पश्चिमाञ्चल टि-20 च्याम्पियन्स ट्रफि 2017 सुरु हुँदै

विजयकुमार बौडेल, १६ भाद्र पाल्पा –  पश्चिमाञ्चल टि-20 च्याम्पियन्स ट्रफि 2017 को कार्यतालिका सार्वजनिक भएको छ । दमकडा क्रिकेट क्लबले बर्षेनी दशैंको बेला आयोजना गर्न लागेको यो अाठाैं संकरण हो ।

 

12593526 347503242040122 7989569372213619730 o

 

 

यो संस्करणको प्रतियोगिता असोज १६ गतेदेखी हुने र सहभागी टोली १६ हुने पश्चिमाञ्चल टि-20 च्याम्पियन्स ट्रफि 2017 का वाेर्ड मेम्बर गोपाल तिमिल्सेनाले जानकारी दिनुभयो ।

पश्चिमाञ्चल टि-20 च्याम्पियन्स ट्रफि 2017 का प्रतियोगिता व्यवस्थापक आदित्य पाण्डेयले भाद्र ३१ गते सम्म टिम दर्ता गर्ने र पत्रकार सम्मेलन गरि असाेज ५ गते खेल तालिका सार्वजनिक गरिनेपश्चिमाञ्चल भरीबाट सहभागिता जनाउन पाईनेकम्प्युटराईज्ड स्कोरिङडिजिटल स्कोरबोर्डलाईभ स्कोरिङलाईभ अडियो तथा संभव भएसम्म लाईभ भिडियोकमेन्ट्रिहेभि टेनिस बलद्धारा खेलाईनेटि ट्वान्टी र अनिवार्य जर्सी लगाएतका जानकारी सार्वजनिक गरिएको बताउनुभयो ।

 

12063672 347504498706663 481854339756159092 n

 

 

प्रतियाेगितामा सहभागी हुने समुह सिमित भएकाले अावश्यकता अनुसार सेलेक्सन खेल समेत खेल्नुपर्ने अायाेजकले जानकारी दिएकाे छ ।

५ लाखकाे अनुमानीत खर्च ईस्टिमेट गरिएकोमा दर्ता शुल्क ५ हजार रुपैंया मात्र तोकिएको छ । जसमा प्रथम पुरस्कार ६० हजारद्धितिय पुरस्कार ३० हजारसेमिफाईनलमा पुग्ने टिम रसबै भन्दा अनुशासित टिमलाई पुरस्कारमेडलप्रमाणपत्रट्रफिबेष्ट क्याचप्रत्येक म्याचमा म्यान अफ दि म्याचम्यान अफ दि सिरिज र सबै टिमलाई सबै खेलमा फ्रि खाजाको व्यवस्थापन गरिने पश्चिमाञ्चल टि-20 च्याम्पियन्स ट्रफि 2017 फाईनान्स म्यानेजर अच्युत पाण्डेयले जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष सुरेन्द्र पाण्डेयले पाल्पा जिल्लाकै उत्कृष्ट खेलमैदान दमकडामा क्रीकेटको प्रगतिशिल बिस्तार हुनुपर्ने कुरालाई ध्यानमा राखेर यो प्रतियोगितालाई अत्याधिक व्यवस्थापन गरि देशकै उदाहरण बन्ने योजना रहेको बताउनुभयो । वहाँले खेलकुदको माध्यमबाट किशोर तथा युवाहरुमा मनोरन्जनस्वास्थ्यभाईचाराअनुशासनपरिचयपेशा तथा देशकै खेलकुद बिकाश होस् भन्ने मान्यताले गरिन लागेको यस गैरनाफामुलक यो प्रतियोगितालाई सफल बनाउन सबै पक्षसंग सहयोगको अपिल गनुभयो ।

 

10351080 347503842040062 2978433152199022720 n

दमकडा क्रिकेट क्लबले खेलमा सहभागिता तथा अन्य जुनसुकै जानकारीको लागी वाेर्ड मेम्बर विजयकुमार बौडेल (9857065865) लाई सम्पर्क गरेर गर्न सकिने बताएकाे छ ।

विगतका बर्षहरुमा सहयोग गरेका संस्थाहरु सामुदायिक रेडियो मदनपोखरा, दमकडा उ.मा.बि., दमकडा फुटबल क्लब, भण्डारि एग्रोभेट सेण्टर र म्याक्स स्पोर्टस वल्र्ड तानसेनलाई धन्यवाद प्रकट गर्दै यो पटक पनी सहयोगको अपेक्षा गरेको क्लबले जनाएकाे छ ।