राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

पाल्पा, माघ २८– जिल्ला खेलकुद विकास समिति पाल्पाको आयोजनामा सोमबारदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तानसेनको टुँडिखेलमा सुरु भएको छ ।


तानसनेमा आयोजित प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराते, तेक्वाण्दो र उसू प्रतियोगिता संचालन भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर रानाले बताउनुभयो । प्रतियोगितामा पाल्पा जिल्लाका २२ विद्यालयले सहभागिता जनाएका छन् । खेलको उद्घाटन गदै्र्र राष्टिय खेलकुद परिषद्का खेलकुद विभाग प्रमुख प्रकाश घिमिरेले विद्यार्थीमा खेलप्रतिको मोह जगाउन रनिङ्शिल्ड प्रतियोगिता गर्न जरुरी रहेको बताउनुभयो । शारीरिक र मानसिक विकास गर्नसमेत खेलकुदले सहयोग पुग्ने बताउँदै उहाँले जिल्लाका धेरै भन्दा धेरै खेलाडी शिल्डमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, स्थानीयविकास अधिकारी दीर्घबहादुर पोखरेल, जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेल, नेपाली कांग्रेस सभापति वीरबहादुर राना, एमालेका विमल काफ्ले, एमाओवादीका चक्रव्यूह थापा, राष्टिय जनमुक्तिका टोपबहादुर अस्लामीलगायतले राष्टपति रनिङ् शिल्डले विद्यार्थीको प्रतिभा उजागार गर्न सहयोग पुगेको बताउनुभयो ।

प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न जिल्लाभर रहेका एक सय ३० माध्यमिक विद्यालयहरूलाई खेलाडी सहभागिताका लागि पत्राचार गरेको थियो । प्रतियोगितमा भलिबल, दौड, सटफुट, हाइजम्प लङ्गजम्प, तेक्वाण्दो र उसु छात्रछात्राका बीचमा प्रतिष्पर्धा भइरहेको छ । समितिका सदस्य तुलाराम गरम्जाले पाल्पाका सबै माध्यमिक विद्यालयलाई पत्रचार गरेको बताउनुभयो । समितिले माघको २२ र २३ गते निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता सञ्चालन गरिसकेको छ ।