सिलुवाका ताराबहादुरको मलेसियामा निधन

मलेसिया, फागुन ८- रोजगारीको लागि मलेसिया पुगेका एक पाल्पालीको बिहान ज्यान गएको छ ।


सिलुवा गाउँ विकास समिति वडा नं. ४ घर भई मलेसियाको जोहोरवारुमा रहेको एन. एल. मेटल कम्पनीमा कार्यरत २६ वर्षिय ताराबहादुर थापा मगरको बुधबार ज्यान गएको हो । तारा वहादुर थापा मंगलवार दिनभरी काम गरेर खानपिन गरेर सुतेका थिए । बिहान सात वजे तिर काम गर्न जाने बेला हुँदासम्म पनि नउठेपछि साथीभाईले उठाउन थाल्दा उनको बिस्तारामै ज्यान गएको थियो ।

तारा वहादुर थापा सात महिना अगाडि मात्रै संयोग मेनपावरबाट रोजगारीको लागि मलेसिया आएका थिए । हाल उनको शवलाई पोसमार्टमको लागि स्थानिय सुल्तान अस्पतालमा राखिएको मलेसियावाट पत्रकार रामचन्द्र नेपालले जनाउनु भएको छ । मृतक ताराको परिवारमा बुवाआमा र दुई वर्षको छोरा रहेको बुझिएको छ ।

लोकौली समाज युएईको भेला सम्पन्न

दुबई, माघ १३ - लोकौली समाज यु ए ई ले लोकौलीहरुको भेला सुक्रबार दुबईमा सम्पन्न गरेको छ ।

नेपालीहरु बिदेशिनेको संख्या बढिरहेको बेला यु ए ई मा रुपन्देही को लोकौली एरियाका नेपालीहरुलाई जम्मा गरेर भेला सम्पन्न गरेको हो । गौतम मुडवरी को स्वागत मन्तब्यबाट सुरु भएको भेलामा संघ सस्थाका प्रतिनिधिहरु, समाज सेवी, व्यवसायी, पत्रकारहरुको उपस्थिति थियो । भेलाले सर्वसम्मत शैलेन्द्र मुडवरीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा बसन्त चौधरी, सचिव सागर बन्जाडे, कोषाध्यक्षमा गणेश चौधरी चयन हुनुभएको छ । सदस्यहरुमा गौतम मुडवरी, चित्रबहादुर गुरुङ, शिब न्यौपाने, मोति चौधरी, शिब बिक, हेमन्त चौधरी, शिब जोसी, बिबेक अधिकारी, जितेन्द्र चौधरी, नारायण मुडवरी, शकर मुडवरी, गंगाराम चौधरी, इन्द्र चौधरी, शैलेस बिक र किरण पोखरेल चयन भएका छन् । उपस्थित सम्पूर्ण अथितिहरुले नया कार्य समितिलाइ कार्यकालको शुभकामना दिएका थिए  । सभापति सैलेन्द्र मुडभरीले गरेका थिए भने संचालन सागर बन्जाडेले गरेका थिए । सबै नेपालीहरुले यस्ता संघ सस्थाहरु संग मिलेर काम गर्ने प्रतिबद्ता जाएर गरेका छन् ।

अरबमा लुम्बिनी वेलफेर सोसाइटीको वनभोज

माघ १, युएइ- वैदेशिक रोजगारीमा गएका नेपालीहरु युएइमा नव वर्षको अवसरमा वनभोज खाएका छन् । लुम्बिनीवेलफेर सोसाइटी  यु एईलेअंग्रेजी नयाँ वर्षको अवसर पारेर फुजेराको मसाफी भन्ने ठाउँमा वनभोज (पिकनिक ) कार्यक्रमको आयोजना गरेको थियो । सहभागिहरुले नया वर्ष २०१४ को एकअर्कामा शुभकामना आदानप्रदान गरी पिकनिक खाएका हुन् ।

नेपालमा रहँदा वनभोज खाएको स्मरण गर्दै लुम्बिनीबासी दाजुभाइदिदीबहीनीहरुले आपसी भाइचारा र सद्भाब बढाउन कार्यक्रम गरेको बताए । वनभोजमा अन्य जिल्लाका नेपालीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । वनभोज कार्यक्रममा खसीको मासु, खसीको भुटुवा, खसीको सेकुवा,कुखुराको सेकुवा, तरकारी, अचारको स्वाद लिदै नेपाली लोक बाजा र गीतमा नाचगान गरेका थिए । नाच हेर्न भिड देखिन्थ्यो यो कार्यक्रम अरु कार्यक्रमहरुभन्दा भिन्न देखिन्थ्यो ।

कार्यक्रममासस्थाकाअध्यक्ष  डीएलशर्माकोसभापतिमा  सम्पन्नकार्यक्रमकोसंचालन मदनपोखराकागीतामणिपाण्डेलेगरेकाथिएसस्थाकाप्रमुखहरु ,समाजसेवी, व्यवसायी, कलाकार, पत्रकारहरुकोपनिबाक्लो  उपस्थितिथियो ।

फूलपातिमा गुल्मेलीहरुको जमघट

दुबई, असोज १० – गुल्मी सेवा समाज युएईले समाजको वार्षिकोत्सवक अक्टोबर ११ मा गर्ने भएको छ ।
दशैँको अवसरमा शुभकामना आदानप्रदान तथा वार्षिकोत्सव कार्यक्रम
आगामी अक्टुबर ११ तारिखका दिन गर्न लागेको गीतामणि पाण्डेयले जानकारी दिनुभयो । दुबईको एवेरेष्ट होटलमा शुभकामना आदानप्रदान कार्यक्रमको व्यवस्था मिलाइएको छ । परम्परागत संस्कृतिलाई संरक्षण गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ ।

रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीहरुले दशैको टीकासमेत सामूहिक रुपमा लगाउने कार्यक्रम छ । समाजले सेल रोटी, अचार, खसीको मासुसहित नेपाली खानाको अर्डर गरिसकेको छ ।

एप्पलका दुई नयाँ आइफोन

भदौ २७, काठमाडौँ नेपालीहरु नयाँ नयाँ आइफोन किन्न सधै तयार देखिन थालेका छन् ।

 

नेपालीहरु एप्पलको आइफोन किन्न आतुर देखिन्छन् । यतिखेर आइफोन फाइभ एस र आइफोन फाइभ सी को माग काठमाडौँमा ह्वात्तै बढेको छ । आधुनिक सूचना प्रविधिको उपयोगको बानी परेपछि नेपालीहरु नयाँ मोवाइल प्रयोगमा जोड दिन थालेका हुन् । अमेरिकामा सार्वजनिक गरेको खबरसँग नेपालमा यसको क्रेज बढ्नु समाज आधुनिक सूचना प्रविधिमा तानिनुको उदाहरण हो ।

 

अमेरिकी कम्पनी एप्पलले मंगलबार राती दुई नयाँ आइफोन बजारमा ल्याएको छ । कम्पनीले आइफोन फाइभ एस र आइफोन फाइभ सी बजारमा ल्याएको हो । १६ जिबी फाइभ एसको बजार मुल्य ५ सय ४९ पाउण्ड तथा ६४ जिबी ७ सय ९ पाउण्ड तोकिएको छ ।यस्तै १६ जिबी स्टोरेज क्षमताको फाइभ सीको बजार मुल्य ४ सय ६९ पाउण्ड तोकिएको छ । फाइभ एसमा फोनको मेन बटनमा फिंगरप्रिन्ट सेन्सरसहित ल्याइएको कम्पनीले जनाएको छ । यस्तै फाइभ सी भने विभिन्न रङहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

नयाँ फोन सार्वजनिक भएसँगै कम्पनीले व्यापारिक रणनीति परिवर्तन गर्न खोजेको देखिएको छ । विश्लेषकहरु एप्पलको यो रणनीतिलाइ नयाँ शैली भनेका छन् । एकै सयममा दुई मोडलका फोन सार्वजनिक हुनुले पनि यसको संकेत गरेको विश्लेषकहरुको दावी छ । यस अघि एप्पलले दुई वटा फोन एकै पटक सार्वजनिक गरेको थिएन ।