जिल्लास्तरीय फूटबल तानसेनमा जारी

पाल्पा, १० माघ - तानसेनको टुँडिखेलमा जारी जिल्लास्तरीय फुटबलमा प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा युथ युनियन क्लब निलो, न्यू एकता युवा क्लव र हार्डली सकर ब्वायज फुटबल क्लव बिजयी भएका छन्


जिल्ला नेपाल फुटबल संघको आयोजनामा भएको पहिलो खेलमा संगम युथ क्लव कुनसरेलाई हार्डली सकर व्यायज तानसेनले ० का विरुद्ध ३ गोल गरेर बिजयी भएको छ । दोस्रो खेलमा न्यू एकता युवा क्लव भुसालडाँडाले कमल प्रभास फुटबल क्लबलाई ० का विरुद्ध १ गोल गर्दै पछि पार्न सफल भएको छ । तेस्रो खेलमा बर्तुङ् युवा क्लबलाई युथ युनियन निलो तानसेनले १ का विरुद्ध ४ गोल गरी सफलता हात पारेको छ ।

बुधबारदेखि सुरु भएको जिल्ला स्तरीय रेडबुल लिग फुटबल प्रतियोगिता अन्तर्गत यसअघि भएका खेलमा युथ युनियन रातो तानसेन, युवा तथा खेलकुद समिति चिर्तुङ्गधारा, सराई युवा क्लव र रामपुर युवा क्लव रामपुर विजयी भएका छन् । पहिलो खेलमा बतासेडाँडा युवा क्लवलाई युथ युनियन रातो तानसेनले हराएको छ । युवा तथा खेलकुद विकास समिति चिर्तुङ्गधाराले काजी पौवा युवा क्लवलाई पराजित गरेको छ । यस्तै सराई युवा क्लव सराई पाल्पाले बुद्ध ज्योति युवा क्लवलाई हराउन सफल बनाएको छ । रामपुर युवा क्लवले सिक्सटिन ब्रर्दशलाई हराएको छ । शनिबार कल्याणकोष समिति र होस्टायल युथ क्लव तानसेनबीच खेल हुनेछ । दोस्रो खेल युथ युनियन रातो र संगम युथ क्लव कुनसरेबीच र तेस्रो खेल युवा तथा खेलकुद विकास समिति चिर्तुगधारा र कमल प्रभास फुटबल क्वलबीच हुने भरत शर्माले बताउनुभयो ।

जिल्लाका १६ टिमले भाग लिएको प्रतियोगिता माघ २० गतेसम्म संचालन हुने जिल्ला फुटबल संघले जानकारी दिएको छ । नेपाली सेनाको चण्डीप्रसाद गणका सैनिकले तानसेन टुँडिखेल मैदान सरसफाइ गरिदिनुका साथै मैदानको ढुंगा हटाउने र पानी राखिदिएको छ ।