सिलुवाका ताराबहादुरको मलेसियामा निधन

मलेसिया, फागुन ८- रोजगारीको लागि मलेसिया पुगेका एक पाल्पालीको बिहान ज्यान गएको छ ।


सिलुवा गाउँ विकास समिति वडा नं. ४ घर भई मलेसियाको जोहोरवारुमा रहेको एन. एल. मेटल कम्पनीमा कार्यरत २६ वर्षिय ताराबहादुर थापा मगरको बुधबार ज्यान गएको हो । तारा वहादुर थापा मंगलवार दिनभरी काम गरेर खानपिन गरेर सुतेका थिए । बिहान सात वजे तिर काम गर्न जाने बेला हुँदासम्म पनि नउठेपछि साथीभाईले उठाउन थाल्दा उनको बिस्तारामै ज्यान गएको थियो ।

तारा वहादुर थापा सात महिना अगाडि मात्रै संयोग मेनपावरबाट रोजगारीको लागि मलेसिया आएका थिए । हाल उनको शवलाई पोसमार्टमको लागि स्थानिय सुल्तान अस्पतालमा राखिएको मलेसियावाट पत्रकार रामचन्द्र नेपालले जनाउनु भएको छ । मृतक ताराको परिवारमा बुवाआमा र दुई वर्षको छोरा रहेको बुझिएको छ ।