दमकडा क्रिकेट लिग २०७३ को कार्यतालिका सार्वजनिक

विजयकुमार बौडेल, ०१ भाद्र पाल्पा – दमकडा क्रिकेट लिग २०७३ को कार्यतालिका सार्वजनिक भएको छ । दमकडा क्रिकेट क्लबले बर्षेनी दशैंको बेला आयोजना गर्न लागेको यो सातौं संकरण हो ।

यो संस्करणको प्रतियोगिता असोज २७ गतेदेखी हुने र यसअघि गर्ने गरिएको दमकडा क्रीकेट लिगको सोच तथा कार्यन्वयन राम्रो हुँदा हुँदै पनि लिग भएकै कारण सहभागी टोली ८ भन्दा बढी लिन सम्भव नभएकाले असिमित टोलीको सहभागितामा यो पटक नकआउट खेल हुने डिसीएल २०७३ का ग्राउण्ड म्यानेजर गोपाल तिमिल्सेनाले जानकारी दिनुभयो ।

डिसीएल २०७३ का प्रतियोगिता व्यवस्थापक आदित्य पाण्डेयले असोज १५ गते सम्म टिम दर्ता गर्ने र १८ गते खेल तालिका सार्वजनिक गरिने, पश्चिमाञ्चल भरीबाट सहभागिता जनाउन पाईने, कम्प्युटराईज्ड स्कोरिङ, डिजिटल स्कोरबोर्ड, लाईभ स्कोरिङ, लाईभ अडियो तथा संभव भएसम्म लाईभ भिडियो, कमेन्ट्रि, हेभि टेनिस बलद्धारा खेलाईने, टि ट्वान्टी र अनिवार्य जर्सी लगाएतका जानकारी सार्वजनिक गरिएको बताउनुभयो ।

२ लाख ५० हजारको अनुमानीत खर्च ईस्टिमेट गरिएकोमा दर्ता शुल्क ४ हजार रुपैंया मात्र तोकिएको छ । जसमा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार २५ हजार, सेमिफाईनलमा पुग्ने टिमलाई ५/५ हजार, सबै भन्दा अनुशासित टिमलाई ५ हजार, मेडल, प्रमाणपत्र, ट्रफि, बेष्ट क्याच, प्रत्यक म्याचमा म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज र सबै टिमलाई सबै खेलमा फ्रि खाजाको व्यवस्थापन गरिने डिसिएल २०७३ का फाईनान्स म्यानेजर अच्युत पाण्डेयले जानकारी दिनुभयो ।

डिसिएल २०७३ का म्याच म्यानेजर विजयकुमार बौडेलले पाल्पा जिल्लाकै उत्कृष्ट खेलमैदान दमकडामा क्रीकेटको प्रगतिशिल बिस्तार हुनुपर्ने कुरालाई ध्यानमा राखेर यो प्रतियोगितालाई अत्याधिक व्यवस्थापन गरि देशकै उदाहरण बन्ने योजना रहेको बताउनुभयो । वहाँले खेलकुदको माध्यमबाट किशोर तथा युवाहरुमा मनोरन्जन, स्वास्थ्य, भाईचारा, अनुशासन, परिचय, पेशा तथा देशकै खेलकुद बिकाश होस् भन्ने मान्यताले गरिन लागेको यस गैरनाफामुलक यो प्रतियोगितालाई सफल बनाउन सबै पक्षसंग सहयोगको अपिल गनुभयो ।

दमकडा क्रिकेट क्लबले खेलमा सहभागिता तथा अन्य जुनसुकै जानकारीको लागी व्यवस्थापकहरु विजयकुमार बौडेल र गोपाल तिमिल्सेनालाई सम्पर्क गरेर गर्न सकिने र सेमिफाईनलमा पुग्ने टिमहरु बिच माघ १ देखि ३ सम्म निशुल्क दर्तामा लेदर बलले खेलिने योजना रहेको जनाएको छ ।

 

क्लबका अध्यक्ष सुरेन्द्र पाण्डेयले विगतका बर्षहरुमा सहयोग गरेका संस्थाहरु सामुदायिक रेडियो मदनपोखरा, दमकडा उ.मा.बि., दमकडा फुटबल क्लब, भण्डारि एग्रोभेट सेण्टर र म्याक्स स्पोर्टस वल्र्ड तानसेनलाई धन्यवाद प्रकट गर्दै यो पटक पनी सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

( सबै तस्बिरहरु दमकडा क्रिकेट क्लब र सिए ११ क्लब बिच भएकाे खेलका तस्बिरहरु हुन् । )