पश्चिमाञ्चल टि ट्वान्टी च्याम्पियन्स ट्रफीकाे तयारी

विजयकुमार बौडेल

पाल्पा, १४ असोज-  मदनपाेखराकाे दमकडामा पश्चिमाञ्चल टि ट्वान्टी च्याम्पियन्स ट्रफी २०१६ को तयारी तिब्र पारिएकाे छ ।

दमकडा क्रिकेट क्लब मदनपोखराले आयोजना गर्न लागेको टि ट्वान्टी क्रिकेट प्रतियोगिताको आवश्यक तयारीका लागि क्लवका सबै पदाधिकारी अाफ्नाे जिम्मेवारी अनुसार परिचालित भएका छन् । पश्चिमाञ्चल विकाश क्षेत्रभित्रबाट भाग लिन सकिने यो प्रतियोगितामा ३२ समुह सहभागी गराउने अायाेजककाे लक्ष्य  छ । इभेन्टका व्यवस्थापक आदित्य पाण्डेयले प्रतियाेगिताका लागि विभिन्न जिम्मेवारी प्रदान गरी अावश्यक तयारी गरिएकाे बताउनुभयाे । 

खेलको माध्यमबाट युवाहरुलाई मनोरञ्जन, स्वास्थ्य, भाइचाराकाे सम्बन्ध, अनुसाशनकाे भावना विकास हाेस् भन्ने मान्यताका साथ यो प्रतियोगिता आयोजना गरिएको दमकडा क्रिकेट क्लबका अध्यक्ष सुरेन्द्र पाण्डेयले जानकारी दिनुभयो । गैरनाफामुलक यो प्रतियोगितालाई सफल बनाउन सबै पक्षसंग उहाँले सहयोगको अपिल गर्नुभयो ।

दमकडा क्रिकेट क्लबले आयोजना गर्न लागेको यो लगातार ७ औं संस्करण हो । गैरनाफामुलक यो प्रतियोगिता सबै खेलप्रेमी, समाजसेवी, युवा तथा सकारात्मक सोंच राख्नेहरुको सहयोगमा सफलतापूर्वक सम्पन्न हुने फाइनान्स म्यानेजर अच्युत पाण्डेयले जानकारी दिनुभयो । सकारात्मक सोंच राखेर निस्वार्थ भावनाले अगाडी बढेका युवालाइृ सबैले सहयाेग गर्नेमा अाफूहरु अाशावादी रहेकाे उहाँले बताउनुभयाे । प्रतियाेगिताका लागि ३ लाख ७० हजार रुपैंया खर्च लाग्ने अनुमान गरिएकाे छ । 

पाल्पा, स्याङजा, रुपन्देही, अर्घाखाँची, कपिलबस्तु, गुल्मी, कास्की लगाएतका जिल्लाहरुका समुह तथा क्लबहरुले असोज २० गतेसम्म दर्ता गर्न सक्ने छन् । टाढाका समुहलाई दर्ताको लागि राष्ट्रिय बाणिज्य बैंकमार्फत दर्ता गर्ने व्यवस्था मिलाइएकाे छ । ५० मिटर अर्धव्यासमा खेलाइन लागेको यो प्रतियोगितामा अहिले खेलमैदान बढाउने र गुणस्तरीय पिच बनाउने काम तिब्र रुपमा भरहेको ग्राउण्ड म्यानेजर गोपाल तिमिल्सेनाले जानकारी गराउनुभयो । खेल आयोजनाको निम्ति क्लबभित्र र बाहिरका करिब ५० जना युवाहरु खटिरहेका छन् । 

असोज २७ गतेदेखि सुरु हुने प्रतियाेगिताका विजेतालाई ५० हजार प्रथम पुरस्कार, २५ हजार दोश्रो पुरस्कार रहेको छ । यो प्रतियोगितामा डिजिटल स्कोरबोर्ड समेत प्रयोग गरिने छ । प्रत्येक खेलमा खेलाडीलाई खाजा फ्रि, टाढाबाट आउने समुहलाई बिषेश छुट गरिनेछ । पाल्पाकै उत्कृष्ठ खेलमैदानकाे रुपमा विकास गर्ने लक्ष्यसहित कुशल व्यवस्थापन गर्न लागिएकाे छ ।