छ। उनले प्राप्त गरेका उपलब्धि पनि असाधारण नै छन्,' युनाइटेडका पूर्वसहकर्मी ली सार्पेले भनेको छन्।  पिएसजीले यो सिजन जितेको लिग उपाधिसहित बेकह्यामले खेलजीवनमा १९ उपाधि जिते। २० वर्षे उनको खेलजीवनमा १९ मध्ये १० लिग उपाधि हुन्। चार देशका लिग जित्ने उनी एक्ला खेलाडीसमेत बनेका छन्। 

 विश्वका ठूलामध्येका केही क्लबबाट पनि खेले। 'युनाइटेडबाट खेलेर धेरै उपाधि जितेँ। देशका लागि १ सयभन्दा बढी खेल खेलें। फर्केर हेर्दा साँच्चै यो सुखद थियो,' बेकह्यामले भने, 'मेरा धेरै सपना पूरा भएका छन् त्यसले म भाग्यमानी हुँ।' २००३ मा युनाइटेडबाट उनी स्पेनको रियाल मड्रिड पुगे। २००७ मा अमेरिकाको एलए ग्यालेक्सी पुग्नुअघि उनले स्पेनिस लिग जितेका थिए। माल्दोभाविरुद्ध खेल्दै मिडफिल्डर बेकह्यामले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्। उनले २००० देखि २००६ सम्म राष्ट्रिय टोलीको कप्तानी गरेका थिए। राष्ट्रिय टोलीको कप्तानी गर्नुलाई उनले सबैभन्दा गर्वको विषयका रुपमा व्याख्या गरेका छन्।
'राष्ट्रिय टोलीको जर्सी लगाएपछि मैले थाहा पाएँ मैले हरेक देशवासीको प्रतिनिधित्व गरिरहेको छु,' उनले भने, 'देशका लागि खेल्ने अन्य थुप्रै उत्कृष्ट खेलाडी छन्।'

आइपिएलः राजस्थानले चेन्नईलाई हरायो

बैशाख ३०,पाल्पा – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको आइतबार रातिको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्सलाई पाँच विकेटले हराएको छ ।

एक सय ४२ रनको विजयी लक्ष्य राजस्थानले १७ बल बाँकी छदैं मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो । राजस्थानका लागि सेन वाट्सनले सर्वाधिक ७०, स्टुआर्ट बिन्नीले नटआउट ४१ र कप्तान राहुल दब्रिडले २२ रनको योगदान दिए । टस हारेर पहिले व्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षतिमा पुरै ओभर खेलेर १ सय ४१ रन बनायो । चेन्नइका लागि मुरली विजयले ५५, माईकल हसीले ४० र ड्वायेन ब्राभोले २३ रन जोडे । जितसंगै राजस्थानले शिर्षस्थानमा रहेको चेन्नईसंग अंक बराबरी गरेको छ । तर रनरेटका आधारमा चेन्नई शीर्षस्थानमा छ । सोमबार बेलुकी मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

विश्व टेबलटेनिसमा नेपालले पनि भाग लिने

२७ वैशा, काठमाडौं । लिबहार विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् । एक/एक पुरुष र महिला खेलाडीले मे १३ देखि २० तारिखसम्म प|mान्सको पेरिसमा हुने विश्व च्याम्पियनसिपमा भाग लिन लागेका हुन् ।

प्रतियोगिताको पुरुष एकलमा अजय सुवाल र महिला एकलमा नविता श्रेष्ठले सहभागिता जनाउनेछन् । उनीहरुले मिक्स डबल्समा पनि प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडी शीर्ष वरियताका हुन् । खेलाडी शनिबार आयोजनास्थल पेरिस प्रस्थान गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन समान ३/३ पुरुष/महिला खेलाडीका साथै एक व्यवस्थापकको प्रवेशाज्ञाका लागि आवेदन गरिएकोमा अजय र नविताको मात्र स्वीकृत भएको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् -राखेप) का सदस्य-सचिव युवराज लामाले शुक्रबार बिदाइ गर्नुभयो ।

यु-१९ एलिट कप क्रिकेटमा नेपाल विजयी कुबेत ८४ रनले पराजित

२० बैशाख/मलेसियामा सुरु अन्डर १९ एसीसी एलिट कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनारा ओभलमा शुक्रवार भएको पहिलो खेलमा नेपालले कुबेतलाई ८४ रनले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ९४ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको कुबेत ३६ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रनमा समेटियो । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि यज्ञमान कुमालले ३सुसान्त भारीले २ तथा कप्तान भुवन कार्की,अभिनाश कर्ण र निश्चल पाण्डेले समान एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९३ रन जोडेको थियो । नेपालका लागि अमित श्रेष्ठले सर्वाधिक ४६,सुशान्त भारीले २८, पवन श्रेष्ठ र हरिशंकर शाहले समान २३-२३ र इर्शाद अहमदले १८ रन जोडे । यसैगरी निश्चल पाण्डेले १०, प्रेम तामाङले ६,अभिनाश कर्णले ३ तथा निर्मल थापाले १ रन जोडे । कप्तान भवन कार्की भने खाता नै नखोली पेभिलियन फर्केका थिए ।कुवेतका लागि साहरुख कुडुसले नटआउट सर्बाधिक ३६ रनको योगदान गरेपनि हार टार्न सकेनन । यस्तै कुवेतका लागि फैजानले २१ तथा मोहमद वासिफले ११ रन जोडे । चार पटकको बिजेता नेपालले बैशाख २२ मा कतार,२३ मा बहराईन र २५ गते मलेसियाको सामना गर्ने छ ।

अल्ट्रा धावक पण्डित सगरमाथा चढ्ने

अल्ट्रा धावक संजय पण्डितले आउँदो बैशाखमा संसारको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।

धावक पण्डितलाई त्रिपुरेश्परस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा एक कार्यक्रमबिच मंगलबार बिदाइ गरियो । उनलाई नेपाली कांगे्रशका नेता डा. रामशरण महत, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना, रिभोल्युसनरी लेफ्ट विङका महासचिव मणि थापालगायतले सफलताको शुभकामना दिंदै बिदाइ गर्नुभयो ।

पण्डितले सगरमाथा आरोहणको लागि यहि चैत २४ गते आफू जन्मिएको जिल्ला प्युठानको स्वर्गद्धारीबाट दौड सुरु गर्ने बताए । साथै बैशाख पहिलो हप्ता आफू सहित नायीका निशा आधिकारी, नायक अर्जुन कार्की लगायत ४० जान नेपाली र ६५ जना विदेशीसहितको टोलिले एकै साथ सगरमाथा अरोहण गर्ने पण्डितले जानकारी गराए ।

पण्डितले यस अघि २२ सय किलोमिटर भन्दा लामो दूरी दौडेर पार गरिसकेका छन् । उनले सन् २०१२ मा संसारको किलर माउन्टेनका रुपमा चिनिएको माउण्ट मनास्लु (८१६३ मिटरउचाई) को सफल आरोहण गरिसकेका छन् । सगरमाथाको ८८४८ मिटर उचाई मध्ये सन् २०१२ मा ८६८५ मिटर आरोहण गर्दा मौसमको खराबीले गर्दा फर्किएका पण्डितले यस पटक भने शिखर चुमेरै फर्किने बताए ।