भ्याली कप २०७४ को आजको खेलमा डाँडाडुम र केराबारी बिजयी

विजयकुमार बौडेल पाल्पा, २७ असोज - दमकडा फुटबल क्लबले आयोजना गरेको दोश्रो भ्याली कप फुटबल प्रतियोगिता २०७४ को आजको खेलमा डाँडाडुम फुटबल क्लब र केराबारी फुटबल क्लब बिजयी भएका छन ।

आज भएको पहिलो खेलमा डाँडाडुम फुटबल क्लबले बगनासकाली फुटबल क्लबलाई ४-३ गोलले पराजित गरेको छ । डाँडाडुमका रविन कुँवरले २ तथा मिसन दर्लामी र केशव सारुले १/१ गोल गरे । बगनासकालीका बिनोद गाहाले २ र तरन दर्लामीले १ गोल गरे ।

22532435 1483030811792335 1119854811 o

त्यस्तै आज भएको दोश्रो खेलमा केराबारी फुटबल क्लबले राईजिङ ११ लाई २-१ गोलले पराजित गरेको छ । केराबारीका बिकास गुरुङ र मन्दिप थापाले गोल गरे । राईजिङका किरण थापाले गोल गरे । भोली क्वाटरफाईनल अन्तरगतको पहिलो खेल सराई फुटबल क्लब ए र युथ युनियन तानसेन तथा दोश्रो खेल दमकडा फुटबल क्लब ए र डाँडाडुम फुटबल क्लब बिच हुनेछ ।

 

प्रतियोगिताको बिजेताले ५० हजार र उपबिजेताले ३० हजार रुपैंया प्राप्त गर्नेछन ।