अाज रातिदेखि ब्राजिलमा विश्वकप फूटबलको २० औं संस्करण शुरु हुँदै

काठमाडौं, जेठ २९ -विश्वकप फूटबलको २० औं संस्करण बिहीबार रातिदेखि ब्राजिलमा शुरु हुँदैछ ।पहिलो खेल राति पौने दुई बजे आयोजक ब्राजिल र क्रोसियाबीच साओपाउलोको एरिना डे रंगशालामा हुनेछ ।

ब्राजिल पाँच पटकको विजेता हो भने क्रोसियाले सन् १९९८ मा तेस्रो स्थान हासिल गरेको थियो । यी दुईबीच अहिलेसम्म दुई पटक भीडन्त भएकोमा एकपटक ब्राजिलले जितेको थियो भने अर्को खेल बराबरीमा सकिएको थियो ।

यसपटक पनि अघिल्लो संस्करणमा जस्तै ३२ टिमले प्रतिस्पर्धा गर्नेछन् । ३२ टिमलाई चार चार टिम रहने गरी आठ समूहमा बाँडिएको छ । आफ्नो समूहमा रहेका ३ वटा टिमसँग खेलिसकेपछि शीर्ष स्थानमा रहने २ टिम प्रिक्वाटर फाइनलमा पुुग्ने छन् । कुन कुन समूहमा कस्ता कस्ता टिम छन् त ?

५ पटकको विजेता ब्राजिल रहेको समूह ए

समूह ए मा पाँच पटकको विजेता आयोजक ब्राजिलसँगै क्रोएसिया, क्यामरुन र मेक्सिको छन् । सन् १९५८, १९६२,१९९४, १९७० र २००२ को विजेता ब्राजिल यो समूहको सबैभन्दा बलियो र यस पटक पनि उपाधिको दावेदार टीम हो । पहिलो विश्वकप देखिनै उसले खेल्दै आएको छ । अर्को टोली मेक्सिकोले १५ औं पटक विश्वकप खेल्दैछ । दुई पटक विश्वकप आयोजना समेत गरेको मेक्सिको बलियो टीम हुँदा हुँदै पनि अहिलेसम्म विश्वकपमा कुनै उपाधि जितेको छैन । अर्को देश क्रोएसिया हो । समुह एकै अफ्रिकी टीम क्यामरुन सातौं पटक विश्वकप खेल्दैछ । क्यामरुन यसअघि विश्वकपमा क्वार्टरफाईनल पुग्ने पहिलो अफ्रिकी टीम हो । सन् १९९० को विश्वकपमा क्यामरुन क्वार्टर फाईनलमा पुगेको थियो । त्यतिबेला अर्जेन्टिनालाई समूह चरणको खेलमा हराएर यो टीमले सनसनी मच्चाएको थियो ।

गत संस्करणको विजेता र उपविजेता एउटै समूहमा

समूह बीमा साविक विजेता स्पेन, उपविजेता नेदरल्याण्ड, चिली र अष्टे«लिया छन् । १९५० मा चौथो भएको स्पेन सन् २०१० मा पहिलो पटक फाईनल पुग्यो र उपाधि नै जित्यो । स्पेन कलात्मक खेल खेल्ने टीमका रुपमा चिनिन्छ । यस समूहमा रहेको नेदरल्याण्ड्स विश्वकप फूटबलको ईतिहासमा अभागी टीम भनेर पनि चिनिन्छ । तीन पटक फाईनल खेलेको नेदरल्याण्ड्स बलियो भएर पनि उपाधि विहीन छ । अघिल्लो संस्करणमा नेदरल्याण्ड्स फाईनलमा स्पेनसँग एक शून्यले पराजित भएको थियो । चिली पनि यो समूहको अर्को बलियो टीम हो । सन् १९६२ मा आपैmले आयोजना गरेको विश्वकपमा तेस्रो भएको चिलीले त्यो भन्दा माथिल्लो उपलब्धि हासिल गर्न सकेको छैन । उसले आठ पल्ट विश्वकप खेलिसकेको छ । एशियाबाट प्रतिनिधित्व गर्ने अष्ट्रेलिया यो समूहको अर्को टोली हो । यो टीमले चौथो पटक विश्वकप खेल्दैछ ।

एशियाली देश जापान सहज समूहमा

एशियाली देश जापानसहित कोलम्बिया, ग्रिस र आइभरी कोष्ट रहेको समूह सीलाई सहज समूह मानिएको छ । सन् १९९८ देखि लगातार पाँचौ पटक विश्वकप खेल्न लागेको जापानलाई यो समूहको सबैभन्दा बलियो टिम भने पनि फरक पर्दैन । जापान २ पटक प्रि क्वाटरफाइनलसम्म पुगेको छ ।  यस्तै पाँचौ पटक विश्वकप खेल्न लागेको कोलम्बिया सन् १९९० मा भने क्वाटरफाइनलसम्म पुगेको थियो । यस्तै यो समूहमा रहेको ग्रिस पनि तेस्रो पटक विश्वकप खेल्दै छ । उ अहिलेसम्म समूह चरणबाटै घर फर्किएको छ । सन् २००६ देखि लगातार तेश्रो पटक विश्वकप खेल्न लागेको आइभरीकोष्ट पनि यसअघिका दुवै संस्करणमा समूह चरणबाटै घर फर्किएको थियो ।

ग्रुप अफ डेथ समूह डी

समूह डीमा पहिलो विश्वकप विजेता उरुग्वे, ईङ्ल्याण्ड, ईटली र कोस्टारिका छन् । यो समूहमा तीन वटा विश्वविजेता टीम छन् । उरुग्वे सनु १९३० मा भएको पहिलो विश्वकप जित्ने टीम हो । पहिलो उपाधि जितेको २० वर्ष पछि उरुग्वेले सन् १९५० मा दोस्रो उपाधि जित्यो । अघिल्लो संस्करणमा उरुग्वे चौथो भएको थियो । अहिले पनि उरुग्वे उपाधिको दावेदार हो । यो समूहमा चार पटकको विजेता ईटली पनि छ । यसपटक पनि उपाधि जित्ने क्षमता राख्ने टीममा गनिएको ईटलीले सन् १९३४, १९३८, १९८२ र २००६ मा गरी चार पटक उपाधि जितेको छ ।  दुई पटक भने यो टीम फाईनलमा पराजित भयो ।  ईङ्ल्याण्ड पनि सन् १९६६ को विजेता हो र यसपटक पनि दावेदार मानिएको छ । त्यसपछि भने यो टीम सन् १९९० मा चौथो भएयता त्यो भन्दा माथि जान सकेको छैन् । कोस्टारिका यो समूहको सबैभन्दा कमजोर मानिएको छ । तर तीन पटक विश्वकप खेलेको अनुभव छ र सेन्ट्रल अमेरिकाको सबैभन्दा सफल टीम मानिएकोले यसले आफूलाई डार्क हर्सका रुपमा स्थापित गर्न सक्छ ।

९८ को विजेता फ्रान्स समूह ईमा

समूह ईमा भने सन् १९९८ को विश्वकप विजेता फ्रान्ससहित स्वीट्जरल्याण्ड, ईक्वेडर र होन्डुरस छन् । १४ औं चोटी विश्वकप खेल्न लागेको फ्रान्स २००६ मा सेमिफाइनलमा पुगेको थियो । स्वीट्जरल्याण्डले भने १० औं पटक विश्वकप खेल्दै छ । उ ३ पटक क्वाटर फाइनलमा पुगेपनि त्यसभन्दा अघि बढ्न सकेको छैन । तेस्रो पटक विश्वकप खेल्न लागेको ईक्वेडर भने सन् २००६ मा प्रिक्वाटर फाइनलमा पुगेको थियो । तेश्रो पटक विश्वकप खेल्न लागेको होन्डुरस भने समूह चरणबाट घर फर्कदै आएको छ ।

इशियाली देश इरान सहज समूहमा

समूह एफमा २ पटकका विश्वकप विजेता अर्जेन्टिनासहित इरान, नाइजेरिया र बोस्निया हर्जगोभिना छन् । लियोनेल मेसी, सर्जियो अगुरो, गोन्जालो हिगुईनलगायतका स्ट्राइकर रहेको अर्जेन्टिना विश्वकप उपाधिको दावेदार हो । १६ औं पटक विश्वकप खेल्न लागेको अर्जेन्टिना २ वटा प्रतियोगितामा उपविजेता बनेको छ । यस्तै यो समूहमा रहेको बोस्निया हर्जगोभिनाले पहिलो पटक विश्वकप खेल्न लागेको हो । सन् १९९२ अघि बोस्नियाँ हर्जगोभिनाका खेलाडीले युगोस्लाभियाबाट विश्वकप खेलेका थिए । चौथो पटक विश्वकप खेल्न लागेको एशियाली देश इरान भने अहिलेसम्म समूह चरणबाट अघि बढ्न सकेको छैन । यस्तै समूह एफमै रहेको अफ्रिकी देश नाइजेरियाको भने विश्वकपमा यो पाँचौ सहभागिता हो । नाइजेरिया यसअघि २ पटक प्रिक्वाटर फाइनलसम्म पुगेको छ ।

समूह जीमा जर्मनी

समूह जीमा ३ पटकको विश्वकप विजेता जर्मनीसहित पोर्चुगल, घाना र अमेरिका छन् ।  १८ औं पटक विश्वकप खेल्न लागेको जर्मनी उपाधिको दावेदार हो । स्पेनिस क्लव रियल म्याड्रिडबाट खेल्दै आएका क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल छैटौं पटक विश्वकप खेल्दै छ । २००६ मा सेमिफानलसम्म पुगेको पोर्चुगल १९६६ मा भने तेश्रो भएको थियो । २००६ मा पहिलो विश्वकप खेलेको घानाको यो तेस्रो सहभागिता हो । ऊ २०१० मा क्वाटर फाइनलसम्म पुगेको थियो । नवौं पटक विश्वकप खेल्न लागेको अमेरिका २००२ मा क्वाटरफाइनलसम्म पुगेको छ ।

एशियाली देश दक्षिण कोरिया पनि सहज समूहमा

समूह एचमा एशियाली देश दक्षिण कोरियासहित, बेल्जियम, अल्जेरिया र रसिया छन् । नवौं पटक विश्वकप खेल्न लागेको दक्षिण कोरिया २००२ मा आफैंले आयोजना गरेको विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । १२ औं पटक विश्वकप खेल्न लागेको बेल्जियम भने सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । अफ्रिकी देश अल्जेरिया भने चौथो पटक विश्वकप खेल्दै छ । उ यसअघिका तीन वटै विश्वकपमा समूह चरणबाटै घर फर्किएको थियो । २०१८ को विश्वकप आयोजना गर्ने अधिकार पाएको रसियाले अहिलेसम्म २ पटक मात्र विश्वकप खेलेको छ ।ज रातिदेखि ब्राजिलमा विश्वकप फूटबलको २० औं संस्करण शुरु हुँदै